बलात्कार कसुरमा जन्मकैद फैसला
जिल्ला अदालतले २३ वर्षीय अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा गुराँस गाउँपालिका –३ सेरीवाडाका ३८ वर्षीय भद्रबहादुर बुढालाई जन्मकैद फैसला गरेको छ ।
सर्वदलीय बैठकबाटै समितिको काम
कर्णाली प्रदेश सभा नियमावलीबमोजिम समितिहरू गठन हुन सकेका छैनन्। ‘कर्णाली प्रदेश सभा नियमावली, २०७९’ बमोजिम कुनै पनि समिति गठन हुन नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ। बैठकको प्राथमिकता र समयावधि निर्धारण गर्ने कार्यव्यवस्था समितिसमेत गठन हुन नसकेपछि सर्वदलीय बैठकबाट कामचलाउ भइरहेको छ। यस्तै नियमावलीको परिच्छेद–२१ मा प्रदेश सभाका समितिहरूसम्बन्धी व्यवस्था गरिएको छ। संविधानको धारा १९३ बमोजिम प्रदेश सभाको कार्यप्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन विषयगत समिति, विशेष समिति र आवश्यकताअनुसार अन्य समिति गठन गर्नुपर्छ। त्यसमध्ये विषयगत समिति नियमावलीबमोजिम तोकिएकै समयावधिभित्र गठन गरिसक्नुपर्छ।
कित्ताकाट नखुल्दा अंशबन्डा रोकियो
जग्गाको कित्ताकाट नखुल्दा कालिकोटमा अंशबन्डा समेत रोकिएको छ । कालिकोटका स्थानीय तहले एक वर्ष पुग्न लाग्दा पनि जग्गाको वर्गीकरण गर्न सकेका छैनन् ।
जाजरकोटमा रुखबाट लडेर एक जनाको मृत्यु
जाजरकोटमा एक जनाको रुखबाट लडेर मृत्यु भएको छ । नलगाड नगरपालिका ४ प्याराधार निवासी ४० वर्षीय दीपक सार्कीको आइतबार दिउँसो रुखबाट लडेर मृत्यु भएको हो ।
त्रिपालको भरमा बाढीपीडित
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–८, तल्लो भाम्लेका बाढीपीडित त्रिपालको भरमा छन्। भदौ ३१ गते पहिरोसहित बाढी बस्तीमा पसेपछि विस्थापित भएका १७ परिवार खुला चौरमा त्रिपाल टाँगेर बस्दै आएका छन्। चौकुनेकै वडा नं. ९ का शिवराम थापा पनि तल्लो भाम्लेमै त्रिपाल टाँगेर बस्नुभएको छ। सात महिनासम्म कुनै राहत नपाएको उहाँको गुनासो छ। विस्थापित थापाले राहतका लागि भन्दै विवरण लिनेहरू आए पनि कसैले केही नदिएको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, “एक बोरा चामल, दुई किलो दाल र १० हजार रुपियाँ प्राप्त भएको छ। हाम्रो आवश्यकता बासको हो।”
तराईका इँटा भट्टामा हिमाली घोडा
झट्ट सुन्दा र हेर्दा अच्चम लाग्न सक्छ तर अच्चम मान्नु पर्दैन, तराईमा उत्पादन गर्दै आएका इँटा ढुवानीका लागि हिमाली जिल्ला जुम्लाका घोडा प्रयोग हुँदै आएका छन । तराई क्षेत्र भए पनि सडकमार्फत इट्टा ढुवानी गर्न सहज नहुँदा इँटा व्यवसायीले हिमाली जिल्लाका घोडा इँटा भट्टामा प्रयोग गर्दै आएका छन् ।
डोल्पामा ६९ बोरा अवैध जटामसी बरामद
अवैधरुपमा घरमा लुकाइछिपाई राखिएको अवस्थामा ६९ बोरा जटामसी डिभिजन बन कार्यालय डोल्पाले बरामद गरेको छ ।
पानीसँगै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात
शुक्रबारदेखि कालीकोटमा वर्षा भइरहेको छ । उच्च हिमाली क्षेत्र अर्थात् जिल्लाको माथिल्लो भागमा हिमपात र असिना पानी परेपछि नागरिकको जनजीवन कष्टकर बनेको छ । असिना पानीको मारमा सबैभन्दा बढी पशुपालक परेका छन् ।
चिसो हटेसँगै लेकतिर फर्किँदै भेडीगोठ
चिसोको समयमा बेसी झरेका भेडीगोठ यती बेला गाउँ फर्किन थालेका छन् । बूढी नन्दा, हिमाली , स्वामिकार्तिक, जगनाथ लगायतका अधिकांश स्थानीयहरूको मुख्य पेसा भेडा बाख्रापालन रहेकोले उनीहरू हिउँदको केही महिना चिसो छल्न र भेडा बाख्रा पाल्न सहजताका लागि गत कात्तिकमा बेँसी झरेका थिए ।
सात सय परिवारलाई लालपुर्जा
भूमिसम्बन्धी समस्या समाधान आयोग सुर्खेतले जग्गाधनी पुर्जा वितरणलाई तीव्र पारेको छ। काम सुरु गरेको एक वर्षमा सात सयभन्दा बढी परिवारलाई स्थायी पुर्जा वितरण गरिएको आयोगका अध्यक्ष श्रीधर पौड्यालले जानकारी दिनुभयो। तत्कालीन राप्ती बसोबास आयोगले नापजाँच गरेका जग्गाको लालपुर्जा उपलब्ध गराएको हो। हालसम्म जिल्लाका पाँचवटा स्थानीय तहका ७१४ परिवारलाई पुर्जा वितरण गरिएको अध्यक्ष पौड्यालले बताउनुभयो। उहाँका अनुसार पश्चिम सुर्खेतका वराहताल, पञ्चपुरी र चौकुने तथा पूर्वतर्फ गुर्भाकोट र भेरीगङ्गाका केही परिवारलाई पुर्जा प्रदान गरिएको छ। पछिल्लो पटक चैत १२ गते गुर्भाकोट नगरपालिका–८ का १५१ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो।
जाजरकोटका बालबालिका कुपोषित
भेरी नगरपालिका–३ का तीन वर्षीय सुवास सुनारको तौल उमेरअनुसार १४ किलो हुनुपर्ने हो तर उहाँको तौल सात किलो रहेको छ। जन्मिँदै कुपोषण भएका सुवास राम्रोसँग बोल्न पनि सक्दैनन्। जिल्ला अस्पताल जाजरकोटका स्टाफ नर्स विष्णु शाहका अनुसार सुवासको शारीरिक र मानसिक विकासमा बाधा पुगेको छ। जाजरकोटकै छेडागाड नगरपालिका–१२, पोखराकी १८ वर्षीया टीका सिंहले साउन ५ मा पहिलो बच्चालाई जन्म दिनुभयो। जन्मेकै दिन शिशुको मृत्यु भयो। शिशुको तौल एक हजार ३०० ग्राम मात्रै थियो। कम तौल भएका कारण नवजात शिशु बाँच्न नसकेको कार्कीगाउँ स्वास्थ्य चौकी
मुख्यमन्त्री शर्मालाई दोस्रो पटक विश्वासको मत
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत पाउनुभएको छ । शुक्रबार सभामुख नन्दा गुरुङले मुख्यमन्त्रीले विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा बहुमत सदस्यले विश्वासको मत दिनुभएको हो ।
खच्चडबाट ढुवानी हुने सामानको भाडादर घट्यो
सलीसल्लाबाट सदरमुकाम सिमकोटसम्म खच्चडमा ढुवानी भएर आउने सबैखाले सामानको ढुवानी दर घटेको छ । सामानहरू धेरै गाडीमा सलीसल्लासम्म ढुवानी भएर आउने भएपछि प्रतिस्पर्धात्मक रूपमा खच्चडमा सामान ढुवानी हुन थालेपछि ढुवानी दर घटेको हो ।
प्रहरी हवलदार जोशी नदीमा बेपत्ता
इलाका प्रहरी कार्यालय काईगाउँमा कार्यरत एक प्रहरी हवलदार भेरी नदीमा खसेर बेपत्ता हुनुभएको छ । दैलेख जिल्ला नौमुले गाउँपालिका घर भएका ४१ वर्षीय वरिष्ठ हवलदार जोसीराम रेग्मी काईगाउँस्थित नदीमा खसेर बेपत्ता हुनुभएको हो ।
हेलिकप्टर आउन नसकेपछि एम्बुलेन्समार्फत उद्धार
जिल्ला अस्पताल कालीकोटमा सुत्केरी गराउन नसकेपछि एक जना गर्भवतीलाई जुम्ला रेफर गरिएको छ । नरहरीनाथ गाउँपालिका –१, कोटवाडा निवासी २० वर्षीया सरिता विष्टलाई हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भएको थियो ।
धमाधम रोपाइँ
सल्यानमा चैतेधान रोपाइँ सुरु भएको छ। कालीमाटी गाउँपालिकाको शारदा खोला किनारमा पहिलेदेखि नै चैतेधान खेती हुँदै आए पनि अन्य पालिकामा पहिलो पटक चैतेधान रोपिएको हो। परीक्षणका रूपमा कुमाख गाउँपालिका–२, रागेचौरमा चैतेधान रोपिएको हो। जिल्लामा चैतेधानको सम्भाव्यता अध्ययनका लागि रागेचौरमा करिब तीन रोपनी खेतमा चैते–५ जातको धान रोपिएको छ। धान उत्पादनमा आत्मनिर्भर रहेको सल्यानमा निर्यातलाई मुख्य उद्देश्य राखेर परीक्षणका रूपमा पहिलो पटक चैतेधान रोपिएको हो। बर्खेधानभन्दा चैतेधानको उत्पादन २० देखि ३० प्रतिशतले बढी हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ सल्यानले जनाएको छ।
कुलो नबन्दा मार्सी रोपाइँ अन्योलमा
असोज महिनामा आएको बाढीपहिरोले क्षतिग्रस्त भएको कुलो निर्माण हुन नसक्दा यस पटक धेरैजसो किसानलाई मार्सीको बिउ राख्न कठिन भएको छ। कुलो नहुँदा हिमा गाउँपालिका–१, देवारगाउँ र बड्की गाउँका धेरै किसानले यस पटक बिउ राख्न सकेनन्।
करेसाबारी प्रवर्द्धन गर्न किसानलाई सहयोग
करेसाबारीमा तरकारी लगायतका खेती विस्तार गर्न भेरी नगरपालिकाले किसानलाई आवश्यक सहयोग गरेको छ । नमुना करेसाबारी प्रवर्द्धनका लागी कृषि शाखाको छनौटमा परेका नमुना किसानलाई बीउ बिजन कृषि सामाग्री वितरण गरेको हो ।
मिसन ग्रासरुट कार्यक्रममा १६ जना सम्मानित
हाल जिल्लाभर सञ्चालन भइरहेको नेकपा (एमाले) को मिसन ग्रासरुट अभियानमा सक्रिय ज्येष्ठ सङ्गठित सदस्यहरू सम्मानित हुनुभएको छ ।
मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिने
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाको विश्वासको मत स्पष्ट पार्नुहुने भएको छ । मुख्यमन्त्री भइसकेपछि उहाँले चैत १७ गते दोस्रो पटक विश्वासका मत लिनुहुने भएको हो ।
रुकुम पश्चिमका २३ केन्द्रबाट चार हजार २१६ विद्यार्थीले एसइई दिँदै
देशभर शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत रुकुम पश्चिममा सम्पूर्ण तयारी पुरा भएको छ । शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले परीक्षाको तयारी पुरा भएको जानकारी दिएको छ ।
माटोका छाना हटेको छिप्रा बस्ती
खार्पुनाथ गाउँपालिका –४ को छिप्रा बस्तीमा माटोका छाना विस्थापित भएको छ । एकीकृत बस्ती विकास कार्यक्रमले माटोका छाना विस्थापित गर्न न्यून आयस्रोत भएका घरधुरीको जस्तापाता छाएको घर निर्माण गरेपछि उक्त गाउँको स्वरूप नै फेरिएको हो ।
घट्दै बालविवाह
कालीकोटमा बालविवाहमा कमी आएको छ। लगातारको सचेतीकरण कार्यक्रमले तीन वर्षयता बालविवाहमा कमी आएको दाबी गरिएको छ। तथ्याङ्कले कालीकोटमा बालविवाहको दर ओरालो लागेको पाइएको छ। वि.सं. २०७६ मा जिल्लामा ६७ प्रतिशत रहेको बालविवाह तीन वर्षयता २०७९ सम्म आइपुग्दा घटेर ५० प्रतिशतमा झरेको छ। बालविवाह न्यूनीकरणका लागि काम गरिरहेको प्लान इन्टरनेसनल नेपाल र मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालले तीन वर्षको छुट्टाछुट्टै गरेको सर्वेक्षणमा बालविवाह घटेको पाइएको हो।
ट्रान्सफर्मर लैजान नसक्दा आयोजना अलपत्र
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको एक दुर्गम बस्तीमा विद्युत्को पोल गाडेर तार टाँगिएको छ तर एक वर्षदेखि गाउँ अन्धकार छ। गाउँमा सडक नपुग्दा ट्रान्समिटर लैजान नसकिएपछि विद्युत् पूर्वाधार तयार भए पनि विद्युतीकरण हुन सकेको छैन।