श्रममन्त्री कुँवरद्वारा पहिरो प्रभावित क्षेत्रको निरीक्षण
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्री कुँवरको टोलीले तुर्माखाँद गाउँपालिका –५ नाडा, कमलबजार नगरपालिका –६ वीरपथ र वडा ८ डुँगालाका मृतक र घाइतेका आफन्त घटनास्थलमै पुगेर निरीक्षण गर्नुभयो ।
चार महिनादेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएन
शेरबहादुर सार्कीबाजुरा, असोज २ गते । पहिरोका कारण चार महिनादेखि अवरुद्ध बनेको जिल्लाको साँफे–मार्तडी सडक अझै सञ्चालनमा आउन सकेको छैन। सो सडक सञ्चालन नआउँदा बाजुराका स्थानीयलाई दशैं तिहारको समयमा दैनिक उपभोग्य खाद्यान्न सामग्री ढुवानी गर्न समस्या भएको छ।सडक डिभिजन कार्यालय अछामका अनुसार, अम्कोट बल्दे सडकलाई स्थानीय प्रयासमा सञ्चालन गर्न नसकेपछि अस्थायीले सञ्चालनको पहल गर्न माग गरेका छन्। स्थानीयले सडक खुलाउन गरेको प्रयासलाई लगातारको वर्षाले अवरोध गरेको छ। सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले, अम्कोट बल्दे सडकलाई भदौमै सञ्चालनमा ल्याउने गरी काम सुरु गरेको भए पनि फेरि पानी परेपछि अहिले त्यो ठाउँमा काम गर्न समस्या भएको बताउनुभयो।जिल्लाका बडिमालिका, गौमुल, बूढीनन्दा, स्वाकार्तिक, जगनाथ, हिमाली लगायतका व्यापारीको दशैं तिहारमा व्यापार व्यवसाय गर्ने सुनौलो असर हो। दशैं तिहारलाई मध्यनजर गर्दै सुदूरपश्चिमको मुख्य व्यापारी सहर धनगढीबाट लत्ताकपडा जुत्ता चप्पल, लगायतका दैनिक उपभोग्य नुनु, तेल, दाल चामल जस्ता खाद्यान्न सामाग्रीलाई बाजुरा भित्र्याउने गर्दछन्।विभिन्न वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सुरु गरेका अधिकांश व्यापारीलाई किस्तामा ल्याएको ऋण तिर्न समस्या पर्न थालेको छ। गैरी बजारका होटेल व्यवसायी प्रेम बुढाले, यहाँका व्यापारी दशैंका बेला धेरै सामान ल्याउने गर्दछन्। तर, सडक अवरुद्ध हुँदा व्यवसाय सङ्कटमा परेको उनीहरूको भनाइ छ। अवरुद्ध सडक खुलाउन जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन साँफेबगर अछामलाई पत्र पठाएसँगै काम सुरु गरेको थियो। तर, पहिरोका कारण एक्स्काभेटर बाटो खोल्न सकेको छैन। जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले डिभिजन कार्यालय अछामले, अवरुद्ध सडक सुचारु गर्न विगत लामो समयदेखि डोजरको प्रयोग गर्दै आए पनि वर्षाका कारण समस्या भएको बताउनुभयो।
बैतडीमा एक हजार म्यादी प्रहरीको माग
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बैतडीमा एक हजार म्यादी प्रहरीको माग भएपछि भर्ना हुनेको भीड लागेको छ । निर्वाचन सुरक्षाका लागि बैतडीमा एक हजार ५१ जना म्यादी प्रहरी भर्ना गरिने बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
बाढी पहिरो प्रभावितलाई राहत कमी हुन दिन्नौं : मन्त्री रावल
सुदूरपश्चिम प्रदेश सरकारले अछामको पहिरो प्रभावित परिवारलाई चाँडै राहत वितरण गर्ने जनाएको छ । तुर्माखाँद, ढकारी गाउँपालिका र कमल बजार नगरपालिकामा गरी पहिरोमा परी अहिलेसम्म २२ जनाको ज्यान जानूका साथै केही बेपत्ता र घाइते भएको घटना अत्यन्त दुःखद् रहेको आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले बताउनुभयो ।
पहिरोमा पुरिएका २२ जनाकै शव निकालियो
अविरल वर्षाका कारण पहिरोले घर भत्किएर पुरिएका २२ जना सबैको शव निकालिएको छ ।
करिब छ हजार परिवार विस्थापित, भजनी पीडितको अझै उद्धार हुन सकेन
कैलालीमा शनिबार आएको बाढीका कारण करिब छ हजार परिवार विस्थापित भएका छन् ।
पहुँचका आधारमा छनोट गरिएको गुनासो
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा विद्यालय सुधार तथा कम्प्युटर ल्याब स्थापनाका लागि विद्यालय छनोट गरिएको छ। बैतडी समाचारदाता अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा बैतडीका ५८ वटा विद्यालय छनोट भएका छन्। स्थानीय तहको सिफारिसमा छनोट भएका कतिपय विद्यालयले यसअघि प्रदेश सरकार र स्थानीय तहबाट समेत योजना पाएका विद्यालयले पनि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्राप्त गरेका छन्।
अछाम पहिरो अपडेट : उद्धार र राहत वितरण सुरु
तीन दिनदेखिको अविरल वर्षाका कारण शनिवार राति अछामका चार स्थानमा घर भत्किएर २१ जनाको मृत्यु भएको छ । भने दुई जना पहिरोमा बेपत्ता भएका छन् । वेपत्ताको खोजी तथा राहत वितरण र थप पीडित स्थानीयको उद्धारको काम सुरु गरेको जनाएको छ ।
नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सुदूरपश्चिम
गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सुदूरपश्चिम प्रदेशको धनगढी रंगशालामा शनिबार प्रदर्शन गरिएको छ ।
नवौँ राष्ट्रिय खेलकुदमा पदक जित्नेलाई सम्मान गर्छौँ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जित्ने खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने बताउनुभएको छ ।
भूमिहीनको पक्षमा काम गर्न सकिएन : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भूमिसम्वन्धी अधिकार सङ्घीय सरकारसँग भएकाले मुक्त कमैया, कम्लहरी, मुक्त हलिया र भूमिहीनका पक्षमा धेरै काम गर्न नसकेको बताउनुभएको छ ।
कैलाली भजनीको साढे ६ सय घर डुबानमा
सुदूरपश्चिममा भइरहेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले कैलालीको भजनी नगरपालिकामा साढे ६ सय घर डुवानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिकाको वडा ५, ७, ८ मा विभिन्न गाउँका करिब ६६० घर डुवानमा परेका हुन् ।
अछाममा पहिरो : मृतकको सङ्ख्या १७ पुग्यो
लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ ।
माछा मार्ने क्रममा खोलामा डुबेर एक युवती बेपत्ता
कैलालीमा खोलामा डुबेर एक युवती बेपत्ता हुनुभएको छ । शनिबार बिहान धनगढी उपमहानगरपालिका–१३ झलारीकी २० वर्षीया नबिना चौधरी झलारी नालामा डुबेर बेपत्ता हुनु भएको हो ।
परशुरामधामलाई पर्यटकीय स्थल बनाइने
नेपालका चार धाममध्ये एक मानिने महाकाली नदी किनारस्थित परशुरामधाममा परशुरामको ५४ फिट अग्लो मूर्ति स्थापना गरिएको छ। परशुरामधामको गुरुयोजना बनाएर विकास गरिन थालिएको छ। गुरु योजनाअनुसार मूर्ति बनाइएको परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले बताउनुभयो। परशुराम नगरपालिका–५, परीगाउँको महाकाली नदी किनारमा धाम छ। धाममा गुरुयोजनाअनुसार भौतिक पूर्वाधारको निर्माणको काम भइरहेको उहाँले बताउनुभयो। सबैभन्दा ठूलो भनेर मूर्ति बनाइएको परशुराम क्षेत्र विकास समिति पूर्वअध्यक्ष कैलाशकुमार पाण्डेयले बताउनुभयो। नेपालमा परशुरामको यति ठूलो मूर्ति नभएको उहाँको भनाइ छ।
अछाममा पहिरोले घर भत्किँदा आठ जनाको मृत्यु, नौ जना बेपत्ता
घरमाथिबाट आएको पहिरोमा परेर तुर्माखाँद गाउँपालिका ५ नाडामा नौ जना बेपत्ता भएका छन् । मध्यरातमा घर माथिको डाँडाबाट पहिरो जाँदा काँडाकोट निवासी नेत्रबहादुर शाही र रितबहादुर शाहीको घर भत्किएपछि उनीहरु वेपत्ता भएको उद्धारमा रहेका जनकबहादुर शाहीले जानकारी दिनुभयो । रितबहादुरकी दुई बुहारी, एक छोरा, एक नाती र नेत्रबहादुरका श्रीमान श्रीमती, एउटा छोरी र मिनबहादुर शाहीकी छोरीलाई पहिरोले पुरिएको स्थानीय जनकबहादुरको भनाइ छ । वेपत्ता मध्येमा दुई बालिकाको शव फेला परेको र अन्यको स्थानीयसँगै प्रहरीले खोजी कार्य जारी रहेको छ ।
नपाक्दै धानको बाला झर्न थाल्यो
उत्पादन बढ्ने भन्दै भित्र्याएको आयातित खुमल–४, नामको धानमा बाला नलागेपछि बैतडी पाटनका किसान चिन्तित बनेका छन् । यहाँका लगाउने गरिएको रैथाने रातो बासमती, डाँडा बासमती र हिमाली जातको धानको बीउ जोगाउन नसकेकामा अहिले किसान पछुताइरहेका छन् । दुई दशकअघिदेखि लगाउँदै आएको खुमल–४ को धानमा रोग लागेर बाला झरिरहेको पाटन नगरपालिका–६ का दिनेश विष्टले जानकारी दिनुभयो । १० पाथी बीउ लाग्ने खेतमा खुमल–४ रोप्नुभएका विष्टले धानको बाला सुकेर झर्न थालेको गुनासो गर्नुभयो । धान भित्र्याउने समयमा राम्ररी पुष्ट नभएको बाला पहेँलो भएर झर्न थालेको उहाँको गुनासो छ ।
कर्णालीमा बाढी खतराको तहमा, कैलालीका दक्षिणी क्षेत्र डुबानमा
केही दिन देखिको अविरल वर्षाका कारण कर्णाली नदीमा बाढीको खतरा नजिक पुगेको छ भने कैलालीको तल्लो तटीय क्षेत्रमा डुबान भएको छ ।
सुदूरपश्चिम सरकारमा दुई राज्यमन्त्री थपिए
सुदूरपश्चिम प्रदेश सरकारमा दुई जना राज्यमन्त्री थपिएका छन् । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को आग्रहमा मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रवार प्रदेश संसद बलवहादुर सोडारी र शुशिला बुढाथोकीलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
बेपत्ता १० को अवस्था अझै अज्ञात, खोजीमा सेना र प्रहरी
दार्चुलामा भदौ २४ गते राति बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । घटना भएको आठ दिन बित्दा पनि बेपत्ता भएकाहरु फेला नपरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
खुमल –४ धानमा बाला लागेन, रैथाने बासमती लोप हुँदै
उत्पादन बढ्ने भन्दै भित्र्याएको आयातित खुमल –४, जातको धानमा बाला नलागेपछि बैतडी पाटनका किसान चिन्तित बनेका छन् । दशकअघि यहाँका स्थानीय किसानले लगाउँदैआएको रैथाले रातो बासमती, डाँडा बासमती र हिमाली जातको धानको बीउ जोगाउन नसकेकोमा पछुतो मानेका छन् ।
पारदर्शिताको नारा लगाउने गैसस नै अपारदर्शी
समावेशी, पारदर्शिता, नागरिक अधिकार, समाजको आर्थिक एवं सामाजिक परिवर्तनका मुद्दा लिएर हिँड्ने मुगुका गैरसरकारी संस्थाले नै नियमित रूपमा सार्वजनिक सुनुवाइ गर्ने गरेका छैनन्। नागरिक अधिकारको वकालत गर्ने यस्ता संस्थाले नागरिकको सूचनाको अधिकारलाई हनन गरिरहेका छन्। समुदायका हक, हित र विकास निर्माणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएका यस्ता संस्थाले सुशासन व्यवस्था र सञ्चालन ऐन–२०६४ तथा सम्बन्धित नियमावली–२०६५ को व्यवस्थाअनुसार हरेक वर्ष संस्थाका गतिविधिबारे सार्वजनिक सुनवाइ गर्नुपर्ने हुन्छ। यद्यपि अधिकांश संस्थाले कार्यविधिअनुसार जिल्लामा सार्वजनिक सुनवाइ गरेको पाइएको छैन।
विद्यालयमा शैक्षिक सुधार
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अछामका ६३ विद्यालय छनोटमा परेका छन्। चालू आर्थिक वर्ष २०७९÷८० का लागि ३९ विद्यालयमा भवन निर्माण र २४ विद्यालय सूचना प्रविधिअन्तर्गत छनोटमा परेका छन्।
डेङ्गुको सङ्क्रमण बढ्दो रोकथामको प्रयास छैन
डोटी जिल्लामा डेङ्गु बिरामी बढ्दै गए पनि डेङ्गु नियन्त्रणका लागि प्रयास थालिएको छैन। स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीका अनुसार डोटीमा भदौ १३ गते पहिलो पटक डेङ्गुका बिरामी पाइएको थियो। जिल्लामा गरिएको डेङ्गु परीक्षणमा २७ जनामा डेङ्गु पाइएको थियो। त्यस्तै जिल्ला बाहिरका स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा छ जनामा डेङ्गु पाइएको थियो।