अछाम-२ मा कांग्रेसका पुष्पबहादुर शाह विजयी
अछाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह विजयी हुनुभएको छ। शाह छ हजार ८४० मतान्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत पिताम्बर शर्माले जानकारी दिनुभयो।
बारा क्षेत्र नम्बर १ को प्रदेशसभा (क)मा एमालेका चौधरी निर्वाचित
बाराको निर्वाचन क्षेत्र नम्बर-४ प्रदेशसभा (क) मा नेकपा (एमाले)का उम्मेदवार देवनारायण चौधरी निर्वाचित हुनुभएको छ।
झापा १ को प्रदेशसभा (क) मा कांग्रेसका गोपाल तामाङ विजयी
झापा क्षेत्र नम्बर १ प्रदेशसभा (क) मा नेपाली कांग्रेसका गोपाल तामाङ विजयी हुनुभएको छ।
पाँचथरमा कांग्रेस र एमालेको चर्को प्रतिस्पर्धा : मतान्तर ९६ मात्र
राधा लुइँटेलफिदिम, मङ्सिर ७ गते। पाँचथर प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच चर्को प्रतिस्पर्धा भएको छ। कांग्रेसका भीष्मराज आङ्देम्बे र एमालेका वसन्तकुमार नेम्बाङबीचको प्रतिस्पर्धा रोचक बनेको हो। २५ हजार १ सय ८८ मत गणना हुँदा आङ्देम्बेले ९६ मतले नेम्बाङलाई पछाडि पार्नुभएको छ। आङ्देम्बेले १० हजार ८ सय ३ मत प्राप्त गर्दा नेम्बाङले १० हजार ७ सय ७ मत पाउनुभएको छ। प्रदेशसभा (क)मा जबेगुलाई अग्रताप्रदेशसभा (क)मा कमलप्रसाद जबेगुले अग्रता लिनुभएको छ। उहाँ ३२१ मतले अगाडि हुनुहुन्छ। एकीकृत समाजवादीका जबेगुले ९ हजार ८ सय २७ मत प्राप्त गर्दा नेकपा (एमाले)का राजकुमार भण्डारीले ९ हजार ५ सय ६ मत ल्याउनुभएको छ। प्रदेशसभा (ख)मा आङ्बोको अग्रताप्रदेशसभा (ख)मा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बोले अग्रता बढाउनुभएको छ। आङ्बोले ११ हजार ९ सय ५ मत प्राप्त गर्नुभएको छ। एमालेका अइन्द्रकुमार नेम्बाङले ९ हजार १ सय ८३ मत पाउनुभएको छ। आङ्बो र नेम्बाङबीचको मतान्तर दुई हजार ७ सय २२ पुगेको छ।
पर्सा १ मा जसपाका प्रदीप यादव विजयी
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जसपाका उम्मेदवार प्रदीप यादव विजयी हुनुभएको छ।
प्रदेश सभातर्फको समानुपातिकमा चार प्रदेशमा एमाले अगाडि
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ।
बागलुङबाट माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी
बागलुङ क्षेत्र नम्बर २ बाट (माओवादी केन्द्र)का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी हुनुभएको छ। पौडेल २४ हजार ७७९ मत प्राप्त गर्नुभयो।
ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा विजयी
ओखलढुंगाको प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा अत्यधिक मतका साथ विजयी हुनुभएको छ ।
मतपपत्रमा छापैछाप !
झापाको क्षेत्र नम्बर ५ मा मतगणना भइरहेको छ। मतगणनामा बसेका गणकदेखि लिएर राजनीतिक दलका प्रतिनिधि मतपत्रमा मतदाताले गरेको मतदानको शैली देखेर अचम्मित बनेका छन्। एकातिर अपेक्षा अनुसार मत नखसेको र अर्कोतिर बदर मत धेरै भएको देखिन्छ।
जुम्ला प्रदेश (२) मा एमालेका टेकराज पछाई बिजयी
जुम्ला प्रदेश (२) नेकपा (एमाले) का टेकराज पछाई विजयी भएका छन् । गठबन्धनका उम्मेदवार पदमबहादुर रोकायालाई पछि पार्दै पछाई बिजयी हुनुभएको हो ।
पाँचथरमा मतान्तर बढाउँदै कांग्रेस
पाँचथरमा प्रतिनिधिसभातर्फका गठबन्धनका कांग्रेस उम्मेदवार भीष्मराज आङ्देम्बेले आठ हजार ७९६ मत प्राप्त गर्दै अगाडि आउनुभएको छ ।
सुनसरी १ मा माओवादीको अग्रता
सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यतर्फ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोको अग्रता रहेको छ ।
सिन्धुली-२ को प्रदेशसभा (क) र (ख)मा गठबन्धनका उम्मेदवार विजयी
सिन्धुली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन (क) र (ख) मा सत्तारुढ गठबन्धनका उमेदवार विजयी बन्नुभएको छ ।
पर्सा-४ मा कांग्रेसका रमेश रिजाल विजयी
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल विजयी हुनुभएको छ ।
प्यूठानको तीन वटै क्षेत्रमा एमाले अघि
अहिलेसम्म एमालेका सूर्य थापाले २२ हजार ९५३ र जनमोर्चाका दुर्गा पौडेलले १९ हजार ९५२ मत प्राप्त गर्नुभएको छ । प्यूठानमा प्रतिनिधीसभाको ४१ हजार ७७० मत गणना हुन बाँकी हुँदा थापा दुई हजार ९६१ मतले अगाडी हुनुहुन्छ ।
रुपन्देही-५ मा एमालेकाे अग्रता
रुपन्देही जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ को पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले उम्मेद्वार वासुदेब घिमिरेले फराकिलो मतान्तरले अग्रता लिनुभएको छ।
अछाम-१ का दुवै प्रदेशका मतगणना सुरु
प्रतिनिधि सभाको मतगणना सकिएलगत्तै अछाम-१ का दुई वटै प्रदेश सभाको मतगणना सुरु गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय साँफेबगरमा अछाम-१ (क) र (ख) प्रदेशको मतगणना सुरु भएको हो ।
अर्घाखाँचीमा सबै क्षेत्रमा एमाले अगाडि
अर्घाखाँचीमा तीन क्षेत्रमै एमालेका उम्मेदवारको अग्रता रहेको छ । अर्घाखाँचीमा १ सङ्घ र २ प्रदेशसभाको सिट रहेका छन् ।
गुल्मी क्षेत्र नम्बर २ मा एमालेकाे अग्रता कायमै
गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले दुई हजारभन्दा बढी मत अन्तरले अग्रता कायमै राख्नुभएको छ ।
गुल्मी-१ मा ११ बजेबाट मतगणना सुरु हुने
मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना गुल्मी क्षेत्र नम्बर १ मा आजदेखि सुरु हुने भएको छ ।
प्रतिनिधि सभातर्फ २२ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक
प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले १३, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, नेकपा एकीकृत समाजवादी पार्टीले १, राप्रपाले १ र नागरिक उमुक्ती पार्टीले एक ठाउँमा जित हासिल गरेका छन् ।
लमजुङमा देव र पृथ्वीसुब्बा गुरुङबीच कडा प्रतिस्पर्धा
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतगणनामा प्रतिनिधि सभातर्फ नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ र नेकपा माओवादी केन्द्रमा देवप्रसाद गुरुङबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
प्रधानमन्त्री देउवाको दिग्विजय
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशको डडेलधुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ। कुशल राजनीतिज्ञ देउवाको यो केन्द्रीय विधायिका संसद् सदस्यमा निर्वाचित भएको सातौँ अपराजित यात्रा हो।
प्रतिनिधि सभातर्फ २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक
प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।