नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताउनुभएको छ । काठमाडौँमा मङ्गलबार आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल सुरु
प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल सुरु भएको छ । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफल सुरु भएको हो ।
प्रतिनिधि सभा : हावाहुरीले बालीनालीमा गरेको क्षतिको राहतको माग
सांसदहरूले केही दिनअघि तराईका विभिन्न जिल्लामा भीषण हुरीका कारण स्थानीयका घर र बालीनालीमा ठुलो क्षति पुर्याएको उल्लेख गर्दै प्रभावित किसानलाई सरकारले उचित राहत र क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभएको छ ।
नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन जरुरी : सांसद कार्की
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारले तत्काल नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन जरुरी रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभा शून्य समयमा खच्चडको उद्धारदेखि मधेसमा खानेपानीका समस्यासम्म
प्रतिनिधि सभा सांसदहरूले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धारदेखि तराई–मधेसमा बढेको खानेपानीको समस्यासम्मका विषयको उठाउनुभएको छ ।
बेवारिसे साधनको बिक्री गर्न सरकारसँग माग
नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले थन्किएर बसेका सरकारी यातायातको साधनहरूको बिक्री गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन एमालेको माग
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदमा जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ ।
बयलपाटा अस्पतालका लागि तत्काल १० करोड बजेटको व्यवस्था गर्नुपर्छ : सांसद पाण्डे
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले अछामस्थित बयलपाटा अस्पतालका लागि तत्काल कम्तीमा १० करोड बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनु हुने कार्यक्रम रहेको छ ।
मिडिया काउन्सिल विधेयकबारे दफावार छलफल गर्न समितिमा पठाइयो
राष्ट्रियसभाको आज बसेको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पारित गरेको छ ।
जलवायुजन्य क्षतिपूर्तिका लागि कूटनीतिक पहल गर्नुपर्नेमा जोड
राष्ट्रियसभा सदस्य तुलसाकुमारी दाहालले जलवायुजन्य क्षतिपूर्तिका लागि आन्तर्राष्ट्रिय रुपमा पहल कदमी गरिनुपर्ने सुझाव दिनुभएको छ ।
प्रतिनिधि सभा बैठक दुई दिनलाई स्थगित
प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो ।
संसद् समीक्षा: बजेटमाथिको छलफलसँगै अघि बढ्दै विधेयकहरू
जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्था संसद्ले आफ्ना कामकारबाहीलाई यतिखेर निरन्तररुपमा अघि बढाएको छ । मुलुकको सङ्घीय संसद्मा पछिल्ला दिनमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटको सैद्धान्तिक छलफलका साथै विभिन्न विधेयकमाथिका छलफलले निरन्तरता पाएको छ ।
गिरिबन्धु जग्गामा कांग्रेसमाथि लागेको आरोप पुष्टि गर्न विश्वप्रकाश शर्माको चुनौती
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टी–स्टेटको फाइल खोलेर कांग्रेसमाथि सत्ता पक्षले लगाएको आरोप पुष्टि गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिनुभएको छ।
गिरिबन्धु टी-स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्छ : कांग्रेस सांसद केसी
नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले गिरिबन्धु टी–स्टेट प्रकरणमा छानबिन आयोग माग गर्नुभएको छ ।
वित्तीय समानीकरण अनुदान २५ प्रतिशतका दरले चार किस्तामा वितरण
अर्थमन्त्री वर्षमान पुनले प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान २५ प्रतिशतका दरले चार किस्तामा वितरण गरिने व्यवस्था गरिएको बताउनुभएको छ।
‘विनियोजन विधेयक’ स्वीकृत
प्रतिनिधि सभाको आज बसेको बैठकले ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । सभाको आजको बैठकमा उक्त प्रस्ताव अर्थ अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको थियो ।
‘सङ्घले स्थानीय तहलाई हस्तक्षेप गर्नु विकेन्द्रीकरणको भावना विपरीत’
सांसद मेटमणि चौधरीले न्याय माग्न गएका स्वर्गद्वारी गुठी पीडित सङ्घर्ष समितिका सदस्यमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
गाँजा खेतीबारे छलफल गर्न कृषि समितिले बोलायो चार मन्त्री
आगामी आव २०८१/०८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गृहसहित चार जना मन्त्रीलाई बोलाएको छ।
बैङ्क तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत
प्रतिनिधि सभाको आजको बैठकले ‘बैङ्क तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
बैङ्कलाई व्यवस्थित बनाउन बैंकर्स र व्यवसायी छुट्याउने नीति : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले बैङ्किङ क्षेत्रलाई थप व्यवस्थित बनाउनका लागि बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको बताउनुभएको छ ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक टुङ्गोमा पुर्याउने गरी जुटेका छौँ : मन्त्री गिरी
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन परेका मन्त्रालयसँग छलफल सुरु गर्नुभएको छ ।
दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप हुन्छः मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप गर्ने बताउनुभएको छ ।
राजनीतिक लाभका लागि असम्भव योजना घोषणा नगरियोस् : सांसद डाँगी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक निशा डाँगीले राजनीतिक लाभका लागि असम्भव योजनाहरू घोषणा गर्ने गरिएको भन्दै त्यसरी घोषणा नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।