‘गणतन्त्रको विकल्प छैन’
मुलुकमा १०४ वर्षे जहानियाँ राणाशासन अन्त्य भई २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भयो । त्यसपश्चात् २०४६ को जनआन्दोलन, माओवादीले गरेको दसवर्षे सशस्त्र सङ्घर्ष हुँदै २०६२/६३ को जनआन्दोलनबाट मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो । सरकारले ७४ औँ प्रजातन्त्र दिवस विशेष रूपमा मनाउने निर्णय गरेको छ । प्रजातन्त्र स्थापना, सरकारका कामकारबाही र आगामी कार्यभारबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्मासँग गोरखापत्रका सल्लाहकार सम्पादक उपेश महर्जन, समाचारदाता वीरेन्द्र ओली, भिडियो पत्रकार मनोजरत्न शाही र केशव गुरुङले गरेको वार्ताको सम्पादित अंश :
प्रजातन्त्रको विकल्प उन्नत प्रजातन्त्र
राणा शासनको अन्त्य गर्दै २००७ साल फागुन ७ गते स्थापना भएको प्रजातन्त्र मुलुकले त्यसपछि हासिल गरेको सम्पूर्ण उपलब्धिको जग हो । २०४६, २०६३ र २०६५ सालको परिवर्तनको जग र २०७२ को संविधानको आधार पनि २००७ सालको प्रजातन्त्र नै हो । त्यसैले प्रजातन्त्रलाई बलियो बनाउनु गणतन्त्र र सङ्घीयताका उपलब्धिलाई संस्थागत गर्ने आधार पनि हो ।
राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष कार्यक्रम सोमबार
फागुन २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवस तीन दिन मनाउने निर्णय गरेको थियो ।
अध्यक्ष ओलीद्वारा प्रशासनिक भवन उद्घाटन
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ ।
मकरसङ्क्रान्ति मेलामा अर्ब बराबरको कारोबार
धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा लाग्ने एक महिने मकरसङ्क्रान्ति मेला आइतबार सम्पन्न भएको छ । मेलामा करिब ३० लाखले अवलोकन गरेको आयोजकले जनाएको छ ।
बर्दिबासमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता
बर्दिबासमा सोमबारदेखि प्रदेश स्तरीय चौथो मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर बर्दिबास नगरपालिका तथा बर्दिबास ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा पुरुष डवल्स स्पर्धामा प्रतिस्पर्धा हुने जनाइएको छ ।
मादीमा चिप्ली महाशिवरात्रि मेला हुने
फागुन २४ देखि २६ गतेसम्म चिप्ली महाशिवरात्रि मेला हुने भएको छ । श्री सिद्ध युवा क्लब मादी गाउँपालिका–६ चिप्लीको आयोजनामा हुने सो मेला क्लबको खेल मैदानमा हुने भएको हो ।
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन मनाइने
सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।