अभिनेता टङ्कको फिल्म ‘कामा’ बेलायत र आयरल्यान्डका हलमा
नेपाली फिल्म ‘सरौतो’ मा भिलेनको रूपमा दर्शक सामु प्रस्तुत हुनुभएका अभिनेता टङ्क धमाला अभिनेताको रूपमा चर्चित हुनुहुन्छ।
‘निफ’ को बुकिङ टिकट खुला
आठौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को प्रि–बुकिङ खुला गरिएको छ । चैत ७ देखि ११ गतेसम्म सञ्चालन हुने निफको टिकट बुकिङ खुला भएको निफका क्रिएटिभ निर्देशक रसिक पाठकले बताउनुभयो ।
कर्णालीले जोगाएको साख : लाज शरणम्
कर्णाली प्रदेशको ग्रामीण परिवेशमा आधारित कथा हो, ‘लाज शरणम्’, जहाँ सुन तस्करी, सामाजिक समस्या र स्थानीय जनजीवनका सङ्घर्ष प्रस्तुत गरिएका छन् । समाजमा व्याप्त विकृति र तिनको प्रभावलाई चलचित्रमा घुमाउरो तरिकाले पस्कन खोजिएको छ ।
संरक्षणको पखाईमा सोरठी नाच
पाल्पामा परम्परागत सोरठी नाच लोप हुँदै गएको छ । केही वर्षअघिसम्म मगर समुदायमा लोकप्रिय सोरठी नाच पछिल्लो समय नाच्नै छाडिएको छ । देवीदेवताको भक्तिगानमा मादल बजाउने पुरु
‘लाखौँ कोसिस’ सार्वजनिक
गीतकार राज दङ्गालको ‘लाखौँ कोसिस’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा दीपिका ढकाल, गङ्गाराम घिमिरे दङ्गाल, अनिशा बस्ताकोटीलगायतको अभिनय रहेको छ । केदार
बिरानो बने पातका सुसेली..
कुनै बेला मेलापात वा गोठालो जाँदा मनको बह पोख्न पात बजाउने चलन थियो । पछिल्लो समय सूचना प्रविधिको विकाससँगै सबैका हात हातमा मोबाइल भएपछि पात बजाउने चलन हरायो । पछिल्लो समय लमजुङमा पात बजाउने प्रतियोगिता नै सञ्चालन गरेर यस्तो कलाको संरक्षण अभियान थालिएको छ । प्रतियोगिता हेर्न पुगेका बुढापाका आफ्नो विगत सम्झिएर रमाएका छन् ।
‘भ्रूण’ को विशेष मञ्चन
नेपाली रङ्गमञ्चमा चर्चित नाटक ‘भ्रूण’ को विशेष मञ्चन इटहरीमा हुने भएको छ । नाटक पिपुल्स अन्तर्राष्ट्रिय थिएटर फेस्टिभल इटहरी खण्डको उद्घाटन नाटकका रूपमा यो मञ्चन हुँदै छ । नाटक शुक्रबार (आज) इटहरी म्याट्रिक्स, इटहरीमा मञ्चन हुँदै छ ।
‘११:५५’ को ट्रेलर सार्वजनिक
केशव पाण्डे निर्देशित चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबिच चलचित्रको तीन मिनेट २८ सेकेन्डको ट्रेलर सार्वजनिक गरिएको हो ।
होस्टेल ३ ले पायो उल्लेखनीय सो
शुक्रबार (आज) देखि देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र ‘होस्टेल ३’ ले उल्लेखनीय सो पाएको छ ।
‘पिलेन उडाउनी’ सार्वजनिक
गीतकार तथा सङ्गीतकार नरहरि प्रेमीको गीत ‘पिलेन उडाउनी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल स्मारिका ढकालको अभिनय रहेको छ ।
भजनमा उकारेश्वर पहिलो
मध्यनेपाल नगरपालिका–७, करापुटारमा आयोजित खुला भजन प्रतियोगितामा कास्कीको फूलबारीस्थित उकारेश्वर भजन समूह पहिलो भएको छ ।
‘यो वर्षको कोटा पुग्नै लागिसक्यो’
निर्देशक केपी पाठक चलचित्र निर्माणबाहेक वृत्तचित्र निर्माण, फेस्टिभल आयोजनालगायत विभिन्न गतिविधिमा सक्रिय हुनुहुन्छ ।
‘हरिबहादुरको जुत्ता’को छायाङ्कन सकियो
दीपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को छायाङ्कन २९ दिनमा सकिएको छ । चलचित्रको गीतबाहेक अन्य सम्पूर्ण छायाङ्कन सम्पन्न भएको निर्देशक खनालले बताउनुभयो ।
‘महिला चलचित्र महोत्सव’ सुरु
‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मङ्गलबारबाट काठमाडौँमा सुरु भएको छ । चलचित्र विकास बोर्डमा सुरु भएको महोत्सव तीन दिनसम्म चल्ने छ ।
अस्ट्रेलियामा नेपाली फिल्म अवार्ड हुँदै
अस्ट्रेलियामा नेपाली फिल्म अवार्ड आयोजना हुन लागेको छ । डि व्वाइज इन्टरटेन्मेन्ट नामक संस्थाले मे २८ जुन १ सम्म अस्ट्रेलियामा ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना गर्न लागिएको हो।
मञ्जयाश्रीको बलिउड फ्युजन गीत ल्याउने
नेपाली र हिन्दी सङ्गीतको फ्युजन गीत ‘झ्याइँ’ले ऐतिहासिक सफलता प्राप्त गरेपछि एटमून इन्टरटेनमेन्ट अब गायिका तथा अभिनेत्री मञ्जयाश्री भट्टलाई लिएर अर्को ठुलो नेपाली तथा बलिउडको संयुक्त प्रोजेक्टको तयारीमा जुटेको छ।
अनोरा बन्यो उत्कृष्ट चलचित्र
विश्व चलचित्र उद्योगको सबैभन्दा प्रतिष्ठित ओस्कार अवार्ड जित्ने धोको हरेक चलचित्रकर्मीको हुन्छ ।
‘सर्माइ भागेर’ मा पुष्प र सहारा
चलचित्र ‘दर्पणछायाँ २’ का कलाकार पुष्प खड्का र सहारा कार्कीको जोडी म्युजिक भिडियोमा देखिएको छ । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को म्युजिक भिडियोमा यो जोडीलाई निर्देशक फिरोज तिमिल्सेनाले एकसाथ प्रस्तुत गर्नुभएको छ ।
भदौ १० मा जनै हराएको बाहुन
चलचित्र ‘जनै हराएको बाहुन’ को प्रदर्शन मिति तय भएको छ । चलचित्रको प्रदर्शन भदौ १० गते नेपाल र विदेशमा एकैदिन गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रमा विजय बराल र मनिष राउत मुख्य भूमिकामा हुनुहुन्छ ।
वरिष्ठ बलरामको शुभमुहूर्त
चलचित्र ‘वरिष्ठ बलराम’ को शुभमुहूर्त गरिएको छ । निर्माण पक्षले बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाङ्कनसमेत सुरु गरेको छ । कात्तिक ३ लक्ष्मीपूजाका दिन प्रदर्शन हुने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दै हुनुहुन्छ ।
महोत्सवमा दुर्गेशको प्रस्तुति
उद्योग वाणिज्य सङ्घ स्याङ्जाले आयोजना गरेको सातौँ स्याङ्जा महोत्सवमा गायक दुर्गेश थापाले आफ्नो प्रस्तुति दिएर दर्शकको मन जित्नुभएको छ ।
‘छोरो गयो परदेश’ को म्युजिक भिडियो सार्वजनिक
वैदेशिक रोजगार बोर्डका निर्देशक एवम् गीतकार टीकाराम ढकालको गीत ‘छोरो गयो परदेश’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
मित्रताको कथा ‘तीन तारा’
चलचित्र तीन ताराको छायाङ्कन औपचारिक रूपमा सम्पन्न भएको छ ।
कलाको उत्सव ‘काठमाडौँ उत्सव’
साहित्य, संस्कृति र कलाको उत्सव, काठमाडौँ उत्सव सुरु भएको छ । उत्सवको उद्घाटन सत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, वैरागी काइँला, सुलोचना मानन्धर, विप्लव प्रतीक, उषा शे