बिना राउत र गायक रबिनको ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक
मोडल बिना राउतको अभिनय रहेको तिमी हिँड्ने बाटो बोलको गीतको भिडियो सार्वजनिक भएको छ।भिडियोमा बिनाका प्रेमीका रुपमा गायक रबिन बर्तौलाको अभिनय गर्नुभएको छ।
मह जोडीको प्रहसन ‘मह जात्रा’
मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको ‘मह जात्रा’ प्रहसन सफलतापूर्वक सम्पन्न भएको छ । नेपालको हाँस्य–व्यंग्य विधामा विशिष्ट स्थान बनाएको मह जोडी श्रेष्ठ र आचार्यको दश वर्षपछि पुनः मञ्चमा फर्केको ‘मह जात्रा’ प्रहसनको पहिलो दिन दर्शकको भव्य उपस्थित र उत्साहबिच सफलतापूर्वक सम्पन्न भएको हो ।
‘महजात्रा’ सुरु
अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य १० वर्षको अन्तरालपछि फेरि मञ्चमा एकसाथ आउनुभएको छ ।
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा रु २७ करोड सङ्कलन गरेको जानकारी दिनुभयो ।
राउटे बस्तीमा छायाङ्कन !
मोरङको कानेपोखरी–७ स्थित दहीलामीचौर सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको वनभित्र चलचित्र बलिदान छायाङ्कनका लागि कृत्रिम राउटे बस्ती निर्माण गरिएको छ ।
कालीप्रसादको साङ्गीतिक प्रस्तुति
सङ्गीतकार तथा गायक कालीप्रसाद बाँस्कोटा आफ्नो साङ्गीतिक यात्रा १५ वर्ष पुगेको अवसर पारेर पोखरा र बुटवलमा प्रस्तुति गर्नुहुने भएको छ ।
ताप्लेजुङमा ७६ जनाको आँखाको शल्यक्रिया
ताप्लेजुङमा सञ्चालित तीन दिने आँखा शिविरमार्फत ७६ जनाको आँखाको शल्यक्रिया गरिएको छ। सदरमुकाम फुङ्लिङस्थित डिचेन डोङ्गला आँखा उपचार केन्द्रमा सञ्चालित निःशुल्क शिविरमार्फत उक्त सङ्ख्यामा आँखाका बिरामीको शल्यक्रिया गरिएको हो।
‘कार्साङ’ मा जितुको भिन्न रूप
चलचित्र ‘कार्साङ’ को जितु नेपालको चारित्रिक ‘लुक्स’ मङ्गलबार सार्वजनिक भएको छ ।
कथाभित्र डुबेको अभिनय
दर्शकलाई बाँध्ने सशक्त चलचित्र बनाउन कुन पक्ष महत्वपूर्ण हुन्छ ? बर्सौंदेखि नेपाली निर्माता/निर्देशकले चलचित्र सफल बनाउन सेलिब्रेटी कलाकार, भव्य सेटको मात्र प्रयोग गरेका छैनन् कतिपयले विदेशीमा छायाङ्कनसमेत गरेका छन् ।
अभिनेता हमाल लुम्बिनी लायन्समा
लुम्बिनी लायन्सले सोमबार अभिनेता राजेश हमाललाई एनपिएलका लागि आफ्नो सद्भावना दूत घोषणा गरेको छ ।
सुशीलाको ‘धेरै दिन’
नयाँ नेपाली म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक भएको छ । महेश खड्काको रचना तथा सङ्गीतमा तयार पारिएको गीतमा सुशीला बस्नेत तिमिल्सिनाको स्वर रहेको छ ।
‘अञ्जिला’ को प्रिमियर हङकङमा
महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ को आधिकारिक पोस्टर सार्वजनिक भएको छ ।
नारायणगोपालको बायोपिक चलचित्र बन्ने
लेखक प्रकाश सायमिले स्वरसम्राट नारायणगोपालको जीवनीमा आधारित चलचित्र बनाउने घोषणा गर्नुभएको छ ।
काठमाडौँमा घन्कियो ‘कन्दरा’
कन्दरा ब्यान्डले काठमाडौँमा ऐतिहासिक कन्सर्ट गर्दै साङ्गीतिक विरासतको ३२ औँ वर्षगाँठ मनाएको छ ।
नेपाली चलचित्रप्रति दर्शकको मोह
भारतीय चलचित्रको बोलवाला रहेकै बेला नेपाली चलचित्रले पनि भारतीय चलचित्रलाई माथ खुवाउने गरी आक्रामक व्यापार गरेका छन् ।
क्यानभासमा ‘रङहरूको ध्वनि’
केही विदेशीसहित नेपाली कलाकार अहिले पोखरामा कलाका विभिन्न कार्यक्रममा व्यस्त छन् । ‘रङहरूको ध्वनि’ नाम दिइएको अन्तराष्ट्रिय कला कार्यक्रम बिहीबारबाट जारी छ ।
चलचित्रकर्मीबिच चलचित्रकै कटाक्ष
नेपाली चलचित्रको अहिले जताततै चर्चा छ । विशेष गरेर दसैँतिहारलक्षित एकैसाथ एकभन्दा बढी चलचित्र प्रदर्शन भएपछि चलचित्रले चर्चा नबटुल्ने कुरै भएन ।
दी एन्जल्स ब्यान्डको ‘कति छन्’
दी एन्जल्स ब्यान्डले ‘कति छन्’ शीर्षकको नयाँ गीत सार्वजनिक गरेको छ ।
‘पूर्णबहादुरको सारङ्गी’ ले रच्यो इतिहास
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले अहिलेसम्मकै सर्वाधिक ‘सो’ पाउने नेपाली चलचित्रको कीर्तिमान बनाएको छ ।
नयाँ गीत ‘कुनै दिन त’ सार्वजनिक
युवा पुस्ताका लोकप्रिय गायक नारायण थापाको स्वरमा सजिएको नयाँ गीत ‘कुनै दिन त’ सार्वजनिक भएको छ । चर्चित गीतकार डा. कृष्णहरि बरालको शव्द रचना रहेको उक्त गीत शुक्रवार आभूषण इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको हो ।
पोखराबाट 'अग्निदहनको' प्रचार सुरु
नेपाली चलचित्र “अग्निदहनको” प्रचारप्रसार पोखराबाट सुरु भएको छ । मंसिर ७ गतेबाट हलमा प्रदर्शन हुने भएपछि सिनेमाको प्रचारप्रसारको तयारीमा निर्माण पक्ष जुटेको हो ।
कन्दराको ‘काठमाडौँ कलिङ’
पोखरेली लोकपप रक ब्यान्ड कन्दरा आफ्नो ३२ बर्से यात्रामा पहिलो पटक काठमाडौँमा गुञ्जिँदै छ ।
स्नो लियोपार्ड पुरस्कृत
मेक्सिकोमा सम्पन्न वाइल्डलाइफ कन्जरभेसन चलचित्र महोत्सवमा पत्रकार प्रदीप पोखरेलद्वारा निर्देशित वृत्तचित्र स्नो लियोपार्डले ‘अनरेवल मेन्सन अवार्ड’ जितेको छ ।
बोक्सी कुप्रथाको कथा ‘अग्निदहन’
चलचित्र ‘अग्निदहन’ को ट्रेलर सार्वजनिक भएको छ ।