यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपियाँ ०१ पैसा र बिक्रीदर १३६ रूपियाँ ६१ पैसा कायम भएको छ ।
घिरौँला, सिमी र गोलभेँडामा बढी विषादी
देशकै ठुलो तरकारी बजार कालीमाटीमा पछिल्ला दिनमा भित्रिएका ताजा तथा हरिया तरकारीमा विषादीको मात्रा अधिक प्रयोग भएको भेटिएको छ ।
काउलीमा उनान्सय प्रतिशतभन्दा बढी विषादी !
सल्यानदेखि सुर्खेत ल्याइएको काउलीमा अत्यधिक मात्रामा विषादी पाइएको छ ।
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन बन्ने
नेपाल र भारतबिच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि मङ्गलबार हस्ताक्षर भएको छ ।
औषधीय गुण भएको महुवा सङ्कलन
महुवा कैलालीस्थित विभिन्न वनमा पाइने गर्दछ । गाउँघरमा स्थानीयले विशेष गरेर सुगन्धित रक्सी बनाउनका लागि महुवा प्रयोग गर्ने गर्दछन् । होमस्टे लगायतमा यसको खपत बढी हुने गरेको छ । यसैगरी, महुवाको फूलमात्रै खानले स्वास्थ्यलाई फाइदा पनि हुने गरेको स्थानीय बताउँछन् ।
नेपालको सम्पदा अध्ययन गर्दै इटालियन विज्ञ
हेरिटेज इन्टरनेसनल इन्स्टिच्युटका एकेडेमिक डाइरेक्टर प्रा. जिआन्लुइगी मास्तेन्द्राको आयोजना र त्रिभुवन विश्वविद्यालयकी डा. टिना मानन्धरको समन्वयमा चार सदस्यीय इटालियन टोलीले काठमाडौँ उपत्यकासँगै पनौतीको भ्रमण गरेका छन् ।
सिद्धार्थ रिभरसाइड रिसोर्ट चारतारे बन्ने
सिद्धार्थ ग्रुप अन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले चितवनको चुम्लिङ्टारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चारतारे स्तरीय रिसोर्टमा स्तरोन्नति गर्ने भएको छ ।
करिब आठ लाखलाई श्रम स्वीकृति
पछिल्लो एक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या करिब आठ लाख पुगेको छ ।
भारतका विद्युतमन्त्री नेपाल आउँदै
भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार नेपाल आउँदै हुनुहुन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उहाँ मङ्गलबार बिहान दुईदिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयले जनाएको छ ।
शीतभण्डारले किसानलाई राहत
तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९, साब्लामा कृषि शीतभण्डार सञ्चालनमा आएपछि कृषिजन्य उत्पादन भण्डारण सहज भएको छ । कियाचु कृषि सहकारी संस्थाले मेयङ्लुङ कृषि शीतभण्डार सञ्चालनमा ल्याएसँगै आफ्ना कृषि उपज भण्डारण गर्न पाउँदा कृषक हर्षित छन् ।
खरीखानीले गाउँमै रोजगारी
आठ वर्षदेखि दार्चुलाको खरी छिमेकी भारत निर्यात हुँदै आएको छ । दार्चुला जिल्लाको उत्तरमा पर्ने दुहुँ गाउँपालिका–५ को नौमुणे क्षेत्रबाट निकालिएको खरी दार्चुलाको खलङ्गा नाकाबाट भारतको हल्द्धानी निर्यात भइरहेको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदीप मानन्धरले जानकारी दिनुभयो ।
उद्योगमा कोभिडको असर कायमै
कोरोना महामारीका कारण बन्द भएका उद्योगको समस्या अझै समाधान हुन सकेको छैन । निरन्तरको प्रयासपछि केही उद्योग पुरानै लयमा सञ्चालन हुन थाले पनि अधिकांश उद्योगमा कोरोनाको असर अझै कायमै रहेको जानकारको भनाइ छ ।
बेइजिङमा नेपाली खाद्य महोत्सव
चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासले सोमबार दूतावास परिसरमा ‘नेपाल खाद्य महोत्सव २०२५’ कार्यक्रम आयोजना ग¥यो ।
गण्डकीमा सुरु भयो आयोजना बैंक
गण्डकी प्रदेश नीति तथा योजना आयोगले आयोजना बैंक सञ्चालनमा ल्याएको छ ।
बाँकेका स्थानीय तहले दुई अर्ब ४१ करोड अनुदान पाउने
बाँकेका आठ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२-०८३ मा राजस्व बाँडफाँड र वित्तीय समानीकरणतर्फ अनुमानित दुई अर्ब ४१ करोड अनुदान प्राप्त गर्ने भएका छन् ।
सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो
सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
मधेशमा डिडिसीको साझेदारी पसल
दुग्ध विकास संस्थान (डिडिसी) ले मधेश प्रदेशमा पहिलो पटक साझेदारी पसल सञ्चालनमा ल्याएको छ ।
मकै नङ्ग्याउन र छोडाउन मेसिन
आधुनिक कृषियन्त्रको उपलब्धता र प्रयोगले मकै खेती गर्ने किसानलाई ठुलो राहत पुगेको छ ।
सौर्य ऊर्जामा लगानी गर्न भारतीय लगानीकर्ता तयार
बाँके जिल्लामा विद्युत्को सबैभन्दा कम पहुँच भएको नरैनापुर गाउँपालिकामा नवीकरणीय सौर्य ऊर्जा उत्पादनका लागि भारतीय लगानीकर्ताले पहल गरेका छन् ।
गहुँ छिटो आयात गर्न आग्रह
भारतबाट प्राप्त हुने कोटाको गहुँ आयात गर्ने इजाजतपत्र पाएका २८ फर्म वा कम्पनीलाई सक्दो छिटो खरिद गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आग्रह गरेको छ ।
२११ खर्ब ६५ अर्ब लगानी आवश्यक
दिगो विकास लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब रुपियाँ लगानी आवश्यक पर्ने भएको छ । राष्ट्रिय योजना आयोगले ‘दिगो विकास लक्ष्य : आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१ प्रतिवेदन’ आइतबार सार्वजनिक गर्दै सन् २०२४ देखि २०३० सम्ममा वार्षिक औसत ३० खर्ब २३ अर्ब रुपियाँ लगानी आवश्यक पर्ने जनाएको हो ।
याकचौँरीपालन सङ्कटमा
मुस्ताङ, वैशाख ८ गते । यहाँको थासाङ–२ घट्टेखोलास्थित हिमालयन याक नाकपालन उपसमितिका सदस्य एवं वडासदस्य भीमप्रसाद थकालीलाई पछिल्लो समय याकचौँरीका पाठापाठी हुर्काउन समस्या छ ।उहाँको करिव ७० वटा याकचौँरी छन् । पूख्र्यौली पेशा अङ्गाल्दै आउनुभएका थकालीले पछिल्लो समय याकचौँरीपालन व्यवसाय जोगाउनै गाह्रो परेको बताउनुभयो । सरकारले हिमाली क्षेत्रका याकचौँरीपालन व्यवसायलाई संरक्षण गर्न अनुकूलनका कार्यक्रम ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ । “सरकारले हिमाली याकचौँरीपालन संरक्षणका लागि अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकिरहेको छैन,” उहाँले भन्नुभयो, “हिमालमा चरनक्षेत्रमा घाँस नहुने, वन्यजन्तुको जोखिम र सुख्खा खडेरीले पानीको अभाव हुँदा यो व्यवसायनै लोप हुने अवस्थामा पुगेको छ ।”जिल्लाका पाँच वटै स्थानीय तहमा करिब चार हजार ७०० बढी सङ्ख्यामा याकचौँरी छन् । याकचौँरीपालनको व्यावसायिक हकहित र उत्थानका लागि २०७६ सालमा हिमालयन याकचौँरी पालन तथा संरक्षण व्यवस्थापन समिति गठन भएको थियो । त्यसकै उपशाखा अन्तर्गत थासाङ–२ घट्टे खोलामा हिमालयन याक नाक पालन उपसमिति छ । थकाली जस्तै थासाङ–२ मा २२ घरधुरीले २२ वटा गोठ खडा गरी करिव ७०० बढी सङ्ख्यामा याक नाक पालन गर्दै आइरहेका छन् । पूख्र्यौली व्यवसाय याकचौँरीपालनबाट राम्रो आम्दानी हुने गरेको उनीहरुको भनाइ छ । याक नाकको दुधबाट घ्यू, छुर्पी र मासु उत्पादन हुने गर्छ । यसका अतिरिक्त याक नाकका रगत निकालेर सर्वसाधारणलाई बिक्री गरी बैकल्पिक आम्दानी लिने गरेका छन् ।थासाङमा हिउँद र बर्खायाममा अलगअलग गोठ स्थान्तरण गरेर याकचाँैरीको व्यवस्थापन गर्ने गरिएको छ । बर्खायामको चिसो मौसममा मुलीखर्क, मार्चे र बतासे डाँडा लगेर गोठ सारिन्छ । त्यसपछि बिस्तारै हिउँदयाम लागेपछि बस्ती नजिकको पट्के खर्क, छिप्लुङ खर्क, सेकुङ खर्क, खैक्यु खर्क र लुप्साङ खर्कलगायतका स्थानमा याकचौँरीको गोठ स्थान्तरण गरिने याकचाँैरी पालक गौतम शेरचनले जानकारी दिनुभयो । याकचौँरीपालन गर्दा गोठालालाई वार्षिक रु दुई लाख र खाने, बस्ने र लत्ताकपडाको व्यवस्थापन गरिदिने चलन छ । पछिल्लो समय हिमाली क्षेत्रमा याकचौँरीपालन सङ्कटमा पर्दै गएको हो । जलवायु परिवर्तनका कारण वातावरणीय क्षेत्रमा परेको असरले याकचौँरीपालन व्यवसाय समस्यामा परेको स्थानीयवासीको अनुमान छ ।हिमाली क्षेत्रमा समयमा हिउँ नपर्ने, बेमौसममा हिमपात हुने र कुनै वर्ष हिउँ पर्दै नपर्नेजस्ता प्राकृतिक विपद्ले हिमाली याकचौँरीका लागि आवश्यक चरन क्षेत्रमा घाँस पाइन छाडेको हो । हिमालयन याक नाक उपसमितिका याकचौँरीपालक किसानले याक नाकको रगत सर्वसाधारणलाई बिक्री गरेर बैकल्पिक आम्दानी गर्ने गरेका छन् । याकचौँरीको आलो रगत निकालेर बिक्री गर्ने हिमाली क्षेत्रको सदिँयौदेखिको सांस्कृतिक प्रचलन हो । प्राकृतिक उपचारका लागि याकचौँरीको आलो रगत सेवन गर्नाले दीर्घरोगीलाई उपचारमा उपयोगी हुने जनविश्वास छ । विशेषगरी ग्याष्ट्रिक, गानोगोला, हाडजोर्नी दुख्ने तथा पेटसम्वन्धी समस्या भएका बिरामीलाई याकचौँरीको आलो रगतले फाइदा पुग्ने बताइन्छ । एक वयस्क याकचौँरीबाट २५ गिलासदेखि ४२ गिलाससम्म याकचौँरीको आलो रगत निकाल्न सकिने हिमालयन याक नाक पालन उपसमितिले जनाएको छ । याकचौँरीको रगत सेवन गर्न आउने सर्वसाधारणलाई प्रतिगिलास रु ३०० को दरमा बिक्री वितरण गरिन्छ ।