रुकुमपश्चिममा एमालेले बनायो २१५ अस्थायी आवास
“पुनर्निर्माणका लागि श्रमदान” भन्ने अभियान लिएर भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएको नेकपा (एमाले) ले रुकुमपश्चिममा २१५ वटा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको छ ।
त्रिपालमुनिका भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताउनुभएको छ ।
दलका नेता कार्यकर्ता भूकम्प प्रभावित क्षेत्रमा सक्रिय
कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्ने अन्योल कायमै छ ।
त्रिपालमुनि बस्दै आएका छ जना भूकम्पपीडितको मृत्यु
रुकुमपश्चिममा त्रिपालमुनि बस्दै आएका छ जना भूकम्प प्रभावितको मृत्यु भएको छ । आठविसकोट नगरपालिकामा पाँच जना र सानी भेरी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो ।
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्देशन दिनुभएको छ ।
पौडेलको नेतृत्वमा जाजरकोटमा एक सय अस्थायी आवास निर्माण सम्पन्न
नेपाली काँग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका एक सय अस्थायी आवासको आधारभूत संरचना निर्माण सम्पन्न गरेको छ ।
काठमाडौंमा भूकम्पको धक्का : चित्लाङ केन्द्रबिन्दुमा ४.५ म्यागनिच्युट मापन
काठमाडौंमा बिहीबार राति भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा घुम्ती स्वास्थ्य शिविर
रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा भूकम्प प्रभावित तथा सर्वसाधारणका लागि घुम्ती शिविर सञ्चालन गरिएको छ । आठविसकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा मानव विकास तथा सामुदायिक सेवालगायतका निकायको संयुक्त आयोजनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
युवा सङ्घद्वारा निर्माण गरिएका अस्थायी आवास हस्तान्तरण
गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण क्षति भएका घरमा अहिले उद्धार र अस्थायी आवास निर्माणको काम तिब्र रुपमा भइरहेको छ ।