चर्किएका घरभित्र बस्न थाले भूकम्प पीडितहरू
भूकम्प पछि घरमा क्षति पुगेपछि त्रिपालमुनि बसेका नागरिकहरू चिसो बढ्दै जाँदा चर्किएकै घर भित्र फर्कन थालेका छन् । भूकम्पले घरमा क्षति पुगेपछि र केही समय त्रिपालमा बसेका जाजरकोटको जुनी चाँदे ५ गर्खाकोटका ताराप्रसाद खड्काकोे परिवार जोखिम मोलेरै चर्किएकै घर भित्र बस्न थालेका छन् । सरकारले अस्थायी आवासका लागि दिने भनेको रकम समयमै नपाउँदा आफूले अस्थायी आवास बनाउन नसकेको खड्काको गुनासो रहेको छ ।
भूकम्प पीडित विद्यार्थीलाई न्यानो कपडा वितरण
राधामाधव समितिले भूकम्प पीडित विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । गत कात्तिक १७ गतेको भूकम्पले पीडित नलगाड नगरपालिकाका विभिन्न विद्यालयमा पढ्ने विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
चिसोले जाजरकोटमा भूकम्प पीडितको मृत्यु
चिसोले गर्दा जाजरकोट एक भूकम्प पीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।
रुकुममा भूकम्प प्रतिरोधी एकीकृत नमुना बस्ती निर्माण सुरु
भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको चौरजहारीमा भूकम्प प्रतिरोधी एकीकृत नमुना बस्ती निर्माण सुरु भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १२ को टाकुरी टोलमा २१ वटा घर निर्माणको थालनी गरिएको हो ।
रोजगारी र उत्पादन गुम्नेगरी वासस्थान निर्माण गर्नु हुँदैन : अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा पुनः निर्माण अघि बढाउँदा रोजगारी र उत्पादन गुम्नेगरी वासस्थान निर्माण गरिनु नहुने धारणा राख्नुभएको छ ।
जाजरकोटमा भूकम्प पीडित सुत्केरीको चिसोले मृत्यु
जाजरकोटमा चिसोका कारण एक भूकम्प पीडित सुत्केरीको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका ९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको मृत्यु भएको हो ।
टर्कीको ६६ प्रतिशत भूभाग भूकम्पको जोखिममा
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको ६६ प्रतिशत भूभाग र ७१ प्रतिशत जनसङ्ख्या भूकम्पको जोखिममा रहेको चेतावनी दिनुभएको छ ।
भूकम्पपीडितलाई राहत वितरण
नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत सामग्री वितरण गरेको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर १ र ३ का एक हजार आठ सय घरधुरीलाई र रुकुम जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १ र २ का आठ सय घरधुरीलाई ६० लाख बराबरको राहत सामग्री वितरण गरिएकोे हो ।
चीनमा भूकम्पबाट १२७ जनाको मृत्यु, डेढ लाख भवन क्षतिग्रस्त
उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् ।