भूकम्प पीडितलाई एमालेले एक करोड बरावरको राहत सामग्री वितरण गर्ने
नेकपा (एमाले) ले जाजरकोट भूकम्पमा परी घरबारबिहीन भएका पीडितलाई एक करोड रुपियाँ बरावरको राहत सामग्री वितरण गर्नेभएको छ
चीनबाट १० करोडका सामग्री नेपाल ल्याइँदै
जाजरकोटमा गएको भूकम्पबाट पीडितलाई सहयोग गर्न जनवादी गणतन्त्र चीन सरकारले १० करोड रुपियाँ मूल्य बराबरका सामान नेपाल पठाएको छ ।
राज्य व्यवस्था समितिको टोली भूकम्प प्रभावित क्षेत्रमा जाने
भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न राज्य व्यवस्था तथा सुशासन समितिको टोली बुधबार जाजरकोट र रुकुमपश्चिम जानेभएको छ ।
दुर्गम र गरिब भूकम्पपीडितलाई प्राथमिक्तामा राख्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा दुर्गम र गरीब भूकम्प पीडितलाई पहिलो प्राथमिक्तामा राख्न निर्देशन दिनुभएको छ ।
दोलखाका स्थानीय तहले २० लाख सहयोग गर्ने
दोलखाका सबै स्थानीय तहले भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउने निर्णय गरेका छन् । सोमबार जिल्ला समन्वय समिति दोलखाको कार्यालयमा बसेको गाउँ तथा नगरप्रमुखको बैठकले २० लाख रुपियाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
राष्ट्रपति पौडेल मङ्गलबार भूकम्प प्रभावित क्षेत्र जानुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मङ्गलबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम रहेको पनि पोखरेलले जानकारी दिनुभयो ।
जाजरकोटमा पुनः ५.८ रेक्टरको भूकम्पको धक्का
जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्पको पराकम्प गएको छ । अपरान्ह ४ः३४ बजे जाजरकोट केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले बताउनुभयो ।
नगरवासीलाई सहयोग गर्न प्रमुख केसीको अपिल
रुकुमपश्चिमको आठविसकोट नगरपालिका प्रमुख रवि केसीले विपद्को समयमा सहयोग गर्न सहयोगी निकायलाई अपिल गर्नुभएको छ ।
गोरखाको स्थानीय तहले भूकम्पपीडितलाई सहयोग गर्ने
जाजरकोट र रुकुमपश्चिमको भूकम्पपीडितलाई गोरखाको ११ वटै स्थानीय तहले सहयोग गर्ने निर्णय गरेका छन् । गोरखाका दुई नगरपालिका गोरखा नगरपालिका र पालुङटार नगरपालिकाले १ लाख ५० हजारका दरले सहयोग गर्ने भएका छन् ।