घरेलुु श्रममा विदेश पठाउने तयारी
विगत सात वर्षदेखि घरेलुु श्रममा विदेश पठाउन रोकिएको कार्यलाई सरकारले ‘पाइलट’ परीक्षणका रूपमा खुुलाउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा यही साता उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री; श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, मुख्यसचिव, परराष्ट्रसचिव, श्रमसचिव र विभिन्न १२ देशका राजदूतसँगको छलफलमा सो विषयमा सहमति भएको हो ।
भोली प्रधानमन्त्री न्यूयोर्क प्रस्थान गर्नुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोली (शनिबार) त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
पूरा हुने क्रममा गोर्खा सैनिकका माग
“हाम्रो नाममा ब्रिटिस सरकारले एउटा सिपाही बराबर चार सय डलर लिन्थ्यो तर गोर्खा सैनिकले मात्र एक सय डलर बराबरको खर्च पाउँथे । पेन्सनमा पनि त्यस्तै विभेद थियो ।” यो कुरा बताइरहँदा भूतपूर्व गोर्खा सैनिक वयोवृद्ध ७७ वर्षीय डम्बरबहादुर लिम्बू तुम्बाहाम्फेको शिर निहुरियो ।
खडेरीको प्रभाव : स्पेनले थप गहुँ, मकै र जौ आयात गर्ने
स्पेनले खडेरीका कारण उत्पादनमा कमी आएको भन्दै त्यसको पूर्तिका लागि थप गहुँ, मकै र जौ आयात गर्ने बताएको छ ।
श्रम गन्तव्य युरोपतर्फ मोड्ने तयारी
सरकारले नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य देश हुँदै आएका मलेसिया र खाडीका मुलुकको विकल्पमा युरोपतर्फ ‘मोड्ने’ तयारी गरेको छ ।
तटीय बस्ती बग्दा छ हजारभन्दा बढीको मृत्यु
लिबियामा तटीय क्षेत्रको ठुलो भूभाग समुद्रमा बग्दा जनधनको व्यापक क्षति भएको छ। मङ्गलबार रातिको घटनामा छ हजारभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। १० हजारभन्दा बढी मानिस हराइरहेका छन्। आँधीपछिको मुसलधारे वर्षाले डेर्ना नदीका दुई वटा बाँध फुट्दा आएको बाढी समुद्रमा मिसिएपछि भीषण बाढीसहित समुद्रको छाल बस्तीमा पसेर जनधनको व्यापक क्षति गरेको हो। विश्व मौसम सङ्गठनका अनुसार आँधी प्रतिघण्टा ८० किलोमिटरको तेज गतिमा आएको थियो। जसले दुई वटा बाँध फुटाएपछि डेर्ना र आसपासका सहरका बस्ती समुद्रमा बग्न पुगेका हुन्। विपत्मा परेकाको उद्धारमा कठिनाइ आएकाले हजारौँ
‘श्रमिकलाई अप्ठ्यारो पर्ने अवस्था नआओस्’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न देशमा नेपालको प्रतिनिधित्व गर्ने राजदूतलाई नेपाली श्रमिकको हितमा काम गर्न निर्देशन दिनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र नेपालको पर्यटन प्रवद्र्धन हुने खालका कार्यक्रम गर्न पनि निर्देशन दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबारदेखि सुरु भएको ‘श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधान’ विषयक दुई दिने छलफललाई मङ्गलबार सम्बोधनका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।विदेशमा रहेका नेपाली श्रमिकले विभिन्न प्रकारका समस्यामा परेका कुरा आफूसमक्ष दिनहुँ ठुलो सङ्ख्यामा आउने गरेको भन्दै उहाँले भन्नुभयो, “हाम्रा श्रमिकलाई गन्तव्य देशमा अप्ठ्यारोमा पर्ने अवस्था नआओस् । श्रमिकलाई सुरक्षित हुने वातावरण बनाउनुहोस् । यसका लागि सरकारले पूर्ण साथ दिने छ ।”
भूतपूर्व गोर्खाहरुको समस्या समाधानमा बेलायत सकारात्मक
गोरखाहरू सेवा निवृत्त हुँदा १८ वर्षभन्दा कम उमेरका छोराछोरीलाई बेलायतको आवासीय भिसा दिने सम्बन्धमा संयुक्त अधिराज्य (बेलायत) सकारात्मक देखिएको छ ।
दक्षिण एसियाली मुलुकका शिक्षाकर्मी सम्मानित
प्रथम ‘सार्क एजुकेसन अवार्ड २०२३’ बाट नेपाल, भारत र भुटानका शिक्षासेवी र संस्था सम्मानित भएका छन् ।