सुन पसलमा आगलागी, २८ जना घाइते
मोरङको उर्लाबारी –७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुन पसलमा भएको आगलागीमा परी २८ जना घाइते भएका छन् । सोमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
आज गाई पूजा मनाइँदै
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ ।
आगलागीबाट आमाछोराको मृत्यु
गोरखामा आगलागीमा परेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
भोटे कुकुरको प्रजननका लागि गाडी रिजर्भ गरेर चौंरीगोठ
भारत सिक्किमको गेजिङ निवासी मिलन गुरुङ आफुले पालेको छाउरी कुकुर लिएर पाँचथरको याङवरक गाउँपालिका –२ पानीभित्ताका सूर्यमान गुरुङको गोठ आइपग्नुभएको छ ।
जनप्रतिनिधि नै रोजगारी खोज्दै धमाधम विदेश
स्थानीय तहको निर्वाचनमा निर्वाचित खोटाङका जनप्रतिनिधिहरू रोजगारीका लागि विदेश जान थालेका छन् । गाउँठाउँको विकासका लागि निर्वाचित जनप्रतिनिधिहरू नै अन्ततः रोजगारीको लागि विदेश पलायन हुन थालेपछि स्थानीयहरू चिन्ता व्यक्त गरेका छन् ।
एक अर्ब रुपियाँ ठगेर सुनचाँदी व्यवसायी फरार
लामो समयदेखि झापा सुरुङ्गामा सुनचाँदीको व्यवसाय गर्दैआएका नवराज बिमली हेमुले करिब एक अर्बभन्दा बढी रकम ठगी गरेर वेपत्ता भएका छन् ।
नवलपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एक गम्भीर
नवलपुरको देबचुुली नगरपालिका ६ को गोरेघुुम्तीमा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ मध्ये चार जनाको पहिचान खुलेको छ ।जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
चिसोले कठ्याङ्ग्रिन थाले भूकम्पपीडित, वर्षाले थप पीडा
भूकम्पपछि घरबासविहीन यहाँका सर्वसाधारणहरु चिसोले कठ्याङिग्रन थालेका छन् । शनिबार बिहानदेखि लागेको बादल र साँझ परेको पानीका कारण खुला चौरमा त्रिपालमूनि बसिरहेका भूकम्प प्रभावितहरुले थप पीडा थेप्न परेको छ ।
मंसिर मसान्तभित्र भूकम्प प्रभावितका लागि आवास निर्माण गरिसक्नुपर्छः कांग्रेस
नेपाली कांग्रेसले जाजरकोटसहितको भूकम्प प्रभावित क्षेत्रमा मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गरिसक्न सरकारलाई सुझाव दिएको छ।
राष्ट्रपति पौडेललाई ६ राष्ट्रप्रमुखको समवेदना सन्देश
राष्ट्रपति रामचन्द्र पौडेललाई जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखहरुले समवेदना सन्देश पठाउनुभएको छ ।
भाटभटेनीद्वारा भूकम्पपीडितलाई ३५ लाखको चामल सहयोग
रुकुमपश्चिमका भूकम्प प्रभावितहरुको लागि भाटभटेनी सुपर मार्केट प्रालिले खाद्यान्न सहयोग गरेको छ । भाटभटेनीले जिल्ला प्रशासन कार्यालयमार्फत जिल्लाको सानीभेरी र आठबीसकोट नगरपालिकाका प्रभावितलाई सहयोग गरेको हो ।
‘फास्ट ट्रयाक’को सुरुङ निर्माणमा उत्साहजनक प्रगति
अनेकौँ बाधा अड्चन र चुनौतीबीच राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ ।
सर्लाहीमा सङ्गठित रूपमै बिजुली चोरी
सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रूपमै बिजुली चोरी भइरहेको पाइएको छ ।नेपाल विद्युत प्राधिकरण मधेश प्रादेशिक कार्यालय, जनकपुरले आइबार, सोमबार, मङ्गलबार र बुधबार बलरा नगरपालिका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैर कानुनी रूपमा व्यापक बिजुली प्रयोग गरिरहेको फेला पारेको छ ।
वीर अस्पतालकाे बदनाम गर्ने काम भित्रकै बिचौलियाले गरेका छन् : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालकाे बदनाम गर्ने काम अस्पताल भित्रकै केही विचौलियाले गरिरहेको बताउनुभएको छ ।
पहिरोले स्काभेटर पुरिएर चालकको मृत्यु
कालीकोटको शुभकालीका गाउँपालिका –१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा स्काभेटर पुरिदा चालकको मृत्यु भएको छ ।
चारजनाको हत्या आफन्तबाटै
मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ । हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले मुगु सामूहिक हत्याको अनुसन्धानको जिम्मा लिएको थियो ।
चोरद्वारा चोरी गरेको सामान फिर्ता
बाँकेमा अनौठो घटना घटेको छ । केही दिनअघि घर फोडेर लगेको सामान चोरले गएराति घरधनिकै आँगनमा लगेर राखिदिएको छ ।
शैक्षिक भ्रमणको बस दुर्घटना,१६ जना घाइते
धरान उपमहानगरपालिका –१३ स्थित धरान–धनकुटा सडकखण्डमा शैक्षिक भ्रमणमा आएको ३ वटा बस दुर्घटनामा परेको छ ।नवलपुर जिल्लाको विधार्थी बोकेको बस सु,प,प्र ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।
मौलापुरका प्रमुखलाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहलाई पुर्नवहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।
अख्तियारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सात दिनको तलब दिने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयोगका पदाधिकारीहरुको सात दिन बराबरको तलब सहयोग उपलब्ध गराउने भएको छ ।
बोलेरो दुर्घटना हुँदा चार खेलाडी घाइते
कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका– ४ ठाना सिमतलीमा बोलेरो जीप दुर्घटना हुँदा चार खेलाडी घाइते भएका छन् ।
नापी कार्यालयका सर्वेक्षकसहित तीन जनाविरुद्ध एक लाख २५ हजारको भ्रष्टाचार मुद्दा
नापी कार्यालय, भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुरसहित तीन जनाविरुद्ध एक लाख २५ हजार रुपियाँ भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
ब्वाँसोले आक्रमण गर्दा १२ जना घाइते
दाङको घोराही उपमहानगरपालिका–५ को वसन्तापुरमा जङ्गली जनावर ब्वाँसोको आक्रमणबाट १२ जना बढी घाइते हुनुभएको छ ।
संशोधनबिनै भारतसँगको वाणिज्य सन्धि नवीकरण
भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण भएको छ । संशोधनसहित सन्धि नवीकरण हुनुपर्ने भन्दै नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्ततः संशोधनबिनै नवीकरण भएको हो ।