कानुनविपरीत ऋण लगानी गर्ने सहकारीबाट रकम फिर्ता गराउन माग
आफ्ना सदस्यबिच मात्र ऋण लगानी गर्न मिल्ने कानुनी व्यवस्थाविपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा सर्वसाधारणले जम्मा गरेको सहकारीको रकमको ठूलो हिस्सा अपचलन भएको उल्लेख गर्दै नेपाली कांग्रेसले उक्त रकम तत्काल फिर्ता गराउन माग गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबिच सम्झौता
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको मुद्रण विभागबिच मुद्रण विभागका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै
बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न नेपाल राष्ट्र बैङ्कले मस्यौदा तयार गरेको छ । राष्ट्र बैङ्कले ‘बैङ्क खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१’ तयार गरी कार्यान्वयनमा ल्याउने तयारीमा जुटेको छ । विनियमावलीको मस्यौदा सार्वजनिक गर्दै राष्ट्र बैङ्कले कार्यान्वयनमा ल्याउनु अगाडि सरोकारवालासँग आवश्यक राय सुझाव मागेको छ ।
कामपाका सहकारीमा सूचना अधिकारी
काठमाडौँ महानगरपालिकामा सञ्चालित सहकारीहरूले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराउन थालेका छन् ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, कर्जा प्रवाह बढाउने नीति अवलम्बन
सुस्ताइरहेको अर्थतन्त्र र बैङ्कमा बढ्दो तरलतालाई मध्यनजर गर्दै कर्जा प्रवाह बढाउने नीति अवलम्बन गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आएको छ । पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थामा तरलता पर्याप्त रहे पनि कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता आएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा बढ्दो क्रममा रहेको तरलतालाई उपयोग गर्ने रणनीति लिएको छ ।
मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो
नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गा कर्जा केही सहज बनाएको छ ।
ग्लोबल आइएमईलाई ‘बेस्ट बैङ्क अवार्ड’
ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स मेगजिनको बेस्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स मेगजिनले विश्वभरिका सर्वश्रेष्ठ बैङ्कहरू छनोट गरी सम्मानित गरेको हो । बैङ्कको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डमा ग्लोबल आइएमई बैङ्क सन् २०२४ का लागि नेपालको उत्कृष्ट बैङ्क भएको हो ।
बैङ्कमा निक्षेप बढ्यो कर्जा प्रवाह भने सुस्त
चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप चार खर्ब नौ अर्ब चार करोड अर्थात् ७.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप तीन खर्ब ५५ अर्ब ८९ करोड अर्थात् ७.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप १२.५ प्रतिशतले बढेको छ । २०८० चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.९ प्रतिशत रहेको छ ।
सहकारी संस्थाको सुपरिवेक्षणका लागि विशिष्टकृत नियामक निकाय स्थापना गरिने
सरकारले सहकारी संस्थाको सुपरिवेक्षण र नियमनका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गर्ने भएको छ । मङ्गलबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी संस्थाको सघन सुपरिवेक्षण र नियमनका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गरिने बताउनुभएको हो ।
सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौँ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासनका पक्षमा दृढतापूर्वक उभिएकाले आफ्नो मन्त्रालयले अघिल्लो आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा राजश्व वृद्धि गरेको बताउनुभएको छ ।
चौध अर्ब छत्तिस करोड डलर सञ्चिति
आन्तरिक रूपमा शिथिलताको सामना गरिरहेको मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र भने अत्यन्त सबल अवस्थामा रहेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थक वर्ष २०८०/८१ को नौ महिनासम्म (साउन–चैत) को आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार बाह्य क्षेत्रसँग सम्बन्धित अधिकतम सूचक सुदृढ अवस्थामा देखिएको हो । प्रतिवेदन अनुसार मुलुकको बैङ्किङ क्षेत्रसँग १४ अर्ब ३६ करोड अमेरिकी डलर सञ्चिति रहेको छ । जुन गत असारको तुलनामा २२.७ प्रतिशतले बढी हो । यस्तो सञ्चिति नेपालको एक वर्षको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने प्रतिवेदनमा उल्लेख छ ।
चैतसम्मको आर्थिक अवस्था : नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक देखिएका छन् ।
सहकारीमा बेथिति : पति अध्यक्ष, जग्गा र कम्पनीमा पत्नीको हालीमुहाली
भक्तपुरको शिवशिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्माले पत्नीका नाममा जग्गा कारोबारको साम्राज्य खडा गरेका छन् । सहकारीमा बचतकर्ताले राखेको बचत रकम अध्यक्ष शर्माले पत्नी गीता शर्माका नाम खडा गरिएका कम्पनी र जग्गामा लगानी गरेका हुन् । शिवशिखरका वर्तमान अध्यक्ष सुशीलचन्द्र बानियाँ हुन् ।
बचत अपचलन गर्नेलाई कारबाहीको माग
बचत तथा ऋण सहकारीको गुणात्मक विकासका लागि प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीलाई स्थापित गरी स्वनियमन र स्वअनुशासनका माध्यमबाट प्रवर्धन, सुदृढीकरण र शुद्धीकरण गर्न सरोकारवालाले माग गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) को आयोजनामा मङ्गलबारदेखि जारी लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी १२ बुँदे निष्कर्ष तथा प्रतिबद्धता जारी गर्दै सम्पन्न भएको छ ।
सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक : पूर्वअर्थमन्त्री खतिवडा
पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक रहेको बताउनुभएको छ ।
सहकारीको बेथिति समस्या सातै प्रदेशमा
सङ्घीय सरकार मातहतका २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको कारबाही प्रक्रिया अघि बढाइरहँदा सातै प्रदेशमा दर्ता भएका सहकारीमा झन् ठुलो सङ्कट देखिएको छ । सातै प्रदेशमा दर्ता भएका सयौँ सहकारी सञ्चालकले कमजोर आर्थिक अवस्था रहेका हजारौँ नागरिकको बचत अपचलन गरेर फरार भएका छन् ।
बिस रुपियाँ दरको नयाँ बैङ्क नोटको आपूर्ति
चालु छपाइ चक्र अन्तर्गत २० रुपियाँ दरको नौ करोड थान नयाँ बैङ्क नोटको आपूर्ति भइसकेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । नेपाल राष्ट्र बैङ्कको चालु छपाइ चक्र अन्तर्गत २० रुपियाँ दरको बैङ्क नोटको छपाइ गर्न छपाइ कम्पनीसँगको करार सम्झौताबमोजिम नौ करोड थान नयाँ बैङ्क नोटको आपूर्ति भएको हो ।
तीन सय सैँतिस बैङ्क गाभिएर एक सय नौ कायम
सञ्चालनमा रहेका कुल ३४७ बैङ्क तथा वित्तीय संस्था एकआपसमा गाभिएर १०९ वटा संस्था कायम भएका छन् । बैङ्क तथा वित्तीय संस्था गाभ्ने/गाभिने सम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०८० फागुन मसान्तसम्म कुल ३४७ बैङ्क तथा वित्तीय संस्था एकआपसमा गाभिएका छन् ।
नेपालका बैङ्क तथा वित्तीय संस्था सुदृढ अवस्थामा : गभर्नर
बैङ्क तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैङ्क शुक्रबारदेखि स्थापनाको ६८ वर्ष पूरा गरी ६९ औँ वर्षमा प्रवेश गरेको छ । राष्ट्र बैङ्कले शुक्रबार राजधानीमा आयोजना गरेको ६९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैङ्किङ प्रणालीको कर्जा असुली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको बताउनुभयो ।
नेपाल राष्ट्र बैङ्कको ६९ औँ वार्षिकोत्सव शुक्रवार
नेपाल राष्ट्र बैङ्कको ६९ औँ वार्षिकोत्सव शुक्रवार हुने भएको छ । बैङ्कले सूचना प्रकाशन गर्दै वैशाख १४ गते शुक्रवार अपराह्न १ः०० बजे बैङ्कको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणमा कार्यक्रम आयोजना हुने जानकारी गराएको छ ।
‘सहकारी समस्याबारे राजनीतिक छलफल जरुरी’
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले मौलिक चरित्रमा सहकारीलाई फर्काउन राजनीतिक दलबिच गम्भीर छलफल हुनुपर्ने बताउनुभएको छ । सहकारीमा देखिएको समस्या समाधानमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे नेपाली कांग्रेसको सहकारी विभाग र विज्ञहरूसँग शनिबार आयोजित ‘सहकारी समस्या तथा भावी रणनीति’ विषयक छलफलमा बोल्दै उहाँले देशले नै सहकारीका विषयमा गम्भीर भएर सोच्नुपर्ने समय आएको बताउनुभयो ।
अन्तरदेशीय विद्युतीय भुक्तानीमा सीमा कायम नगरिने
अन्तरदेशीय विद्युतीय भुक्तानीमार्फत नेपालतर्फ भुक्तानी गर्दा कुनै सीमा कायम नगरिने भएको छ । नेपाल राष्ट्र बैङ्कले अन्तरदेशीय विद्युतीय भुक्तानीमार्फत नेपालतर्फ भुक्तानी गर्दा कुनै सीमा कायम नगर्ने प्रस्ताव अगाडि सारेको छ । अन्तरदेशीय भुक्तानी कारोबारका लागि क्युआर प्रयोग गरी मोबाइल/इन्टरनेट बैङ्किङ तथा अन्तरबैङ्क रिटेल पेमेन्टसम्बन्धी व्यवस्थाको मस्यौदामार्फत तयार गरी नेपाल भित्रिने भुक्तानीमा सीमा हटाउन लागिएको हो ।
अमेरिकी डलर उच्च दरमा विनिमय जारी
अमेरिकी डलरको मूल्यले एकपछि अर्को रेकर्ड ब्रेक गर्ने क्रम जारी रहेको छ । शुक्रबार फेरि डलरको विनिमय मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दरका अनुसार शुक्रबार एक डलरको मूल्य बिक्रीदरतर्फ १३३ रुपियाँ ९७ पैसामा कारोबार भएको छ भने खरिददर पनि १३३ रुपियाँ ३७ पैसामा कारोबार भएको छ । जुन बिहीबार एक डलरको मूल्य बिक्रीदरतर्फ १३३ रुपियाँ ९६ पैसामा कारोबार भएको छ भने खरिददर पनि १३३ रुपियाँ ३६ पैसामा कारोबार भएको थियो । डलरको मूल्यमा नयाँ नयाँ रेकर्ड ब्रेक भइरहँदा नेपाली मुद्राको अहिलेसम्मकै अवमूल्यन भएको छ ।
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा
सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको छ ।