बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छः अर्थमन्त्री
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभएको छ ।
हरेक दिनको सरकारी कारोबार विवरण राष्ट्र बैङ्कमा पठाउनुपर्ने
अब बैङ्कहरूले सरकारी कारोबारको सम्पूर्ण विवरण हरेक दिन नेपाल राष्ट्र बैङ्कमा पठाउनुपर्ने भएको छ ।
दुई सहकारीमा तालाबन्दी
बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका दुई वटा सहकारी संस्थामा तालाबन्दी गरेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ९२ पैसा कायम भएको छ ।
ब्याजदर पुसकै सरह
वाणिज्य बैङ्कहरूले माघका लागि नयाँ ब्याजदर तोकेका छन् ।
सहकारीमा दस लाखभन्दा बढी बचत गर्दा स्रोत खुलाउनुपर्ने प्रस्ताव
अब बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका सदस्यले १० लाख रुपियाँभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा स्रोत खुलाउनुपर्ने भएको छ ।
कर्णाली डेभलपमेन्टद्वारा बचतकर्ताको १० करोड निक्षेप फिर्ता
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त संस्था घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले अन्तरबैंक रकम सापटी लिएर दुई साताको अवधिमा १० करोड रुपियाँ निक्षेप फिर्ता गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
अमेरिकी डलर स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकको अध्ययनः कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल
बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ ।
कर्जा र निक्षेप वृद्धिदरमा सङ्कुचन
चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कुल आन्तरिक कर्जा १.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कले जारी गरेको आव २०८१/८२ को पाँच महिनाको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ । केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो ।
खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य
अब बैङ्कमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ ।
नेपाल बैङ्कका कर्मचारी र ग्राहकलाई बुद्ध एयरमा छुट
नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारी र ग्राहकले बुद्ध एयरबाट प्रदान गरिने हवाई र कार्गो सेवाका विभिन्न शुल्कमा विशेष छुट पाउने भएका छन् ।
पाँच महिनामा मूल्यवृद्धि उच्च
मुलुकको मुद्रास्फीति दर छ प्रतिशतको विन्दुभन्दा माथि लागेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार मूल्य वृद्धिदर (मुद्रास्फीति) अघिल्लो वर्षको तुलनामा बढेको हो ।
ब्रोकर सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गरिने
साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको ब्रोकर सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्दै लैजाने र ग्रामीण क्षेत्रमा रहेका जनताले पनि ब्रोकर सेवा लिन सकिने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, पुस २५ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४१ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६९ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ९५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ सात पैसा र बिक्रीदर ८५ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ३० पैसा र बिक्रीदर ९५ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर खाठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९७ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ २६ पैसा र बिक्रीदर १२ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ९२ पैसा र बिक्री दर १९ रुपैयाँ तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपैयाँ ३४ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ १५ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ दुई पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस
अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउन सुझाव
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेस गरेको छ। आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाउनु भएको हो।
नेपाल वित्तीय प्रतिवेदनमान अनुसार विवरण तयार गर्न निर्देशन
लघुवित्त वित्तीय संस्थाले पनि नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई मङ्गलबार एकीकृ
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनसार बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपियाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ ४५ पैसा कायम भएको छ ।
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य यस्तो
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै आज अधिकांश विदेशी मुद्राको भाउ वृद्धि भएको हो ।
सङ्घीय ढाँचाअनुसार वित्त व्यवस्थापन प्रभावकारी बनाउन आवश्यक : अर्थमन्त्री
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक सङ्घीय ढाँचामा गए पनि प्रभावकारी वित्त व्यवस्थापन अझै हुन नसकेको बताउनुभएको छ ।
वैकल्पिक वित्तसम्बन्धी कानुन बन्दै, ५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव
सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन निर्माण प्रक्रिया थालेको छ । परम्परागत लगानीका स्रोतका अतिरिक्त वैकल्पिक स्रोतहरुको पहिचान र उपयोग गर्ने उद्देश्यका साथ ‘वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ को मस्यौदा बनिरहेको अर्थ मन्त्रालयले जनाएको छ ।