नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबै वर्गलाई अधिकार दिएको बताउनु भएको छ । तनहुँमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेपालको संविधान दक्षिण एसियामा सबैभन्दा सन्तुलित रहेको बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा आउनुहुने भएको छ । राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल निर्माणका लागि गठबन्धन दललाई विजयी गराउन आग्रह गर्नुभयो ।
टीकापुरकी नौ वर्षीया सम्झना विक कक्षा ४ मा पढ्नुहुन्छ । उहाँ दसैँ तिहारमा एक महिनाको बिदापछि विद्यालय जाँदा पहिले पढेका धेरै कुरा बिर्सिसक्नुभएको छ । लामो विदामा पहाड उक्लिएकी विक एक महिनापछि विद्यालय जाँदा धेरै कुरा बिर्सिसकेको अवस्था छ ।
आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको छ । राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्तीबस्ती र कृषकका बारीबारीमा पुगिरहेका छन् ।
पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसानहरु चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका १४ को हुल्काङमा लगाईएको धानमा दाना नलागेको हो ।
तिहार पर्वमा चितवनका एउटै किसानले सात लाख रुपियाँको सयपत्री फूल बेच्नुभएको छ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा सात लाख रुपियाँको फूल बेच्नुभएको हो ।
नेकपा (एकीकृत समाजवादी)ले कृषि उत्पादकत्वमा वृद्धिका लागि कृषि पूर्वाधारमा ठूलो लगानीको अवधारणा ल्याएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले आज भेटवार्ता गर्नुभएको छ ।
जिल्लाका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो ।
मुसीकोट–७ का भीमबहादुर पाण्डेले गोरु पाल्न छाडिसक्नुभयो । केही वर्षअघि उहाँको गोठमा एक हल गोरु बाँधिएको हुन्थ्यो । उहाँको बाउबाजेले गोरुबाट नै खेतीपाती गर्दै आउनुभयो ।
खेलकुद क्षेत्रमा पछिल्लो समय उदयीमान खेलाडीका रुपमा आफूलाई स्थापित गरेकी कुस्ती खेलाडी सङ्गीता धामी आसन्न मङ्सिर ४ गते हुने निर्वाचन सुरक्षामा खटिन म्यादी प्रहरीमा भर्ना हुनुभएको छ ।
आइतबार काठमाडौं–दिल्ली उडान रद्द भएका कारण नेपालमै रोकिएका यात्रुलाई नेपाल वायुसेवा निगमले आज (सोमबार) दिल्ली लैजाने भएको छ ।
सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो ।