प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म राजधानीको शङ्खरापुर नगरपालिकास्थित शालिनदी क्षेत्रमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेलाको तयारी भइरहेको छ ।
पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिकता र परम्पराहरू ओझेलमा पर्दै गएको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरिरहेको समयमा पोखरामा पछिल्लो समय परम्परा झल्किने र लोपोन्मुख हुँदै गएका परम्परागत सामग्रीहरु प्रदर्शनमा राखेर नयाँ पुस्तालाई बुझाउने प्रयास गरिएको छ ।
सङ्घीय राजधानी काठमाडौंलाई चीनसँग जोड्ने काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिनुभएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव गरिने भएको छ ।
प्रदेश नं १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुनुभएको छ । उहाँ कुल १८ मत प्राप्त गरी विजयी हुनुभएको हो । थापाका निकटतम् प्रतिद्वन्द्वी प्रदेशसभा सदस्य केदार कार्कीले नौ तथा अमृत अर्यालले दुई मत प्राप्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी ममतामयी माता हिराबा मोदीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
धरान–चतरा खडकखण्डअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–५ स्थित आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
तीन वर्षअघि धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरामा प¥यो । जमिन चिरा प¥यो । घर र बस्तुभाउ बाँध्ने गोठ पनि भत्किए । विसं २०७६ साउन ५ गते गएको पहिरोमा परी २१ परिवार विस्थापित भए । त्यतिबेलादेखि नै चामबासका पहिरो विस्थापित बारबिसेमा बस्दै आएका छन् ।
जाडो छल्नका लागि विभिन्न देशका चरा यतिबेला नारायणी नदी आसपासका क्षेत्रमा आइपुगेका छन् ।
धवलागिरि गाउँपालिका–३ मुनामा गाउँपालिकाको कार्यालय सञ्चालन भएपछि स्थानीयवासी निकै उत्साहित बने । मुलुक सङ्घीय संरचनामा गएपछि पहिलोपटक पाँच वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिले धवलागिरिमा विवादित रहेको केन्द्रको टुङ्गो गाउँसभामार्फत मुनाको घट्टेखोलामा कायम गरे ।
सम्झौताविपरीत बढी प्रिमियम लिएका २५ वाणिज्य बैङ्कले चार अर्ब ६७ करोड रुपियाँ ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ । कर्जा प्रवाह गर्दा ऋणीसँग गरिएको सम्झौताविपरीत प्रिमियम थप गरेपछि वाणिज्य बैङ्कलाई नेपाल राष्ट्र बैङ्कले नियमविपरीत असुल गरिएको प्रिमियम फिर्ता गर्न निर्देशन दिएको हो । ब्याजदर फिर्ता गर्ने प्रतिबद्धता नजनाए लेखापरीक्षण प्रतिवेदन नै स्वीकृत नगर्ने केन्द्रीय बैङ्कको अडानपछि बैङ्कहरू सो रकम फिर्ता गर्न तयार भएका हुन् । राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टले २५ बैङ्कलाई सो बराबरको रकम फिर्ता गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।
सेवाग्राहीले लामो समयसम्म पनि चालक अनुमतिपत्र नपाउने समस्या हटाउन सरकारले नयाँ ‘मास प्रिन्टर’ (ठूलो क्षमताको छपाइ उपकरण) खरिदका लागि प्रक्रिया अघि बढाएको छ ।
दैनिक बिरामीको उपचारमा खटिने डा. तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । आजभन्दा दुई महिना अघि शल्य चिकित्सकका रूपमा रहनुभएका डा कार्कीले अब प्रतिनिधि सभा सदस्यका रूपमा आफ्नो परिचय बनाउनुभएको छ ।
ट्राफिक प्रहरीले ‘तपाईँको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरू मास्क खोइ लेखिएका सचेतनामूलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् ।