शिक्षा र स्वास्थ्य मेरो पहिलो प्राथमिकता हो । महानगर क्षेत्रमा रहेका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेछ । विद्यालयको स्तरोन्नति स–साना कुराबाट हामी सुरु गर्नेछौँ । विद्यालयमा पूर्वाधारको विकास गरिनेछ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ नामक पुस्तक प्रकाशन गरेको छ ।
पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले बिहीबार पदबहाली गर्दैै तीनवटा निर्णय गर्नुभएको छ । पर्यटकीय नगरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणाका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष सिफारिसका लागि अनुरोध गर्ने उहाँको पहिलो निर्णय छ । पर्यटकीय राजधानी घोषणाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारको मन्त्रिपरिषद्बाट पर्यटकीय राजधानी घोषणा गराउनका लागि हामीले यहाँ औपचारिक निर्णय गरेर सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेका छौँ । यस निर्णय कार्यान्वयन नहुँदासम्म तदारुकताकासाथ पछि लाग्ने छौँ र कार्यान्वयन गरी छाड्ने छौँ ।”
महोत्तरीको बर्दिबास नगरपालिकामा अब नगरप्रमुखले प्रयोग गर्दै आएका सरकारी गाडी बिरामी बोक्ने ‘एबुलेन्स’ बन्ने भएको छ । नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बिहीबार पदभार ग्रहण गर्दै नगरपालिकाको सरकारी गाडी आफ्नो सवारीमा प्रयोग नगर्ने जानकारी दिनुभयो ।
दार्चुलामा नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । तुइन विस्थापनअन्तर्गत ती नदीमाथि पुल निर्माण गरिएको हो । व्याँस गाउँपालिका–६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा झोलुङ्गे पुल निर्माण भएको हो । पुन बनेसँगै अहिले स्थानीयवासी खुसी भएका छन् ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.०३ अङ्कले उकालो लागेर दुई हजार २३९.६० मा पुगेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ । उहाँहरुले आर्थिक वृद्धि गर्नेतर्फ कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने र परम्परागत सीपमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।
कलाको नगरी ललितपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि चिरीबाबु महर्जन नगर प्रमुखमा निर्वाचित हुनुभएको छ । काठमाडौं महानगरपालिकामा युवा अनुहारका रुपमा प्रमुख र उपप्रमुख निर्वाचित हुँदै गर्दा ललितपुरमा भने पाका व्यक्ति नै दोहोरिनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही जेठ १० गते प्रतिनिधिसभाको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि बिहीबारदेखि दुवै सदनमा छलफल प्रारम्भ भएको छ । छलफल दुई दिनसम्म जारी रहने छ ।
विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउगोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश जागेको थियो ।
परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहजरुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार विभागले बुधबार सो निर्णय गरेको हो ।
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले सो नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिनुभएको छ ।
गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन जेठ १३ गते शुक्रबार हुने भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिनुभयो ।
सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९८ हजार दुई सयमा कारोबार भएको थियो ।