कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ । दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो ।
साउन १५ गते आज नेपालीले खीर खाएर मनाउँदै छन् । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले खिर खाने गरिएको हो ।
सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंको मुख्य चोकमा फोहोर थुप्रिन थालेको हो । मुख्यगरी अनामनगर, कलङ्की, कालीमाटी, बल्खुलगायतका स्थानमा फोहोर थुप्रिन थालेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताउनुभएको छ ।
बैंकबाट सहजरुपमा ऋण प्रवाह हुन नसक्दा पुष्प व्यवसाय विस्तार गर्न समस्या भएको छ । लामो समय कोरोना महामारीको सामना गरी विस्तारै लय लिन लागेको उक्त व्यवसाय विस्तारका लागि वातावरण नबन्दा व्यवसायी मारमा परेका छन् ।
पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २०औँ संस्करणमा आयोजकलाई तीन लाख ४७ हजार आठ सय रुपियाँ घाटा लागेको छ ।
धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ ।
एक दिने निःशुल्क आँखा शिविरबाट तीन सय ५१ जनाको उपचार गरिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडामा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा आँखा शिविर सञ्चालन गरिएको हो । उक्त शिविरमा तीन सय ५१ जना आँखाका रोगीले आँखा जाँच गराएको सो क्लबले जनाएको छ ।
दाङ तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो । विद्यालयले नै रु चार लाख लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटाँैडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष २०७८/७९ मा मुद्दा दायर गरेको छ ।विभिन्न उद्योगबाट उत्पादित नमूनाको सङ्कलन गरी जाँच गर्दा मापदण्डअनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वका १३ देशले गरेको प्रतिबद्धताअनुसार नेपालले बाघको सङ्ख्या दोब्बर बनाउन सफल भएको र बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित भएको बताउनु भएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई मासिक १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । उपमहानगरले मासिक १० हजार लिटर पानीको पैसा नलिने निर्णय गरेको हो ।
पोखराबाट काठमाडौंतर्फ उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी देखिएपछि उडेको छ मिनेटमा नै पोखरा विमानस्थलमा अवतरण गरिएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाका पैलु विकले बन्चरो प्रहार गरी श्रीमती मान्मा विकको हत्या गरेका छन् ।