प्रहरी सेवामा हुँदा भिजिट भिसा, नक्कली भुटानी शरणार्थी जस्ता चर्चित विषयको अनुसन्धानमा संलग्न रहनुभएका गोविन्द पन्थीलाई अवकाशपछि पनि सामाजिक काममा सक्रिय हुने इच्छा थियो । अवकाशलगत्तै उहाँ खाली बस्नुभएन, वकालतमार्फत आफ्नो कानुनी यात्रालाई निरन्तरता दिइरहनुभयो । यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका उहाँ प्रतिनिधि सभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र नम्बर–२ बाट उम्मेदवार मात्र बन्नुभएन नेकपा (एमाले) का उपाध्यक्ष गोकर्ण विष्टलाई पराजित गर्नुभयो । गुल्मीको मदाने–७, भनभनेमा २०३१ फागुन १६ गते जन्मिएका पन्थी एक वर्षअघि मात्र नेपाल प्रहरीको डिएसपी (प्रहरी नायब उपरीक्ष
पहाडी जिल्लाको ग्रामीण भेगमा खर काट्ने समय सुरु भएको छ । घरगोठ छाउनुका साथै गाईवस्तुका लागि खर काट्न ग्रामीण भेगका महिला निकै व्यस्त छन् । छिमेकी सबै मिलेर खर काट्ने र त्यसलाई टौवा बनाएर स्याहार्ने गर्छन् ।
जिल्लामा दुई नगरपालिका र दस गाउँपालिका गरेर १२ स्थानीय तहका ३४ हजार ८६ जना नागरिकलाई कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक मोनोभ्यालेन्ट नामक खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो।