पहाडी जिल्लाको ग्रामीण भेगमा खर काट्ने समय सुरु भएको छ । घरगोठ छाउनुका साथै गाईवस्तुका लागि खर काट्न ग्रामीण भेगका महिला निकै व्यस्त छन् । छिमेकी सबै मिलेर खर काट्ने र त्यसलाई टौवा बनाएर स्याहार्ने गर्छन् ।
जिल्लामा दुई नगरपालिका र दस गाउँपालिका गरेर १२ स्थानीय तहका ३४ हजार ८६ जना नागरिकलाई कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक मोनोभ्यालेन्ट नामक खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो।