मुलुकमा लोकतन्त्र स्थापना भएको झन्डै दुई दशक भयो । समाजमा मानिस यतिसम्म खुला भए कि गलत र सही छुट्याउनै नसक्ने जस्तो भए, जसले मुलुक अस्थिर हुन पुग्यो । यतिबेला पनि सत्यभन्दा असत्यले हालीमुहाली गरेको हो कि जस्तो भइरहेको छ । हरेक क्षेत्रमा, हरेक विषयमा पहिलो भाष्य नकारात्मक तरिकाबाट सुरुवात हुने गरेको छ । सकारात्मक सोचको दिशामा नागरिक धार
नेपाली समाजमा एक जातिले अर्को जातिलाई हेर्ने र बुझ्ने सामाजिक मनोविज्ञान फरक छ । शिक्षित र सचेत मानिसमा पनि जातीयताको छाप उत्तिकै बलियो छ । चेतना र बुझाइका हिसाबले अलिकति तलमाथि होला, तर जातव्यवस्थाको मनोवैज्ञानिक प्रभाव समाजमा उच्चतम छ । सामान्य काम र अवस्थामा पनि यसको प्रयोग भइरहेको हुन्छ । तहगत रूपमै एकअर्कालाई होच्याउने भइरहन्छ । यहाँसम्म कि एउटा अन्तरजातीय वैवाहिक जोडीको बिचमा झैझगडा हुँदा पनि एकले अर्कालाई जातकै आधारमा गालीगलौज गरिरहेका हुन्छन् । जातलाई नै औँला ठड्याइरहेका हुन्छन् । हरेक मानिस नाम सोध्दा थरको गहिराइसम्म पुग्न खोज्छन् । चाहे त्यो गाउँघरमा