बाइरोडको बाटोमा धुलो उडाउँदै ट्याक्सी गुडाउँदै........... काठमाडौँ बबरमहलबाट यात्रा थाल्दै अघि बढ्दा यही गीतको सम्झना आयो । बाटो बढे पनि राजमार्ग बढे पनि अवस्था उस्तै धुलो उडाउँदै, ढाड दुखाउँदै । २७५ किलोमिटरको दुरी तय गर्नु भनेको चानचुने कुरो हुँदै होइन । समय अघि बढ्यो, सडक र राजमार्ग थपिए तर यिनको दुर्दशा हेरिसाध्य छैन् । अवस्था उस्तै छ धुलो उडाउँदै, ढाड दुखाउँदै यात्रा तय गर्न हौसिएका थियौँ । प्रकृतिको अनुपम सौन्दर्य र मनमोहक स्थल सोलुखुम्बु