नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल र प्रशिक्षक मोन्टी देसाईले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने दाबी गर्नुभएको छ ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देशसम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार नेपालले मलेसियामा सिरिज खेल्न लागेको हो ।
नवौं आयोजनाको क्रममा ब्यवस्थापकीय र आर्थिक दृष्टिले आलोचित बनेको राखेपले प्रतियोगिता सकिएको १० महिनापछि बुधबार खर्च विवरण सार्वजनिक गरेको हो ।
दशरथ रंगशालामा मंगलबार साँझ भएको प्रारम्भिक चरणको खेलमा मच्छिन्द्रले पारो एफसीलाई ३–२ गोलले हरायो । मच्छिन्द्रले सुरुवातमा पछि परेको अवस्थालाई उल्टाएर पुनरागमन जित निकालेको हो ।
एएफसी कप प्रारम्भिक चरणको छनोट खेलमा नेपालको ‘ए’ डिभिजन क्लब मच्छिन्द्रले मङ्गलबार भुटानको लिग च्याम्पियन पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।
एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट उपाधि पाकिस्तान ‘ए’ ले जितेको छ । श्रीलङ्काको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा आइतबार भएको फाइनलमा पाकिस्तानले चर्चित प्रतिद्वन्द्वी भारत ‘ए’ लाई एक सय २८ रनले हरायो ।
कोलम्बोस्थित पी सारा ओभल मैदानमा बुधबार भएको खेलमा नेपालले युएईलाई तीन विकेटले हरायो । जितका लागि एक सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल भारत ‘ए’ सँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद् (राखेप) कभर्डहल कोर्टमा शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ हेल्प नेपाल र महिलामा पुलिस च्याम्पियन बनेको हो ।
नेपाल पुलिस क्लब र टिप टप हेल्प नेपालले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको चौथो दिन पनि जित जारी राखेका छन् ।
१४औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि आयोजक भारतले जितेको छ । बेङ्गलोरस्थित श्री कन्तिराभा स्टेडियामा मंलबार राति भएको फाइनलमा भारतले आमन्त्रित टोली कुवेतलाई सडन डेथमा ५–४ गोलले हरायो ।
जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि भएको खेलमा नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ । हारसँगै नेपाल आठौं भयो ।
ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा आइतबार भएको खेलमा नेपालले यूएईलाई तीन विकेटले हरायो । जितका लागि यूएईले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा सात विकेटको क्षतिमा एक सय ८५ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।
नेपाल जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ । हरारे स्पोर्ट्स क्लबको मैदानमा शनिबार भएको समूह ‘ए’ को जित्नै पर्ने अन्तिम खेलमा नेदरल्यान्ड्ससँग सात विकेटको लज्जासपद हार खेपेपछि नेपाल विश्वकप छनोटको यात्रा समूह चरणमै सकिएको हो ।
जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । हरारे क्रिकेट स्पोर्ट्स क्लबको मैदानमा बिहीबार नेपाल वेस्ट इन्डिजसँग एक सय एक रनले पराजित भएको हो ।