नेपालको वित्तीय क्षेत्रमा अहिले कालो सूचीसम्बन्धी व्यवस्था चर्चाको विषय बनेको छ । कुनै पनि व्यक्ति वा संस्था कालो सूचीमा परिसकेपछि उसका बैङ्क खाता फ्रिज हुने, कारोबार गर्न नपाइने, अरू बैङ्कमा समेत खाता खोल्न नपाइने जस्ता परिणाम सतहमा आउँछन् ।
मान्छेका आवश्यकता सीमित हुन्छन् तर इच्छा असीमित । मान्छेका लागि नभई नहुने कुरा आवश्यक हुन् भने नभए पनि हुने कुरालाई इच्छा भन्न सकिन्छ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा आवश्यकता हुन् भने ६० इन्चको टिभी, फ्रिज, लाखौँ पर्ने मोबाइल फोन सेट आदि इच्छा हुन् ।
वित्तीय जागरण वा चेतनाको एक आधारभूत उद्देश्य व्यक्ति व्यक्तिको आम्दानी अभिवृद्धि गरी उनीहरूको जीवनस्तर माथि उठाउनु, न्यून आयवर्गको आम्दानी बढाई गरिबीबाट मुक्त गराउनु तथा राम्रो आय हुनेहरूको आयलाई दिगो बनाउनु हो ।