निर्वाचन आयोगले छ महानगरपालिकाबाहेक अन्य सबै स्थानीय तहको मतपत्र छपाइ सकिएको जनाएको छ ।
वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारमाथि मङ्गलबार दाबी विरोधको समय निर्धारण गरिएको छ । तर, अधिकांश निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावलीको सूची प्रकाशन गर्न ढिलाइ गर्दा दाबी विरोधको उजुरी गर्न पनि समस्या भएको छ ।
ललितपुर, वैशाख ११ गते। नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचन घोषणापत्र जारी गर्दै ‘अबको यात्रा र एजेण्डा : समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प’ अगाडि सारेको छ। काँग्रेसले संविधान सभामार्फत् जारी भएको संविधानप्रति पूर्ण प्रतिबद्धता जनाउँदै अबको नयाँ यात्राको खाका सार्वजनिक गरेको हो। ८८ पृष्ठ लामो घोषणा-पत्रमा लेखिएको छ, ‘यसलाई जनताको भावना र राजनीतिक शक्ति सन्तुलन अनुसार संशोधन र परिमार्जन गरी समृद्ध र प्रगतिशील दस्तावेजको रुपमा रुपान्तरण गर्न नेपाली काँग्रेस वचनबद्ध छ।’ अग्रगामी र प्रगतिशील रुपान्तरण नागरिकको परिवर्तनलाई घोषणापत्रमा भनिएको छ, ‘‘हामी नागरिकको निराशामा अन्तर्निहित परिवर्तनको चाहना र वेगलाई अग्रगामी, लोकतान्त्रिक तथा प्रगतिशील ऊर्जा र शक्तिमा रुपान्तरण गर्न चाहन्छौं।’’यसैगरी, समुन्नत नेपालको मार्गचित्रमा नागरिकले प्रत्यक्ष अनुभूत गर्ने परिवर्तन र रुपान्तरण नै काँग्रेसको सङ्कल्प रहेको छ। काँग्रेस पार्टीको जन्म केवल सत्तामा जान मात्र भएको होइन, लोकतान्त्रिक र संवैधानिक प्रक्रियाद्वारा जनताको भावना अनुसार अग्रगामी र प्रगतिशील आर्थिक-सामाजिक रुपान्तरण गर्न पार्टीको स्थापना भएको काँग्रेसले जनाएको छ। ‘‘पार्टीको गौरवशाली इतिहास र आदर्शलाई स्मरण गर्दै हामी तपाईंहरुको समक्ष सङ्कल्प गर्छौं कि संविधानले जनतासँग वाचा गरेको समुन्नतिको आधार निर्माण गर्नेछौं, समुन्नत नेपालको जग बसाल्ने छौं’’, काँग्रेसको समुन्नत नेपालको मार्गचित्रमा उल्लेख छ। झण्डै ७५ वर्षअघि नेपाली काँग्रेसको प्रारम्भिक लक्ष्य तय गर्दै जननायक बीपी कोइरालाले लेख्नुभएको थियो, ‘‘हामी जनता जनार्दनको बलमा नेपालमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहन, देशमा सडक, बाटोघाटो, अस्पताललगायत जीवनलाई सुन्दर र सुखी बनाउने अरु कुनै कुराको अभाव नरहोस्, त्यस्तो उत्तरदायी शासन व्यवस्था ल्याउने प्रयत्नमा छौं।’’समुन्नत नेपालको यही सुन्दर कल्पनाको गुणात्मक आधुनिक रूप नै काँग्रेसको अद्यावधिक विकासको सोच हो। वास्तवमा समुन्नत नेपाल जननायक बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादमा आधारित समतामूलक समाज निर्माणको सिद्धान्त र परिकल्पनाको विस्तारित स्वरूप हो, थप व्याख्या हो। जसको अर्थ पुँजी सङ्ग्रह र आर्थिक वृद्धि महत्त्वपूर्ण साधन हुन्। तर, विकासको साध्य भनेको नागरिकको स्वतन्त्रता, सक्षमता र सबलीकरणको विस्तार नै हो। काँग्रेस पार्टीले अवलम्ब गर्ने नीतिमा अबको दशक नेपालको समुन्नति र सम्पन्नताको दशक हुनेछ। काँग्रेस प्रस्ट मार्गचित्रका साथ समुन्नतिको यही राष्ट्रिय सङ्कल्पको कार्यान्वयनमा आफूलाई समर्पित गर्ने जनाएको छ। काँग्रेसलाई कहाँ पुग्ने र कसरी पुग्ने भन्ने विषयमा अब कुनै द्विविधा नरहेको घोषणापत्रमा उल्लेख छ। मुहारमा खुसी र आशाकाँग्रेसको समुन्नतिका आर्थिक-सामाजिक आधारमा सुशासनको शर्त उदार लोकतन्त्रसँग जोडिन्छ। समुन्नत नेपाल एउटा निश्चित गन्तव्य नभएर राष्ट्र निर्माणको निरन्तर प्रयत्न रहेको काँग्रेसले जनाएको छ। काँग्रेसले आजभन्दा भोलि झन् उन्नत बनाउँदै लैजाने निरन्तर अभियानको नेतृत्व गर्ने उल्लेख छ। नागरिकको ज्ञान, सीप र क्षमतामा वृद्धि गरेर तिनको जीवनस्तर उकास्ने, अन्ततः तिनका मुहारमा खुसी र आशाको उज्यालो ल्याउने साझा प्रयत्नले नै समुन्नत हासिल हुने काँग्रेसले जनाएको छ। सबै नागरिकलाई कुनै न कुनै उद्यममा जोडेर नतिजाको असमानताभन्दा पनि अवसरको असमानतामा काँग्रेसले विशेष ध्यान दिने घोषणापत्रमा उल्लेख छ। यसैगरी, काँग्रेसले लिने नीतिले उत्पादन र वितरणलाई समान प्राथमिकता, समावेशी आर्थिक वृद्धि, आर्थिक कूटनीतिमार्फत् वैदेशिक सहयोग अधिवृद्धि र आत्मनिर्भरमुखी अर्थतन्त्रको विकास गर्नेछ। आर्थिक तथा सामाजिक क्षेत्रमा न्याय, राज्यका स्रोत तथा सेवामा सबै नागरिकको समान पहुँच र अधिकारको सुनिश्चतता गर्ने नीतिगत व्यवस्था नै समुन्नत नेपालको अर्थ-राजनीतिक आधार रहेको उल्लेख गरिएको छ। फराकिलो समुन्नति र आर्थिक सामथ्र्यको काँग्रेसको सोचको नेपाल आगामी दशकमा एउटा उद्यममैत्री, मध्यम आय भएको समन्यायिक मुलुक हुनेछ, जहाँ चरम गरिबी एउटा अङ्कमा सीमित हुनेछ। त्यस्तै, गतिशील समतामूलक समाजको निर्माणमा सबैको पहुँच पुगेको सबल स्वास्थ्य, पोषण, शिक्षा र सामाजिक सुरक्षा सम्मिलित एकीकृत प्रणाली स्थापना आवश्यक रहेको काँग्रेसले जनाएको छ। नागरिकको कोखदेखि शोकसम्म‘डिजिटलाइजेसन’ मार्फत नेपालका सबै नागरिकको कोखदेखि शोकसम्मका रेकर्डका आधारमा जहाँ पनि जुनसुकै सेवा प्रदायकबाट स्वास्थ्य परामर्श दिनेसक्ने प्रणालीको विकास गर्नुपर्ने काँग्रेसले उल्लेख गरेको छ। आन्तरिकरूपमा हाम्रो जनसङ्ख्याको बनोट र यसले दिनसक्ने अर्थ-राजनीतिक सामथ्र्य अनि बाह्यरूपमा कोभिड-१९ पछिको नयाँ विकास रोडम्यापलाई काँग्रेसले नयाँ अवसरका रुपमा लिनुपर्नेमा जोड दिएको छ। सम्मानजनक रोजगारी सिर्जना मानव इतिहासमै यो स्तरको उन्नत पुँजी, प्रविधि, नीतिगत र वैज्ञानिक ज्ञान पहिले कहिल्यै उपलब्ध नभएको भन्दै काँग्रेसले कनेक्टिभिटीसँग सम्बन्धित पूर्वाधारहरु (सडक, हवाई, रेल, जल, ऊर्जा र डिजिटल सञ्जाल) मा बहुपक्षीय लगानी जुटाई, झन्झटिला ऐन, तुलनात्मक लाभका क्षेत्रहरुलाई प्रतिस्पर्धी बनाउँदै हरेक वर्ष अधिकतम सङ्ख्यामा सम्मानजनक रोजगारी सिर्जना गर्ने विषयलाई उच्च प्राथकिमता राखेको छ। जलवायु-अनुकूल उत्पादनको स्रोत तथा गन्तव्यका रुपमा परिचित हुन ऊर्जाका सबै माग जलविद्युत तथा स्वच्छ ऊर्जाका अन्य स्रोतको परिचालनबाट पूर्ति गर्ने काँग्रेसले जनाएको छ। दुई छिमेकी राष्ट्रका आकार र बढ्दो महत्त्वको सापेक्षिकतामा काँग्रेस सानो देखिए पनि सार्वभौमिक ‘रेसिप्रोसिटी’ को कसीमा परिपक्क तवरले अघि बढ्ने छ। राष्ट्रसङ्घको वडापत्रप्रति प्रतिबद्ध रही साठी वर्षअघि १८ महिनाको छोटो अवधिमै प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीले आर्थिक कूटनीतिमा अपनाउनु भएको प्रेरणादायी पदचाप पछ्याउने काँग्रेसले प्रण गरेको छ। अन्तर्राष्ट्रिय ‘बेन्चमार्क’ को सन्दर्भमा काँग्रेस सन् २०२६ मै ‘अतिकम-विकसित’ राष्ट्रबाट विकासशील श्रेणीमा उक्लिने काँग्रेसले जनाएको छ। गुणात्मक ढङ्गले वृद्धि भइरहेको गैरआवासीय नेपाली समुदायको पुँजी, ज्ञान र सीप पनि मुलुकको विकासका लागि उत्तिकै आवश्यक र ठूलो स्रोत रहेको काँग्रेस उल्लेख गरेको छ। ज्ञानमा आधारित अर्थ व्यवस्था नेपालमा ‘अनियमित संरचनात्मक रुपान्तरण’ देखिएको छ। कृषि क्षेत्रबाट धेरै जनता बाहिर आएका छन्। त्यसैगरी, काँग्रेस पार्टीले आधारभूत तहदेखि नै ज्ञानमा आधारित अर्थ व्यवस्थाको निर्माणमा विशेष जोड दिँदै आवश्यक नीतिगत व्यवस्था गर्नेछ। पार्टी कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुभएको हो।काँग्रेसले ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर ‘नेपाली काँग्रेसको सङ्कल्प, स्थानीय तह निर्वाचन २०७९’ जारी गरेको हो।
स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका लागि ३५ हजार २२१ पदका लागि आइतबार र सोमबार देशभरका निर्वाचन कार्यालयमा उम्मेदवार दर्ता हुन लागेको हो । आयोगले उम्मेदवार दर्ताका लागि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मको समय छुट्याएको छ ।
सत्ता साझेदार पाँच दलबीच स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपहानगरपालिकामा चुनावी तालमेल गरेर जाने सहमति भएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सो सहमति गरेको हो ।
काठमाडौं, वैशाख १ गते। स्थानीय तहको निर्वाचन आचारसंहिताको प्रभाव छापाखानासम्म परेको छ। झण्डा किन्नेको सङ्ख्या ह्वात्तै बढेको छ भने निर्वाचन आचारसंहितामा अपनाइएको कडा नीतिले छापाखानामा भने त्यसको प्रत्यक्ष असर परेको छ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने गरी गत शुक्रबारदेखि लागू गरेको आचारसंहिताको असर छापाखानामा पनि परेकोे हो।स्थानीय तह निर्वाचन आउन २९ दिन बाँकी रहँदा बागबजारस्थित छापाखानामा चुनाव चिह्न अङ्कित सामग्री उत्पादन, बिक्री वितरण सोचेअनुसार नभएको व्यापारीले बताएका छन्। बागबजारस्थित एक छापाखाना सञ्चालक सुरज खड्गीले निर्वाचनका लागि झण्डा, टोपी र ब्याज मात्रै अडर आउने गरेको बताउनुहुन्छ। उहाँले झण्डाको साइज निर्वाचन आयोगले तोकेअनुसार बनाउने गरिएको जानकारी दिनुभयो।उहाँका अनुसार, अहिले हरेक पार्टीका प्रतिनिधिले १५ सयदेखि दुई हजारसम्म झण्डा लैजाने गरेका छन्। आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा ७५ ग्रामसम्मको कागजमा तीन सय इन्चसम्म आकारको एउटै रङ्गको पर्चा, उम्मेदवारको कार्यालयमा ३ह३ फिटसम्मको दलको झण्डा र सोही नापको चुनाव चिह्न र उम्मेदवारले ए–फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचान (बायोडाटा) को विवरण वितरण गर्नसक्ने व्यवस्था गरेको छ।निर्वाचन आचारसंहिताले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेस्ट, टि-सर्ट, टोपी, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न/गराउन नहुने व्यवस्था गरेको छ।उहाँले भन्नुभयो, ‘‘प्रिन्ट गरेर राख्ने हो। कोहीँ लिन आउनुभयो भने पाँच हजार थान पनि लानुहुन्छ। कहिले दुई–तीन सय थान पनि जान्छ। अडरबिना नै छपाइ गरेर राख्ने अवस्था छ।’’ यसैगरी, ३५ वर्षदेखि छापाखाना सञ्चालन गर्दै आउनुभएका सञ्चालक विजयकुमार कार्कीले विगतका निर्वाचनमा भन्दा अहिले निकै कम व्यापार हुने गरेको बताउनुहुन्छ।‘‘विगतका निर्वाचनमा चुनाव चिह्न ज्याकेट, कमिज, भेस्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला र ब्याजलगायतका सामग्री धेरै जान्थ्यो’’, उहाँले भन्नुभयो, ‘‘तर, यो पटकको निर्वाचन प्रचारप्रसारमा प्रयोग हुने टोपी, टि–सर्ट, ब्याचलगायतका अर्डर आउँथ्यो भने यो पटक अर्डर आएको छैन। झण्डाबाहेक अरु माग आएको छैन। झण्डामा सीमित भएको निर्वाचनका कारण विगतमा भन्दा यो पटक व्यापार निकै कम छ।’’उहाँका अनुसार आयोगले सार्वजनिक ठाउँमा निर्वाचन प्रचारप्रसारका लागि झण्डा नराख्न आचारसंहिता लागू गरेको छ। उहाँले अहिले अर्डर अनुसार नै झण्डा बनाइराखेको बताउनुभयो। उहाँ भन्नुहुन्छ, ‘‘अर्डरकै झण्डा बनाइराखेका छौँ। यसका साथै दिनमा १०–२० वटा लिने मानिस पनि धेरै आइराख्नुभएको छ। यसैले हामीले स्टकका लागि पनि बनाइराखेका छौँ।’’ उहाँले झण्डा पनि आयोगले तोकेअनुसार नै बनाइराखेको बताउनुभयो।यता, आयोगले राजनीतिक दल तथा उम्मेदवारले गर्ने जुलुस, आमसभा, कोणसभा बैठक, भेला वा कार्यक्रम गर्दा सवारी साधन प्रयोग गर्दा सोही बमोजिमको आकार र सङ्ख्याको झण्डा र चुनाव चिह्न मात्र प्रयोग गर्न अनुरोध गरेको छ। यसैगरी, नयाँ बसपार्क क्षेत्रमा छापाखाना सञ्चालन गर्दै आउनुभएको दीपक पोखरेलले विगतको निर्वाचनको तुलनामा चुनाव प्रचारप्रसार अङ्कित सामग्रीको अर्डर खासै नआएको बताउनुभयो।उहाँले भन्नुभयो, ‘‘वडा अध्यक्षको उम्मेदवारी चयन नभइसकेका कारणले पनि होला। पहिलाको भन्दा अहिले निकै कम छ, टि-सर्ट केहीँ मात्रा गएको छ, झण्डा चाहिँ धेरै जाने गरेको छ।’’ उहाँले एक महिनादेखि झण्डाको कारोबार हुन थालेको जानकारी दिनुभयो। ‘एक महिना जति भयो झण्डको कारोबार हुन थालेको छ। यस अवधिमा १० हजार जति झण्डा गयो।’’ उहाँले भन्नुभयो, ‘‘यसभन्दा अगाडि झण्डाको कारोबार हुने गरेको थिएन।’’ उहाँले झण्डाका लागि अहिलेसम्म तीनवटा पार्टी आउने गरेको बताउनुभयो।तस्बिर : केशब गुरुङ्ग