नेपाली सेनालाई भोलिको दिनमा हुन सक्ने दुर्घटना वा घटनाको सामना गर्नका लागि उच्च प्रविधि, आधुनिक हातहतियार र क्षमतावान् मानवस्रोतद्वारा बलियो बनाउनु जरुरी छ । सरकारले आवश्यक बजेट उपलब्ध गराई सेनाको अधिकतम क्षमताको विकासलाई प्राथमिकतामा राख्नु आवश्यक छ ।
जाँन लँकको सामाजिक सम्झौताको सिद्धान्तदेखि स्यामुयल पी हन्टिङ्गटनको नागरिक सेना सम्बन्धसम्म आइपुग्दा तत् तत् समयको शासकीय प्रणाली र सामाजिक स्थितिको वस्तुगत आधारमा राज्य सञ्चालनभित्र सैन्य शक्तिको महìव र शासकीय नियन्त्रणबारे स्पष्ट अवधारणाको विकास भइसकेको थियो । फलतः नागरिक र सेनाबिचको अन्तरसम्बन्धले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउँछ भन्ने मान्यतामा आधारित रहेर ‘डेमोव्रmेटिक सिभिलियन सुप्रिमेसी’ को विषय लोकतन्त्रको विशेषता बन्यो । जननिर्वाचित सरकारको मातहतमा रहेर सेनाले मुलुकको रक्षा गर्नु पर्छ भन्ने विषयलाई आधुनिक सुरक्षा शास्त्रको मुख्य आधार बनाइयो । विभिन्न देशमा हुने गरेका विगतका सैन्य शासनले निरङ्कुशतालाई बढाएको र नागरिकको आवाजलाई बुटले कुल्चेको देखेर नागरिक र सेनाको सम्बन्धलाई लोकतन्त्रको फ्रेममा राखेर अध्ययन गरियो । त्यसले शक्तिको विन्यासलाई स्पष्ट पा¥यो । त्यसैको परिणाम थियो– सेनामाथिको नागरिक सर्वोच्चता ।
कतिपय व्यक्तिले राजनीतिक दल वा नेता वा निजामती प्रशासकको एकल मातहतमा रहेर सुरक्षा निकायले काम गर्ने विषय नै नागरिक सर्वोच्चता हो भन्ने भाष्य बनाउँछन् तर त्यो सोच गलत हो । नागरिक सर्वोच्चताको विषय लोकतन्त्रको अभ्याससँग जोडिएको हुन्छ । लोकतान्त्रिक निर्वाचनको माध्यमबाट चुनिएका नागरिकहरू रहेको व्यवस्थापिका र व्यवस्थापिकाले निर्वाचित गरेको सरकार (वेस्ट मिनिस्टियल मोडेलको सन्दर्भमा) का मातहत रहेर सेनाले कानुनद्वारा प्राप्त जिम्मेवारी, दायित्व र कर्तव्यको निष्ठापूर्वक निर्वाह गर्नु पर्छ । यसरी कानुनले दिएको जिम्मेवारी पूरा गर्ने विषयलाई नागरिक सर्वोच्चताको परिधिभित्र राखिन्छ । यो नै नगरिक–सेना सम्बन्धको आधार हो । यो जडताको विषय होइन, जीवन्तताको विषय हो । यो निरङ्कुशताको विषय होइन, लोकतन्त्रको विषय हो ।
नागरिक सर्वोच्चता
स्वभावतः लोकतन्त्रभित्र नागरिक सर्वोच्चता नै प्रमुख हुने भएकाले हाम्रो संविधानको प्रस्तावनाको सुरुवात नै ‘हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता’ भन्ने वाक्यांश राखिएको हो । यस अर्थमा राज्यको संरचनाभित्र रहेका जति पनि संस्था छन्, ती सबै संस्थालाई निर्देशन गर्ने विषय कानुनगत निर्णयमा आधारित हुन्छन् । जनताको प्रतिनिधित्व गर्ने निर्वाचित सरकारले कानुनद्वारा सुरक्षा निकायको स्थापना गर्छ । सरकारले सुरक्षा निकायलाई उत्तरदायित्व सहितको स्वायत्तता प्रदान गर्छ । उक्त निकायलाई आवश्यक पर्ने बजेटलगायत अन्य स्रोतसाधन उपलब्ध गराउँछ र व्यावसायिक मूल्य मान्यताभित्र रहेर राज्य र जनताको हित एवं सुरक्षाका लागि निष्ठापूर्वक काम गर्न आदेश गर्छ । यो आदेश ‘नागरिक सर्वोच्चता’ को हैसियतबाट दिइएको हुन्छ । यसरी नागरिक सर्वोच्चताभित्र कुनै एउटा व्यक्ति, राजनीतिक दल, समूह वा सम्भ्रान्त वर्गको आदेश र निर्देशनको कुनै अर्थ रहँदैन ।
नेपालको प्रमुख सुरक्षा अङ्गको रूपमा रहेको नेपाली सेनाको परिचालन र सञ्चालन नेपालको संविधान र संविधान अन्तर्गत बनेको कानुनले निर्देशन गरेको छ । सैनिक मूल्यमान्यता र संस्कारकोे आधारमा निर्देशित कामहरू उसले गर्नु पर्छ र गर्र्दैआएको पनि छ । नेपाली सेनाको विगतलाई हेर्ने हो भने कानुनले तोकेका बाहेकका अन्य काममा उसले आफ्नो समय बर्बाद गरेको छैन । सेनाको निष्ठालाई यही आलोकमा बुझ्नु पर्छ । उक्त निष्ठालाई तीन वटा उपागम (एप्रोच) का माध्यमबाट हेरिन्छ–संस्थागत, व्यवहारगत र प्रवृत्तिगत कार्यशैली । पृथ्वीनारायण शाहको समयमा स्थापित सैनिक संस्था हालसम्म आइपुग्दा उसको संस्थागत भूमिकालाई अध्ययन गर्ने हो भने ऊ जहिले पनि देश र जनताका लागि लडेको छ । राजनीतिक परिवर्तन अनुसारको कानुन र नीतिगत निर्णय एवं आदेशको अक्षरशः पालना गरेको छ ।
हिजो पञ्चायतकालीन संविधानले नेपाली सेनालाई
जे जस्तो कार्यक्षेत्र तोकेको थियो, उसले त्यही कार्य ग¥यो । आज पनि संविधानले दिएको कार्यक्षेत्रभन्दा बाहिर गएर उसले कुनै कार्य गरेको छैन । यस हिसाबले अहिले हेर्दा नेपाली सेनाले नागरिक सर्वोच्चतालाई अक्षरशः स्वीकार गरेको पाइन्छ । यस कोणबाट उसमाथि अन्यथा शङ्का गर्नुपर्ने ठाउँ छैन । हो, २०४६ को आन्दोलन पश्चात् पुनस्र्थापित बहुदलीय व्यवस्थाले नेपाली सेनलाई दरबारिया सेना सम्झेर शङ्काको दृष्टिले नहेरेको होइन । त्यो बेला त्यहाँ दुवैै पक्षमा विश्वासको वातावरण बनाउन सकस भएको बुझ्न सकिन्थ्यो ।
दोस्रो जनआन्दोलनले मुलुकमा ठुलै राजनीतिक परिवर्तन गर्दा पनि शस्त्रअस्त्रले सुसज्जित बलियो सुरक्षा सङ्गठनको रूपमा रहेको नेपाली सेनाले जनअनुमोदित संविधानलाई सम्मान ग¥यो । नेपाली सेनाले आफूलाई एउटा व्यावसायिक, गैरराजनीतिक र राज्य तथा नागरिकप्रति निष्ठा बोकेको प्रतिबद्ध सैनिक सङ्गठनको रूपमा स्थपित गरेर उक्त समयमा देखिएको राजनीतिक शङ्का उपशङ्कालाई निरस्त्र गरेको थियो ।
त्यसो हो भने नागरिक सर्वोच्चताको विषय लोकतान्त्रिक शासन प्रणालीभित्र किन उठ्ने गर्छ ? नागरिक सर्वोच्चताको उद्देश्य हो–राज्यको शासकीय प्रणालीभित्र सैनिक प्रभुत्व (डोमिनेन्स) होइन, नागरिक प्रभुत्व स्थापित गर्नु । जब नागरिक प्रभुत्व कमजोर हुन्छ, सेनाको प्रभुत्व बढ्छ । सेनाको प्रभुत्व बढ्नुको अर्थ हो, सैनिक शासनको उदय हुनु । सैनिक शासनको उदय हुनुको मतलब हो–नागरिक अधिकारको कटौती हुनु, कानुनी शासनको अन्त्य हुनु, निष्पक्ष निर्वाचन हुन नसक्नु र अन्ततः लोकतन्त्र धरासायी बन्नु । एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका कतिपय देशमा यस प्रकारको स्थिति देखिएकाले नै लोकतन्त्रको स्थापना र प्रबलीकरण तथा पूर्ण लोकतन्त्रका लागि नागरिक सर्वोच्चताको विषय प्रमुख बनेको हो ।
लोकतन्त्रमा जनता र राज्यको संरक्षणकर्ता सेना हो । यसले जनताको इच्छाको सम्मान र सेवा गर्दै राष्ट्र«को सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्छ । नागरिक र सेनाको बिचमा ज्यादै नजिकको सम्बन्ध त छ नै, साथै यो सम्बन्ध ज्यादै नाजुक र कमलो सन्तुलनमा अडेको हुन्छ । लोकतान्त्रिक प्रणालीभित्र राज्य सञ्चालनको जिम्मेवारी बोकेका अधिकारप्राप्त अधिकारी र संस्थाहरूबाट जब जनअपेक्षा अनुसारका कामहरू हुन सक्दैनन्, त्यस्तो अवस्थामा नागरिक सर्वोच्चताको विषय कमजोर हुन जान्छ । यसो हुनुको अर्थ हो, लोकतन्त्र कमजोर हुनु । त्यस्तो समयमा लोकतन्त्रको विकल्पको खोजी हुन थाल्छ तर लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ भन्ने यथार्थतालाई विकल्पको खोजी गर्नेले बुझ्न चाँहदैनन् र पानीलाई धमिलो बनाएर माछा मार्ने मौकाको खोजी गर्छन् ।
नेपाली सेना
आजसम्म नेपाली सेनाले आफ्नो व्यावसायिक निष्ठामाथि प्रश्न उठ्ने गरी कुनै काम गरेको इतिहास छैन । त्यसो हुनुमा यसको सैनिक संस्कार, सदाचारयुक्त मूल्य र कर्तव्य पालनाको संस्कृति नै प्रमुख तìव हुन् । सेनाको साङ्गठनिक क्षमता र व्यावसायिक नैतिकता भत्काउन केही बाह्य संस्थाले अघोषित रूपमा समाजलाई संवेदनशील बनाउने कसरत विगतमा गरेका थिए । कहिले मानव अधिकार हननको नाममा त कहिले सुरक्षा निकायको लोकतान्त्रिकीकरणको नाममा । विगतको उदाहरण हेर्ने हो भने लामो समयसम्म सेनाले आफूलाई आवश्यक पर्ने हातहतियार र गोलीगट्ठा किन्ने बजेटसम्म पाएन । रिक्त दरबन्दी पूर्ति हुन सकेन । दरबन्दी पूर्तिको त कुरै छोडौ, भएको दरबन्दी काटेर सानो सङ्ख्याको सेना बनाउने हल्ला चलाइयो तर पनि नेपाली सेनाले सरकारप्रति कहिल्यै गुनासो गरेन । यो उसको पूर्ण अनुशासनको राम्रो उदाहरण हो ।
हो, सेना पारदर्शी हुनु पर्छ र उसलाई पनि सार्वजनिक निगरानी (पब्लिक ओभरसाइट) भित्र राख्नु पर्छ तर कानुनमा व्यवस्था भएकोमा बाहेकको ‘पारदर्शिता’ को विषयले सेनाको कर्तव्य पालनामा व्यवधान आउँछ भन्ने हेक्का राख्नु पर्छ । जहाँसम्म सार्वजनिक निगरानीको कुरा हो, संसदीय समितिहरू नै यसको निगरानी गर्ने संवैधानिक निकाय हुन् । सेनाको चिनारी उसको गैरपार्टीगत व्यवहार हो । यसका कुनै अधिकारी राजनीतिक दलका नेताहरूको घरघरमा जाँदैनन् । जानु पनि हुँदैन । आदेशको शृङ्खला तोडनु पनि हुँदैन । यो मान्यता सेनाको सन्दर्भमा मात्रै होइन, सबै सुरक्षा निकायको सन्दर्भमा पनि उत्तिकै आवश्यक हुन्छ तर निजामती अधिकारी, राजनीतिक दल, सञ्चार क्षेत्र र प्रबुद्ध वर्गहरूसँग कुराकानी र संवाद गर्ने प्लेटफर्म तयार गर्नु आवश्यक हुन्छ । जसले गर्दा आपसी विश्वासको वृद्धि हुन्छ ।
नेपाली सेनालाई भोलिको दिनमा हुन सक्ने दुर्घटना वा घटनाको सामना गर्नका लागि उच्च प्रविधि, आधुनिक हातहतियार र क्षमतावान् मानवस्रोतद्वारा बलियो बनाउनु जरुरी छ । सरकारले आवश्यक बजेट उपलब्ध गराई सेनाको अधिकतम क्षमताको विकासलाई प्राथमिकतामा राख्नु आवश्यक छ । हुन त कसै कसैले नेपालमा सेनामाथि थप खर्च गर्न नहुने तर्क गर्छन् तर बुझ्नु पर्छ, सेनालाई हेर्ने दृष्टिकोण राष्ट्रिय सुरक्षा र हितको कोणबाट हुनु पर्छ, तर्कका लागि तर्क गर्ने हिसाबबाट होइन ।