• ६ जेठ २०८१, आइतबार

गोरखापत्र संस्थानका २८ जनाले गरे रक्तदान

blog

गोरखापत्र संस्थानको ६२औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा रक्तदान गर्नुहुँदै संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन । तस्बिर : कविता थापा

काठमाडौं, वैशाख २३ गते । गोरखापत्र प्रकाशनको १२४ औं वर्षप्रवेश तथा  गोरखापत्र संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २८ जनाले  रक्तदान गर्नुभएको छ । 

गोरखापत्र संस्थान र नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठानद्वारा आइतवार संस्थान परिसरमा आयोजित रक्तदान कार्यक्रममा संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जनसहित गोरखापत्रकर्मीले रक्तदान गर्नुभयो ।  

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा  पत्रकार तथा कर्मचारीहरु तुलसीहरि कोइराला, प्रकृति अधिकारी, लोकबहादुर चौधरी (लक्की), रिङ्कु झा, रामराजा श्रेष्ठ, प्रमोदकुमार टण्डन, राम श्रेष्ठ, पुरूषोत्तम बास्कोटा, लक्ष्मण काफ्ले, कुसमाया सुनुवारले रक्तदान गर्नुभयो । 

त्यसैगरी हिमाल जिसी, हरिशरण थापा, अनिल तामाङ, ललित बसेल, शङ्करप्रसाद लामिछाने, नरेश बटाला,  लक्ष्मी खनाल,  दुर्गाप्रसाद घिमिरे, बिनु श्रेष्ठ, रमेशबहादुर थापा, निरजबाबु भट्ट, लक्ष्मी खतिवडा, सरोज दुङ्गेल, मित्र भण्डारी र नेपाल टेलिकमका कर्मचारीद्वय प्रमोद खनाल तथा अच्युत ओझाले रक्तदान गर्नुभयो । 

नेपाल रेडक्रस सोसाइटीका कर्मचारीहरू लिना श्रेष्ठ, जानकी कुँवर र पुष्पा शाहले रक्तदान कार्यक्रममा सहयोग गर्नुभएको थियो ।

तस्बिर:कविता थापा /केशब गुरुङ