सुदूरपश्चिममा चार हजार बढी एड्स सङ्क्रमित
एचआइभी एड्स सङ्क्रमण दर धेरै घटे पनि सुदूरपश्चिम प्रदेशमा अझै अनुमानित चार हजार २६५ जना एड्स सङ्क्रमित रहेका छन् ।
घोडाघोडी ताल प्रवेश शुल्कबाट आठ लाख बढी सङ्कलन
जैविक विविधताले महत्त्वपूर्ण तथा पर्यटकीय क्षेत्र घोडाघोडी तालको पर्यटक प्रवेश शुल्कबाट वार्षिक आठ लाख १६ हजार ६२२ रुपियाँ उठेको छ ।
सूर्योदयको सुन्दर दृश्य
कैलालीको धनगढीस्थित धनगढी गाउँबाट देखिएको सूर्योदयको सुन्दर दृश्य ।
धनगढीको विकासमा पत्रकारको भूमिका महत्त्वपूर्ण
धनगढी उपमहानगरपालिकाको विकासमा पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।
‘निकुञ्जलाई पर्यटनसँग जोड्नु पर्छ’
वनमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले निकुञ्जलाई पर्यटनसँग जोड्न खोजिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनतालाई समृद्धितर्फ लैजान सरकारले वनलाई पर्यटनसँग जोड्न खोजिरहेको बताउनुभएको हो ।
लागूऔषधसहित छ पक्राउ
लागू औषध खैरो हेरोइन सहित कैलाली प्रहरीले छ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
मुक्तकमैया परिवारलाई आवास हस्तान्तरण
सुरक्षित आवास परियोजना अन्तर्गत कैलालीको बर्दगोरियामा निर्माण भएका १२ वटा घर शुक्रवार सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले हस्तान्तरण गर्नुभएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर–४ दानुवाफाँटाका १२ घरपरिवार मुक्त कमैयालाई उक्त नवनिर्मित सुरक्षित आवास हस्तान्तरण गरिएको हो ।
सुदूरपश्चिम प्रदेशको बजेट नौ प्रतिशत खर्च
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ लागि छुट्टाएकोमध्ये हालसम्म ९.२२ प्रतिशत बजेट खर्च गरेको छ ।
धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव हुने
कैलालीको धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव आयोजना हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा पुस ९ गतेदेखि १५ गतेसम्म शैक्षिक महोत्सव हुने भएको हो ।
असईले आफैंलाई हाने गोली, छानबिन समिति गठन
अछाममा कार्यरत नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् ।
'तीन तहको सरकारले बजेट विनियोजन गर्दा सुधार गर्नुपर्ने'
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले तीनै तहको सरकारले बजेट विनियोजन गर्दा सुधार गर्नुपर्ने बताउनुभएको छ ।
अस्पतालको फोहोर निर्मलीकरण गर्ने मेसिन प्रयोगविहिन
जिल्ला अस्पताल बैतडीको फोहोर निर्मलीकरण गर्ने एक करोड रुपियाँको अत्याधुनिक मेसिन जडान नहुँदा त्यतिकै थन्किएको छ ।
लवाङ्गी पूजा गरेर नयाँ धानको भात
थारु समुदायमा लवाङ्गी पूजा गरेर मात्र नयाँ धानको भात खाने चलन छ । धानबाली भित्र्याइसकेपछि प्रत्येक गाउँमा यो पूजा गर्ने गरिन्छ ।
महोत्सवका लागि विद्यालय बन्द गर्न नगरपालिकाको आव्हान
कैलालीको लम्कीचुहा नगरपालिकाले लम्कीचुहामा आयोजना गरिएको महोत्सवको लागि तीन दिन विद्यालय बन्द गर्न आव्हान गरेको छ ।
मन्त्रालयहरूको वेबसाइट नचल्दा समस्या
प्रदेश लेखा नियन्त्रकको कार्यालयले प्रत्येक महिनाको बजेट खर्च विवरण महिनाको अन्तिम दिन वेबसाइटमा राखेर सार्वजनिक गर्दै आएको थियो तर पछिल्ला केही महिनायता सो कार्यालयले बजेट खर्च मात्रै हैन, कुनै विवरण राख्न सकेको छैन ।
टिङ्कर सडकका लागि बजेट थपिने
महाकाली कोरिडोर अन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडकको रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल नेतृत्वको टोलीले निरीक्षण अवलोकन गरेको छ ।
जग्गा पाउने आसमा सुकुमवासी
कैलालीको घोडाघोडी नगरपालिका–१०, आमखैया शिविरमा बसोबास गरेका ६५ घरपरिवार लालपुर्जाको आशमा बसेका छन् ।
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
स्थानीय समाजसेवी टेकराज बिनाडीले सुत्केरीलाई उपयोगी हुने न्याना झोला टीकापुर अस्पताललाई प्रदान गर्नुभएको छ ।
जाडोको औषधी सिरकको माग बढ्यो
चिसो बढेसँगै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –११ स्थित कलुवापुर बजारमा सिरक बनाउँदै महिला श्रमिकहरु । अहिले जाडोको औषधी सिरकको माग बढेको छ ।
दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु
कैलालीको गोदावरी नगरपालिका चौकीडाँडामा ट्याक्टरको ठक्करबाट घाइते एक जनाको मृत्यु भएको छ ।
सुरक्षित आवास परियोजना : बर्दगोरियामा मुक्त कमैयाका घर निर्माण
सुरक्षित आवास परियोजना अन्तर्गत कैलालीको बर्दगोरियामा १२ वटा घर निर्माण गरिएका छन् ।
लागूऔषधसहित चार पक्राउ
लागूऔषध खैरो हेरोइनसहित कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
भन्सार छलीका लाखौँको सामान बरामद
भन्सार छलेर भारतबाट भित्र्याइएको लाखौँको सामान कैलाली प्रहरीले बरामद गरेको छ ।
मलको अभाव हुँदा खेती गर्न समस्या
कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँखेती गर्ने तयारी गर्नुभएको धेरै भयो । पश्चिम तराईका जिल्लामा मङ्सिर पहिलो हप्ताभित्रमा खेतमा गहुँ छरिसक्नुपर्ने बताउने उहाँको दैनिकी आजभोलि रासायनिक मलको खोजीमा बितिरहेको छ ।