हेलचेक्राइँ गर्दा महिला स्वास्थ्यमा समस्या धेरै
कतिपय यस्ता रोग छन् जुन महिलालाई मात्रै लाग्ने गर्छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीका अनुसार महिलालाई देखिने प्रमुख समस्या सेतो पानी बग्ने, यौन अङ्गको सङ्क्रमण हुने, महिनावारी गडबडी हुने, पाठेघरमा ट्युमर, शिष्टहरू पलाउने हुन् ।
समान सहभागितामा सबैको जोड हुनुपर्छ: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाको समान सहभागितामा जोड दिनुभएको छ ।
नारी जागरणको गौरवपूर्ण इतिहास
नारी जागरणको यात्रामा राष्ट्रिय र अन्तर्राष्ट्रिय इतिहास गौरवमय छ । समय समयका सरकार र सामाजिक संस्थाका प्रयासका कारण विकासका क्रममा आज धेरै सुधार पनि भएका छन् । यो दिन विगत र वर्तमानलाई पुनरवलोकन गर्ने दिन पनि हो । नेपाली महिलाले नालापानीको युद्धमा अङ्ग्रेजी तोप र गोला, बारुदको बदला खुकुरी र ढुङ्गाको भरमा लडी वीरताको प्रदर्शन गरेका थिए । समय समयमा महिलाले आ–आफ्ना क्षेत्रबाट नारी जागरणमा महìवपूर्ण योगदान दिएको कुरा इतिहासमा छ । योगमायादेवीले कविताको माध्यमबाट र जलसमाधिको माध्यमबाट मेलवादेवीले गायनको क्षेत्रबाट, तुलजा शर्माले गान्धी आश्रममा संलग्न भएर र दुर्गादेवीले शिक्षण पेसाको माध्यमबाट नारी जागरणमा मद्दत पु-याएका थिए ।
महिला विभेदविरुद्ध नारी जागरण आजको आवश्यकता : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताउनुभएको छ ।
दाजुहरू स्कुल जानुहुन्थ्यो, म घरमै सिन्काले धुलोमा कोरेर बस्थेँ
छोरा र छोरीलाई एउटै व्यवहार गर्न आमाबाट सुरु गर्नुपर्छ। समानता नभए बलजफ्ती गरेर अधिकार खोज्न महिलालाई सिकाउनुपर्छ।
महिलाको नेतृत्व शासन–प्रशासनमा हस्तक्षेपकारी देखिन थालेको छ– सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
महिला सशक्तीकरण र लैङ्गिक समानतामा हासिल गरेको उपलब्धि विशिष्ट– राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताउनुभएको छ ।
गौरवपूर्ण सङ्घर्षहरूमा नेपाली महिलाको योगदान प्रेरणादायी : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताउनुभएको छ । एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री दाहालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।