‘प्रदेश सरकारबाट विभेद भयो’
धनुषाको सबैला नगरपालिका जिल्लाको उत्तरपूर्वी भागमा पर्छ । साबिक ठिल्ला, सतोखर, सबैला, खरयानी, पठेरवा, मखनाहा र रघुनाथपुर गाउँ विकास समिति मिलाएर बनेको यो पालिकामा १३ वडा छन् । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार ६२ हजार २८२ जनसङ्ख्या रहेको यस नगरपालिकामा १२ हजार ३४० घरधुरी छन् । मुस्लिम र दलित समुदायको जनसङ्ख्या बढी रहेको यस नगरपालिकामा विकास निर्माणका कामकाज र भावी कार्ययोजनाको विषयमा नेकपा माओवादी केन्द्रका तर्फबाट नगर प्रमुखमा निर्वाचित कारीराम यादवसँग गोरखापत्र दैनिकका धनुषा समाचारदाता धर्बेन्द्रकुमार झाले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :
नगरवासीको अपेक्षा पूरा गर्छौं
देवचुली नगरपालिका देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुरपूर्वमा रहेको छ । साबिकका दिव्यपुरी, देवचुली र प्रगतिनगर गाविस समावेश गरी मन्त्रीपरिषद्को २०७१ साल वैशाख २५ को निर्णय अनुसार घोषित नगरपालिका २०७३ साल फागुन २७ को सरकारी निर्णयबाट साबिक रजहर गाविस समावेश भई गठन भएको हो । पूर्वमा महेन्द्र राजमार्गमा रहेको झरही खोला, पश्चिममा लोकाहा खोला, उत्तरमा १९३८ मिटर उचाइको देवचुली डाँडा र दक्षिणमा नारायणी नदीको चार सीमाभित्र पर्ने यो नगरपालिकाको दलदले बजार नवलपरासी जिल्लाको पहाडी क्षेत्रको मुख्य प्रवेशद्वार हो । देवचुली नगरपालिकामा २०७९ सालमा नेकपा (एमाले) का हरि न्यौपाने निर्वाचित हुनुभएको छ । गोरखापत्रका मीना कँडेलले नगर प्रमुख न्यौपानेसँग गर्नुभएको कुराकानी :
‘वन सम्पदालाई करको दायरामा समेट्नु पर्छ’
कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने घोडाघोडी नगरपालिका प्राकृतिक सम्पदाले धनी पालिका हो । यो नगरपालिकामा विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताललगायत पर्यटकीय क्षेत्र, वन सम्पदा र दर्जनौँ ताल छन् । यस्ता प्राकृतिक स्रोतको सदुपयोग गरेर मनग्गे आम्दानी बढाउन सक्ने सम्भावना रहेको छ । पालिकाभित्रका विभिन्न सामुदायिक वन, सहकारी संस्था र सामुदायिक विद्यालय सञ्चालन तथा व्यवस्थापन कार्यमा नेतृत्वदायी भूमिका खेल्दै आउनुभएका नेकपा (एकीकृत समाजवादी)
आवश्यकता अनुसार कानुन बनाउन पाएका छैनौँ
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँग भौगोलिक सिमाना जोडिएको वराहताल गाउँपालिका सडक पूर्वाधारको समस्या खेपिरहेको छ । पर्यटकीय स्थल वराहतालको नामबाट नामकरण गरिएको यस पालिका भूगोलका हिसाबले ठुलो र भौगोलिक रूपमा विकट छ । सो पालिकाको अध्यक्षमा हुनुहुन्छ, भीमबहादुर भण्डारी । नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष भण्डारी पालिकाका लागि आवश्यक नीति, नियम, ऐन, कानुन, कार्यविधि निर्माण गर्नुलाई आफ्नो कार्यकालको सफलताका रूपमा लिनुहुन्छ । आवश्यक ऐन कानुनले पालिकाको काममा सहज भएको अनुभव उहाँको छ । प्रस्तुत छ, अध्यक्ष भण्डारीसँग गोरखापत्रका काँक्रेविहार समाचारदाता नवीन शाहीले गर्नुभएको कुराकानी :
किसानलाई प्रोत्साहन दिइँदै छ
पाँचथरको फाल्गुनन्द गाउँपालिका इलामको देउमाई र पाँचथरको फिदिम नगरपालिका तथा पाँचथरकै कुम्मायक र मिक्लाजुङ गाउँपालिकासँग जोडिएको छ ।उर्वर फाल्गुनन्द गाउँपालिकाको प्रमुख आयस्रोत धान, मकै, तोरी, दाल र को
पर्याप्त बजेट नहुँदा जनताका आशा पूरा हुन सकेनन्
पर्सा जिल्लाको सदरमुकाम वीरगन्जदेखि पश्चिममा विन्ध्यवासिनी गाउँपालिका पर्दछ । यसको वीरगन्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, पोखरिया नगरपालिका र पकाहा मैनपुर गाउँपालिकासँग सिमाना जोडिएको छ । दोस्रो स्थानीय तहको निर्वाचन
सीमित स्रोतसाधनले अपेक्षा पूरा गर्न कठिन
म्याग्दीको रघुगङ्गा जलाधार क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका जलविद्युत्, पर्यटन र कृषिमा राम्रो सम्भावनायुक्त पालिका हो । यहाँका केही वडा भौगोलिक रूपमा विकट छन् । जनप्रतिनिधि निर्वाचित भएपछि पालिकाभित्र सडक, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र जलविद्युत्का क्षेत्रमा महत्वपूर्ण काम भएका छन् । रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीसँग गोरखापत्रका ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी :
गाउँबस्तीलाई नगरमा परिणत गर्दै छौँ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका तत्कालीन झलारी, पिपलाडी गाविस र देखतभुली गाविसका ४ र ६ वडा मिलेर बनेको स्थानीय तह हो । १२ वडा रहेको शुक्लाफाँटा नगरपालिका शुक्लाफाँटा वन्यजन्तु आरक्षसँग जोडिएको छ । यो पालिका पूर्वपश्चिम राजमार्ग छिचोलेर गएको छ । ४७ हजार जनसङ्ख्या रहेको यस नगरपालिकामा थारू, राना र पहाडबाट बसाइँसराइ गरेकाको मिश्रित बसोबास छ । यो नगरपालिका अझै पनि गाउँबाट नगर बन्ने क्रममै रहेको छ । नेकपा (एमाले) का स्थानीय नेता रणबहादुर महरा नगरपालिका प्रमुख हुनुहुन्छ । नगर प्रमुख महरासँग गोरखापत्र प्रदेश संयोजक प्रकाशविक्रम शाहले गर्नुभएको कुराकानी :
पानीका मुहान सुक्दै जानु हामी सबैका लागि चिन्ताको विषय हो : मन्त्री यादव
खानेपानीमन्त्री महिन्द्र राय यादवले बर्सातमा मेलम्चीको अभावमा पनि बागमतीसहितका खोलानाला र ढुङ्गेधारामा खेर गइरहेको पानीको अधिकतम सदुपयोग गरी राजधानीवासीलाई बाह्रै महिना खानेपानी उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभएको छ ।