नेपाल चिनाउने भ्यागुता
नेपालको पहिचान दिने धेरै कुरा छन् । गौतम बुद्ध, सगरमाथा र अन्य अग्ला हिमालहरू, हिमाल आरोहण र आरोहीहरू । उचाइसँग सम्बन्धित धेरै चिज छन् । जस्तै– सर्वाधिक उचाइमा रहेको गुम्बा, मानव बस्ती, धान फल्ने स्थान, ताल, राष्ट्रिय निकुञ्ज, उपत्यका, चिसो मरुभूमि आदिको नाम लिँदा नेपालको नाम लिनै पर्छ । यिनीहरूले नेपाललाई चिनाएका छन् । जैविक विविधतामा धनी मानिएको नेपालमा थुप्रै पहिचानवादी वनस्पति र जनावर छन् । नेपालका वनस्पति भन्ने पुस्तकमा उल्लेख गरिए अनुसार यहाँ ३२४ प्रजातिका वनस्पति छन्; जो नेपालबाहिर पाइँदैनन् । यिनको नाम लिएर ठेगाना खोजी गर्दा नेपाल नाम आइहाल्छ । जनावरको कुरा गर्दा तीन प्रजातिका स्तनधारी, एक प्रजातिको चरा, १० प्रजातिका सरिसृप
खानेपानी व्यवस्थापनमा चुनौती : माग बढ्दो, लगानी घट्दो
भूमण्डलीय उष्मीकरण (ग्लोबल वार्मिङ) का कारण प्राकृतिक स्रोतहरू सुकेर पानीको समस्या बढ्दै गए पनि खानेपानी क्षेत्रमा सरकारको लगानी घट्दै गएको छ । खानेपानीको माग बढ्दै गएको अवस्थामा यस क्षेत्रमा बजेट वृद्धि हुनुको सट्टा घट्दै जाँदा खानेपानी व्यवस्थापनमा थप चुनौतीको सामना गर्नुपर्ने अवस्था बन्दै गएको छ । हरेक वर्ष बजेटको आकार वृद्धि हुँदै गए पनि विगत पाँच वर्षदेखि खानेपानी क्षेत्रको बजेट खुम्चिँदै गएको खानेपानी मन्त्रालयका पदाधिकारीको भनाइ छ ।
सहकारी ठगीमा सञ्चालकदेखि नियामकसम्म
पोखराबाट साढे तीन सय किलोमिटर टाढा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का वडाध्यक्ष अहिले कास्की कारागारमा हुनुहुन्छ । पोखरा–४ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी अभियोगमा वडाध्यक्ष कैलाशकुमार दर्लामी पुर्पक्षका लागि कारागार चलान हुनुभएको हो । उहाँ सूर्यदर्शनको उपाध्यक्ष हुनुहुन्छ । सूर्यदर्शन घोटालाका मुख्य योजनाकार गितेन्द्रबाबु (जिबी) राईको घर ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ को साँदीमा पर्छ । ओखलढुङ्गाका अध्यक्ष र रामेछापका बासिन्दा उपाध्यक्ष रहेको पालिकास्तरको यो सहकारीबाट कास्कीमा एक अर्ब ३५ करोड ५३ लाख अपचलन भएको छ । जिबी, उहाँका दाजु भूपेन्द्र र पूर्वअध्यक्ष थानबहादुर बुढाविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ ।
गरिबको गाई सानन बाख्रा !
सपक्क परेका सेता रौँ, छोटा र ठाडा कान, मिलेको शरीर, लामो ठाडो र पातलो सिङका साथै झपक्क दारी तथा माउको विकसित ठुलो कल्चौँडो । यो पहिचान हो सानन बाख्राको । दुध उत्पादनका लागि पालिने बाख्रा भएकाले यसलाई गरिबको गाईसमेत भन्ने गरिएको छ । बाख्रा विकास फार्म चित्लाङका फार्म प्रबन्धक विश्वेश्वरप्रसाद यादवका अनुसार गाई, भैँसी पाल्न नसक्ने र सानो क्षेत्र, घाँसको अभाव भएका किसानले दुधका लागि सानन बाख्रा नै उपयुक्त हुन्छ ।
शौच च्यापेर रात कुर्नुपर्ने बाध्यता
“बिहान घाम नझुल्किँदै शौचालय गइसक्नु पर्छ दिउँसो दिसा लाग्यो भने त च्यापेरै बस्ने हो । कतिबेला अँध्यारो होला भनेर कुर्नुपर्ने बाध्यता छ । अब त रोक्ने बानी पनि परिसक्यो तर बिरामी हुँदा भने धेरै समस्या हुन्छ ।” यो पीडादायी अभिव्यक्ति कपिलवस्तु नगरपालिका–१२, बिठुवाका महिलाको हो तर यो उनीहरूको मात्र समस्या होइन बरु नेपालका तराई र पहाडका अधिकांश स्थानमा शौचालयको अभावमा सर्वसाधारणले बेहोर्नुपरेको लज्जास्पद पीडाको प्रतिनिधि भनाइ पनि हो ।
नमुना सदरमुकाम निर्माण प्रक्रिया सुरु
नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माणका लागि प्रक्रिया अघि बढेको छ । डिपिआर तयार भई वातावरण प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको लामो समयसम्म पनि प्रक्रिया अघि नबढेपछि आलोचना भइरहेका बेला सदरमुकाम निर्माणले गति लिने देखिएको हो । सदरमुकामका लागि पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र एकीकृत प्रशासनिक भवन बनाउन टेन्डर प्रक्रियाले लगभग अन्तिम रूप लिएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जानकारी दिनुभयो ।
कालोपत्रे हुँदा जनताको खबरदारी
धनकुटाको चौबिसे गाउँपालिका–४, फलामेटारका ६० वर्षीय गणेश बस्नेतको केही दिनयताको दैनिकी तमोर कोरिडोर आसपास नै बित्ने गरेको छ । उहाँ घरको बित्दो कामसमेत थाँती राखेर निर्माणाधीन कोरिडोरमा आउनुहुन्छ र बेलुकीपख मात्र उहाँ घर फर्कनुहुन्छ । यसरी दैनिक घरको काम छाडेर कोरिडोरमा गफिएर दिन बिताउँदा पनि उहाँलाई कुनै ग्लानि छैन, बरु खुसी थपिएको छ । ७८ वर्षीय स्थानीय लोकेन्द्र भण्डारी पनि दैनिक सडक आसपासमै भेटिनुहुन्छ । सडक कालोपत्रे हुँदा अत्यधिक खुसी भएको उहाँ बताउनुहुन्छ । उहाँहरूलाई त्यो खुसी दिएको हो तमोर कोरिडोरमा कालोपत्रे कार्यले । कालोपत्रे सुरु
पेट्रोलियममा सिन्डिकेटको झल्को
पेट्रोलियम पदार्थको बिक्री वितरण, व्यवस्थापन र ढुवानीमा दुई वर्षअघिसम्म रहेको सिन्डिकेट र कार्टेलिङको झल्को लिने गरी बन्द गराइएका पेट्रोल पम्प खुलेका छन् । नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्याङ्करचालक सङ्घबिच चारबुँदे सहमति भएपछि सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी र बिक्री वितरण सुचारु भएको हो ।
बचतकर्ताको दुई अर्ब ८२ करोड अपचलन
दुई अर्ब ८२ करोड रुपियाँ अपचलन गरेको कृषि विकास बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका चार सञ्चालक कानुनको फन्दामा परेका छन् । पति अध्यक्ष र पत्नी व्यवस्थापक रहेको उक्त सहकारीका अध्यक्षसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामध्ये चार जना पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार कृषि विकास सहकारीका अध्यक्ष, व्यवस्थापक र दुई जना सञ्चालक सदस्यलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
प्रयोग गर्न नजान्दा गुम्दै छ नाइट्रोजन
आफूसँगै भएको नाइट्रोजनको स्रोत गोठेमललाई सही रूपमा प्रयोग गर्न नजान्दा नेपाली किसानले करोडौँ मूल्य बराबरको नाइट्रोजन र युरिया मल गुमाइरहेका छन् । यससँगै रासायनिक मल खरिदका लागि बर्सेनि ठुलो परिमाणमा नेपाली पैसा बिदेसिने गरेको छ । गोठेमलको स्रोतमा गोबरलाई बढी लिने प्रचलन किसानमा छ । तर गोठेमलबारे अनुसन्धान गरिरहनुभएका कृषि प्रचार अधिकृत कृष्ण धितालले पशुको गोबरमा भन्दा मूत्रमा नाइट्रोजन र पोटासको मात्रा अधिक रहने बताउनुभयो ।
खुम्चियो प्रदेशको बजेट
आन्तरिक स्रोत बढ्न नसकेको र सङ्घीय अनुदानसमेत घटेपछि अधिकांश प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को आय तथा व्ययको अनुमान (बजेट) घटाएका छन् । सात वटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूले शनिबार आआफ्नो प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेट चालु आवको तुलनामा केही घटाएर ल्याउनुभएको हो ।
गर्मी बढेसँगै तराईमा रगत अभाव
तराईका मुख्य सहरमा रगतको अभाव देखिएको छ । गर्मी मौसममा बिरामीको सङ्ख्या वृद्धि भएसँगै तराईका जिल्लामा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीका अनुसार नेपालगन्ज, वीरगन्ज, भरतपुर, बुटवल, भैरहवा, विराटनगर, हेटौँडालगायत तराईका सहरमा रगतको अभाव देखिएको हो । तराईका कतिपय स्थानको तापक्रम ४४ डिग्रीभन्दा बढी भएको, गर्मीले अस्पतालमा बिरामीको सङ्ख्या बढेको, अत्यधिक गर्मीका कारण रगत सङ्कलन गर्न नसक्दा रगतको चरम अभाव हुन पुगेको हो ।
आधुनिक चीन नयाँ सिजाङ
करिब तीन करोड सात लाख जनसङ्ख्यामध्ये प्रत्येक २० जना बराबर एक जना कम्पनीको मालिक र प्रत्येक छ जनामध्ये एक जना कुनै न कुनै कार्यालयको प्रमुख (बोस) छन् भन्दा पत्याउन सकिन्छ ? कम्तिमा विश्वका अधिकांश अल्प विकसित देशका नागरिकहरुको लागि यो निकै अपत्यारिलो आँकडा हो । तर आफ्नै मौलिकतासहित आर्थिक, भौतिक तथा साँस्कृतिक विकासको रफ्तारमा कुनै एक मालबाहक बुलेट रेल झैँ तीब्र बेगमा अगाडि बढिरहेको चीनको ‘आर्थिक शक्ति केन्द्र’ (इकोनोमिक पावरहाउस) मानिने चच्याङ प्रान्तमा यो सम्भव देखिएको छ ।
पाठेघर खस्नेको निःशुल्क उपचार
ग्रामीण ऋणग्रस्तता, स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा र धामीझाँक्रीको भरमा सामान्य शल्यक्रियाबाटै उपचार हुने पाठेघर खस्ने समस्याबाट अहिले पनि १० औँ लाख आमा आक्रान्त छन् । कतिपय आमा ‘लगान लागेको, वनको लागेको’ भनेर आफ्नो जटिल रोग लुकाएरै बस्न बाध्य छन् । त्यसमाथि आफ्नो गोप्य अङ्गमा रोगबारे खुलेर आफन्तलाई भन्ने आँटसमेत गर्दैनन् । तर सिन्धुपाल्चोक पिस्करकी ६७ वर्षीय नेप्टी थामीलाई अहिले थाहा भयो, पाठेघर खस्ने रोगको न्यूनतम खर्चमै सहज शल्यक्रिया गरेपछि निको हुने रहेछ । उहाँ वर्षौंअघिदेखि पाठेघर खस्ने (आङ खस्ने) समस्याले पिरोलेको थियो । धेरैबेर उभिँदा र थोरै गह्रौँ भारी बोक्नासाथ पाठेघर खसिहाल्थ्यो । उहाँले अर्थिक अभावका कारण आङ खस्ने रोगको उपचार गर्न सक्नुभएको थिएन । उहाँले रोग पहिचान गर्न पनि सक्नुभएको थिएन ।
बैङ्कभन्दा नातेदारकै भर
नेपाली जनता ऋणका लागि सबैभन्दा धेरै नातेदारसँगै निर्भर रहने पाइएको छ । ऋण प्रवाहका लागि देशका प्रायः सबै क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, लघुवित्त र सहकारीको समेत उपलब्धता रहेको अवस्थामा पनि धेरै घरपरिवारले नातेदारसँगै ऋण लिने गरेको पाइएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ को प्रतिवेदनले ऋण लिएका घरपरिवारमध्ये सबैभन्दा धेरै अर्थात् ४२.५ प्रतिशतले नातेदारबाट ऋण लिने गरेको तथ्य सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार घरपरिवारबाट ऋण लिने प्रवृत्ति विगत १२ वर्षको तुलनामा भने घटेको छ । यसअघि सन् २०१०/११ को जीवनस्तर सर्वेक्षणमा ५१.१ प्रतिशतले नातेदारबाट ऋण लिने उल्लेख गरेको थियो ।
कक्षा ३ मा पढ्दै ३३ आमा
परिवारको जिम्मेवारीले थिचिएका आमाहरू विद्यालय जानुहुन्छ । साडीचोलो र पोतेमै सजिएर विद्यालय पुग्दा उहाँहरूको मुहारमा छुट्टै आशा झल्किन्छ । हो, उमेरले पढ्न रोक्दैन भन्ने उक्तिलाई दोलखाको जिरी नगरपालिका–९, ठुलोपातालको आमा समूहले प्रमाणित गरेको छ । ठुलोपातालका ३३ जना आमाले एक महिनायता विद्यालय भर्ना भएर अध्ययन आरम्भ गर्नुभएको हो । बाल्यकालमा हँसिया, हथौडा र घरको दैनिकी सम्हाल्ने आमाहरूका हातमा अहिले किताब र कपी छन् । उहाँहरू बिस्तारै पढ्न र लेख्न सिक्दै हुनुहुन्छ । उहाँहरूमा उल्लास देखिन्छ, आफ्ना छोराछोरीकै उमेरका विद्यार्थीसँगै विद्यालय पुग्नुहुन्छ ।
भूउपग्रहमा आधारित प्रणालीको अध्ययन हुँदै
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भूउपग्रहमा आधारित प्रणालीको सम्भाव्यता अध्ययन अघि बढाइएको छ । उपकरणमा आधारित उडान अवतरण प्रणाली (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) प्रविधिको विकल्पमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेसन–अथोराइजेसन रिक्वायार्ड) भनेर चिनिने प्रविधि जडान गर्न सम्भाव्यता अध्ययन भइरहेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले झन्डै एक अर्ब रुपियाँ खर्चेर जडान गरेको आइएलएस उपकरण अन्तरदेशीय उडानमा देखिएको समस्याका कारण सञ्चालनमा आउन नसकेपछि यसको विकल्पमा भूउपग्रहमा आधारित आरएनपी–एआर प्रविधि जडान गर्ने तयारी भइरहेको छ ।
अमेजनका माछा नेपालका नदीमा
मोरङको बेलबारी र धनपालथानमा माछाको गैरदेशीय प्रजाति पत्ता लागेको छ । दक्षिण अमेरिकाको अमेजन नदीको उक्त माछा नेपालमा पाइएको हो । पूर्वी र दक्षिण एसियाली देशहरूमा केही वर्षयता यसको व्याप्ति बढी छ । ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम गरेको यो माछा नेपालमा पहिलो पटक मोरङको बेलबारीमा चार वर्षअघि देखा परेको थियो । नयाँ प्रजातिको माछा भन्ने शङ्का लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरू जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनालले यसलाई पहिल्याउन थाल्नुभएको थियो ।
नेपाली ठग्न ‘हाइपर फन्ड’ को जालो
भर्चुअल मुद्रा ‘हाइपर फन्ड’ मा लगानी गरे २० गुणासम्म फाइदा हुने प्रलोभनमा परी काठमाडौँ बस्दै आउनुभएकी इलामकी ६४ वर्षीय कमला न्यौपाने (नाम परिवर्तन) ले २९ लाख ३८ हजार रुपियाँ गुमाउनुभयो । सामान्य मोबाइलसमेत चलाउन नजान्ने न्यौपानेले सो रकम छिमेकीमार्फत ‘हाइपर फन्ड’ मा लगानी गर्नुभएको थियो । सन् २०२१ मा वैदेशिक रोजगारीका क्रममा इजरायल पुग्नुभएकी दोलखा जिरीकी नुर्वु शेर्पा (नाम परिवर्तन) का दम्पतीले सम्पूर्ण कमाइ एक करोड ३६ लाख २४ हजार ‘हाइपर फन्डमा गुमाउनुभयो । यही कारण परिवारमा बेमेल बढ्ने डरले शेर्पा आफ्नो पीडा खुलेर भन्नसमेत सक्नुहुन्न ।
वर्षौँदेखि विद्यालय नै नगई तलब भत्ता बुझ्ने शिक्षक
शिक्षकहरू विद्यालय जाँदैनन् गए पनि विद्यार्थीलाई पढाउँदैनन् यो नेपालको शिक्षा क्षेत्रको विकृति हो । अधिकांश शिक्षकहरू राजनीति गर्छन् अनि ठुला नेताकै आर्सीवाद लिँदै शैक्षिक क्षेत्र डामाडोल बनाउँदै आएका छन् ।
राष्ट्रिय परिचयपत्र थप सेवासँग जोडिने
राष्ट्रिय परिचयपत्रलाई राज्यद्वारा प्रदान गरिने थप सेवा प्रणालीसँग जोड्न लागिएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ देखि राज्यद्वारा प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाउन, सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्न, बैङ्क खाता खोल्न, स्वास्थ्य बिमा खोल्न, स्थायी खाता नम्बर लिन, जग्गा जमिनको खरिद बिक्रीलगायत विभिन्न कामका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि वा परिचयपत्र सङ्ख्या (नम्बर) पेस गर्नुपर्ने भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । अहिले राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।
बाघलाई जङ्गल कि खोर
बाघ मांसाहारी प्राणी हो । जङ्गलको राजा बाघ बरु भोकै मर्न सक्छ तर कहिल्यै घाँस खाँदैन भन्ने नेपाली उखान नै छ । अरूले मारेको सिनो नखाने विशेषतासँग बाघको आनीबानीलाई जोडिने गरिन्छ । जङ्गलमा भएका जोकोहीको पनि उसले सिकार गर्छ; चाहे ती साना जनावर हुन् वा हात्ती, गैँडा जस्ता ठुला जनावर । शक्ति, सामथ्र्यले भ्याएसम्म बाघले जङ्गलमा भेटिएका सबै जनावरको सिकार गर्छ र आफू बाँच्न खोज्छ । त्यसैले बाघलाई जङ्गलको राजा भनिएको हो । ज्यान ठुलो हुने हि
योजना बैङ्क नहुँदा स्थानीय तहमा उपलब्धि न्यून
स्थानीय तहले निर्माण गर्ने अधिकांश बजेट भौतिक पूर्वाधारमा खर्च हुने गरिए पनि स्थानीय तहमा योजना बैङ्कको अभावमा उपलब्धि न्यून बन्दै गएको छ । स्थानीय तहमा व्यवस्थित विकास निर्माणका लागि सरकारले योजना बैङ्क निर्माण गर्न आग्रह गर्दै आए पनि स्थानीय तहले भने योजना बैङ्कबिना नै विकास निर्माणको कार्य गर्दै आएका छन् । स्थानीय तहमा गएको करिब ६० प्रतिशत बजेट पूर्वाधार विकासमै खर्च हुने गरेको भए पनि योजना बैङ्कको अभावमा व्यवस्थित विकास हुन नसकेको हो ।
खुलामा प्रतिस्पर्धा, आरक्षणमा न्यून उत्तीर्ण
शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षकमा माग गरेकामध्ये ७५९ पद पूर्ति भएको छैन । प्राथमिक तहमा सात हजार ८८२ पदका लागि विज्ञापन गरिएकामा सात हजार १२३ जनाको मात्र सिफारिस भएर पदपूर्ति भएको हो । आयोगले माग गरे अनुसार नियुक्तिका लागि सिफारिस गर्न नसकेका पद आरक्षित सिटका हुन्, जहाँ आवेदक र प्रतिस्पर्धी नै कम थिए । जब कि खुलातर्फ प्रतिस्पर्धा गरेका उम्मेदवारबिच नियुक्तिका लागि चर्को प्रतिस्पर्धा देखिएको छ । आरक्षण कोटामा भने मागभन्दा निकै कम मात्रै उम्मेदवार उत्तीर्ण भएपछि आयोगले ती कोटालाई समेत खुलामा गाभेर पदपूर्ति गर्ने गरेको छ । जसका कारण खुलामा माग गरेभन्दा बढी शिक्षक नियुक्तिका लागि सिफारिसमा पर्ने गरेका छन् ।