कविता प्रतियोगितामा सगुन तिमिल्सिना प्रथम
आदिकवि भानुभक्त आचार्यको २०९ औँ भानुजयन्तीको तथा गुरुपूर्णिमाको उपलक्ष्यमा आयोजित कविता प्रतियोगितामा सगुन तिमिल्सिना प्रथम हुनुभएको छ ।
पुल नहुँदा विद्यालय जानबाट विद्यार्थी वञ्चित
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको दमारबेंसीमा पुल नहुँदा विद्यार्थी विद्यालय जानबाट बञ्चित हुनेगरेका छन् । खोलामा पुल नहुँदा बर्खायाममा नगरपालिका लगायतका आसपास क्षेत्रमा आवत जावत बन्द हुनेगरेको छ ।
सामुदायिक विद्यालयमा एक महिना बिदा
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा आजदेखि एक महिना बिदा दिइएको छ ।
प्युठान र रोल्पाका उत्कृष्ट विद्यालय र शिक्षकलाई सम्मान
सामाजिक विकास डिभिजन कार्यालय प्युठानले शिक्षा क्षेत्रमा क्रियाशिल रोल्पा तथा प्युठान जिल्लाका उत्कृष्ट सामुदायिक विद्यालयसहित र तीन दर्जन बढीलाई सम्मान गरेको छ ।
अझै पाएनन् विद्यार्थीले पाठ्यपुस्तक
सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख हिरेन्द्र शर्मा लम्सालले मङ्गलबार फेसबुकमा लेख्नुभयो, “शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पु-याउन नसक्नु दुःखद हो । सुर्खेत जिल्लाका अधिकांश विद्यालयका कक्षा छ र आठका विद्यार्थीसमक्ष पुस्तक नपुगेको पाइयो । साउन दोस्रो साताभित्र विद्यार्थीको हातमा पुस्तक पु-याउन सबै लाग्नुपर्ने देखिन्छ ।”
वार्षिक दुई हजारभन्दा बढी जनशक्ति उत्पादन गर्दै आइओएम
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ५० औं वर्षमा प्रवेश गरेको छ । चिकित्सा क्षेत्रमा हरेक वर्ष दुई हजार भन्दा बढी जनशक्ति उत्पादन गर्दै आएको आइओएमले ५० वर्ष पुगेको अवशरमा गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिदैँ नयाँ र समयनुकुल कार्ययोजना बनाएर अघि बढ्ने जनाएको छ ।
विद्यार्थीद्वारा त्रिविमा तोडफोड
परीक्षा सञ्चालनक्रममा लापरबाही गरेको आरोप लगाउँदै विद्यार्थीले सोमबार त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेका छन् । त्रिविले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नेतृत्वमा गएका विद्यार्थीले तोडफोड गरेका हुन् । उनीहरूले उपकुलपति कार्यालयभित्र पसेर कुर्सी, सोफा तथा टेबुल फुटाइदिएका छन् । आक्रमणबाट झ्यालका केही सिसा पनि फुटेका छन् ।
दमक नगरपालिकाको नगर सभामा विवाद
झापाको दमक नगरपालिकाको ११ औ नगरसभाको दोस्रो वैठकमा नीति तथा कार्यक्रम र बजेटको बिषयमा छलफल हुँदा विवाद सिर्जना भएको छ । सोमबार दिउँसो नगर सभा बसेको केही समयपछि शुरु भएको विवाद आधा घण्टाभन्दा बढी चलेको थियो ।
विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान हुने
नाँम्खा र सिमकोट गाउँपालिकाका तीसवटा आधारभुुत विद्यालयलाई फोरजी ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान हुने भएको छ । नेपाल टेलिकमको ग्रामीण दुर सञ्चार कार्यक्रम अन्तर्गत उक्त इन्टरनेट सेवा जडानका लागि सामग्री विद्यालयलाई हस्तान्तरण गरिएका हो ।
सोलुखुम्बु बन्याे ५८ औँ साक्षर जिल्ला
सोलुखुम्बुलाई ५८ औँ साक्षर जिल्ला घोषणा गरिएको छ । ‘साक्षर नेपाल, समृद्धिको आधार, साक्षर सोलुखुम्बु हाम्रो गौरव, हामी सबैको प्रणः सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण’ भन्ने नाराका साथ जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहको ९६.७३ प्रतिशत नागरिक साक्षर भएपछि घोषणा गरिएको हो ।
निःशुल्क सेनेटरी प्याड, गुनासो सुन्ने टोल फ्रि र महिला सेल व्यवस्था गर्न माग
किशोरीलाई महिनावारी हुँदा सरकारी सबै कार्यालयहरु र सार्वजनिक स्थानहरुमा समस्या आउने गरेको भन्दै निःशुल्क रुपमा सेनेटरी प्याडको व्यवस्था गर्न माग गरिएका छन् ।
विद्यार्थीसँग छैन अझै पाठ्यपुस्तक
नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना बित्नै लाग्दा सुदूरपश्चिम प्रदेशका धेरैजसो विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले आवश्यकतानुसार पुस्तक उपलब्ध गराउन नसकिएको जनाएको छ । पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ सुदूरपश्चिमका अनुसार एक शैक्षिक सत्रमा प्रदेशभरि २० लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ तर अझै ४० प्रतिशत पुस्तक अभाव रहेको जनाइएको छ ।
सुदूरपश्चिममा अझै विद्यार्थीको हातमा पुगेन पुस्तक
नयाँ शैक्षिकसत्र सुरु भएको दुई महिना बित्नैलाग्दा सुदूरपश्चिम प्रदेशका धेरैजसो विद्यार्थीको हातमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले यहाँको आवश्यकतानुसार किताब उपलब्ध गराउन नसक्दा विद्यार्थीको हात खाली रहेको बताएको छ ।
त्रिभुवन विश्वविद्यालयको साखलाई बचाइराख्नु सबैको जिम्मेवारी : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको साखलाई बचाइराख्नु सबैले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनु भएको छ ।
सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री
स्याङ्जाका ११ सामुदायिक विद्यालयका एक हजार २५९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
बुद्धभूमिका सबै विद्यालयमा कम्प्युटरको पहुँच
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका सबै विद्यालयमा कम्प्युटरको पहुँच भएको छ । नगरपालिकाले मुख्यमन्त्री शिक्षा सुधार कार्यक्रम अन्तर्गत ३४ विद्यालयमा कम्प्युटर हस्तान्तरण गरेपछि सबै विद्यालय पहुँच भएको छ ।
भारत सरकारको सहयोगमा दुई विद्यालय बने
छिमेकी राष्ट्र भारत सरकारको सहयोगमा कपिलवस्तुमा निर्मित दुई विद्यालय भवनहरुको उद्घाटन भएको छ ।
एसईईको प्रश्नपत्र प्रतिकेजी १७.५० रुपियाँमा बिक्री
गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र प्रतिकेजी साढे १७ रुपियाँका दरले बिक्री गरिएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले बिक्री गरेको छ । बढाबढ टेन्डर प्रक्रिया गर्दा विराटनगरको अरविन्द पल्प एन्ड पेपर मिल्सले ती प्रश्नपत्र खरिदको जिम्मा पाएको छ ।
तालाका कारण परीक्षा स-यो
मानविकी तथा सामाजिकशास्त्र सङ्कायको डिन कार्यालयमा विद्यार्थीले लगाएको तालाका कारण त्रिभुवन विश्वविद्यालयले यसअघि निर्धारण गरेको ब्याचलर इन कम्प्युटर एप्लिकेसन (बीसीए)को परीक्षा तीन दिन पछि सरेको छ । उक्त कार्यालयमा अनेरास्ववियु (क्रान्तिकारी) ले गत जेठ १९ गते ताला लगाएको थियो ।
७८ नर्सिङ शिक्षालय बन्द
आफ्नै एक सय शय्याको अस्पताल हुनुपर्ने बाध्यकारी प्रावधान पूरा गर्न नसक्दा नर्सिङ विषय पढाइरहेका मुलुकभरका ७८ वटा शिक्षालय बन्द भएका छन् । चिकित्सा शिक्षा ऐन २०७५ मा नर्सिङ विषय पढाउन चाहने शिक्षालयको आफ्नै एक सय शøया भएको अस्पताल हुनुपर्ने उल्लेख छ ।
उपकुलपतिविहीन विश्वविद्यालयको तयारी
विश्वविद्यालयहरूमा दलीय भागबन्डामा पदाधिकारी नियुक्ति गर्ने परम्पराको अन्त्य गर्दै सरकारले कुलपति, सहकुलपति तथा उपकुलपति नहुने गरी मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयू) स्थापना गर्न लागेको छ । विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक सोमबार सङ्घीय संसद्को प्रतिनिधि सभाबाट पारित भएको छ । अब राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपति कार्यालयले प्रमाणित गरेपछि विधेयकले कानुनी मान्यता प्राप्त गर्नेछ ।
विश्वविद्यालयमा तालाबन्दी गर्नु राम्रो होइन : शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको बताउनुभएको छ । मन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी लगाउने काम सदाका लागि अन्त्य गर्न सरकारले समयमा परीक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीले पठनपाठनसम्बन्धि उठाएका अन्य मागको सम्बोधन गर्न गम्भिर छलफल र संवाद भइरहेको बताउनुभयो ।
जनक शिक्षा सामग्री केन्द्रलाई पुस्तक छाप्न भ्याइनभ्याई
सरकारी विद्यालयमा पठनपाठन हुने पुस्तक निजी विद्यालयले पनि प्रयोग गर्न थालेपछि जनक शिक्षा सामग्री केन्द्रलाई पुस्तक छाप्न भ्याइनभ्याई भएको छ । स्थानीय तह निर्वाचनको मतपत्र छपाईमा व्यस्त भएको जनक शिक्षा सामग्री केन्द्रलाई पछिल्लो समय सरकारी विद्यालयका पुस्तक समयमै छाप्न हम्मेहम्मे परेको थियो । हाल भने निजी विद्यालयहरुले पनि सरकारी विद्यालयमा पठपाठन हुने पुस्तकहरु प्रयोग गर्न थालेपछि छपाइएको माग बढेको हो ।
एक सरकारी विद्यालयको अब्बल यात्रा
भनिन्छ– सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी खन्याएसरह भएको छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीअनुसारको परिणाम आउन नसकेपछि यसो भन्ने गरिएको हो । त्यसैले अभिभावक सरकारी विद्यालयको नाम लिएपछि नाक खुम्च्याउने अवस्था आएको हो । सरकारी विद्यालयलाई हेरिने यही दृष्टिको मारमा विद्यार्थी र शिक्षक दुवै पर्ने गरेका छन् । देशका सबै सरकारी विद्यालय एउटै वर्गमा पर्दैनन् भन्ने तथ्यको पुष्टि शिक्षकहरु गर्न सक्दैनन् । त्यसैले उनीहरु यो मारमा परेका छन् ।