नेपाल छिमेकी देशको सम्पन्नताबाट लाभ लिन चाहन्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज (शुक्रबार) बिदाई भेट गर्नुभएको छ । राजदूत क्यापलर आफ्नो साढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कदै हुनुहुन्छ ।
पूर्व परराष्ट्रमन्त्री खड्का युरोप भ्रमणमा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री डा. नारायण खड्का युरोप भ्रमणमा हुनुहुन्छ।
प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रिय सभालाई भारत भ्रमणका उपलब्धिबारे जानकारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभा बैठकलाई आफ्नो भारतको औपचारिक भ्रमणबारे जानकारी दिनुभएको छ ।
अध्यक्ष तिमिल्सिना र सिटिबिटीयोका कार्यकारी सचिवबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आणविक प्रतिबन्ध सन्धि सङ्गठन (सिटिबिटीयो)का कार्यकारी सचिव रोर्बट फ्लोएडबीच शिष्टाचार भेटवार्ता भएको छ ।
लुम्बिनी र कपिलवस्तु अखण्ड भारतको नक्सामा समेटिनु आपत्तिजनक
छिमेकी मुलुक भारतको हालै नयाँ संसद्को उद्घाटन भयो । संसद् भवनमा अखण्ड भारतको नक्सा राखिएको छ । नेपालको कपिलवस्तु र लुम्बिनीसमेत समेटिएको सो नक्सा यतिबेला विवादित छ । अखण्ड भारत नामक सो नक्सामा राखिएको नेपाली भूगोलको सही पहिचान गरेर यसको कूटनीतिक पहल लिनुपर्ने विज्ञहरू बताउँछन् ।
युवालाई युरोपको आकर्षण देखाई हुने ठगी बढ्दो
केही संस्था वा व्यक्तिले भ्रमण भिसाका विभिन्न मुलुकमा आकर्षक तलब र सेवासुविधा उपलब्ध गराउने भन्दै नेपाली युवालाई ठगी गरेकोप्रति वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराएको छ । विभागले विज्ञप्तिमार्फत नेपाली युवालाई युरोपका विभिन्न देशमा लगेर अलपत्र पारेका उजुरी आउने क्रम बढेकाले यसप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
कानुनमन्त्री र सिटिबिटिओका कार्यकारी सचिवबीच भेटवार्ता
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र वृहत परमाणु परीक्षण प्रतिबन्ध सन्धि संस्था (सिटिबिटिओ)का कार्यकारी सचिव डा. रोबर्ट फ्लोयडबीच भेटवार्ता भएको छ ।
सीमा समस्या समाधान गर्न भारतका प्रधानमन्त्री मोदीलाई आग्रह गरेँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढङ्गले आग्रह गरेको बताउनुभएको छ ।
भ्रमणले प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छ : परराष्ट्रमन्त्री साउद
विद्युतमा अर्बौं लगानी गर्नुपर्ने हुन्छ । कुनै पनि लगानीकर्ताले उसको बजार सुनिश्चित नहुँदासम्म लगानी गर्न सक्दैन । सिद्धान्ततः भारतले नेपालको विद्युत किन्न स्वीकार गरेको छ । आउँदो १० वर्षभित्र १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य राखेको छ ।
भारतबाट ‘एयर रुट’ प्राप्त हुन्छ भन्ने विश्वास छ : अर्थमन्त्री डा. महत
भ्रमण अन्यन्तै सौहार्दपूर्ण र उपलब्धिमूलक रह्यो । नयाँदिल्ली र मध्यप्रदेशमा अत्यन्त ठूलो सौहार्दता र स्वागत भयो ।
प्रधानमन्त्री प्रचण्ड इन्दौरबाट नयाँदिल्ली प्रस्थान
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष विमानमार्फत मध्यप्रदेशको इन्दौरबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नुभएको छ ।
भारतका प्रधानमन्त्री नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ : प्रधानमन्त्री प्रचण्ड
नेपाल–भारत सम्बन्धलाई धेरै नै माथि लानुपर्छ भनेर भन्ने नै त्यसको अर्थ हो । यो दुई शब्दको प्रयोगबाट भारतीय प्रधानमन्त्री निकै विश्वासको साथमा अब नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा रहेको मैले ठानेको छु ।
सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
नेपालगञ्जमा सुख्खा बन्दरगाह सञ्चालनमा, व्यवसायी उत्साहित
पश्चिम नेपालको आर्थिक विकासका लागि अत्यधिक महत्त्वपूर्ण मानिएको नेपालगञ्ज सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि यस क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका छन् ।
चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कनुहुँदै
चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्ड मध्य प्रदेशको इन्दौरमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्य प्रदेश राज्यको इन्दौर पुग्नुभएको छ । भारत भ्रमणको तेस्रो दिन आज (शुक्रबार) प्रधानमन्त्री प्रचण्ड विशेष विमानमार्फत मध्य प्रदेशको इन्दौर पुग्नुभएको हो ।
प्रधानमन्त्री दाहाल इन्दौर प्रस्थान
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दौर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री दाहालले इन्दौरमा अवस्थित महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ ।
ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड
भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताउनुभएको छ ।
विराटनगर आइपुग्यो भारतको बथनाहाबाट छुटेको कार्गो रेल
भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त उद्घाटन गर्नुभएपछि भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको हो ।
नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन, भैरहवाको शिलान्यास
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा नेपालगञ्जको रुपेडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँचचौकीको उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’को सम्मानमा भारतका प्रधानमन्त्रीको दिवा भोज
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवाभोज दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर
भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रमण पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ ।
नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि सहमति
नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।