झाम्टा नाच संरक्षणमा जुट्दै थारु समुदाय
थारु समुदायका महिलाहरुको ‘झाम्टा’ गीत गाउने प्रचलन नवलपुरमा हराउँदै जान थालेको छ ।
इन्द्रजात्रा (येँया) विधिवत् रूपमा सुरु (फोटो फिचर)
इन्द्रजात्रा (येँया) आजबाट विधिवत् रूपमा सुरु भएको छ । आज बिहान (बुधबार) ८ः२६ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) पश्चात् विधिवत् रूपमा इन्द्रजात्रा सुरु भएको मानिन्छ ।
ध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु हुँदै
आज भाद्र शुक्ल द्वादशी । आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ हुँदैछ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ ।
नेवा: संस्कृति नेपालको वैभवशाली संस्कृति : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेवा: संस्कृति नेपालको वैभवशाली संस्कृति भएको बताउनुभएको छ ।
दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता
दसैँ आउन महिना दिन बाँकी छँदै नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी मूर्तिकार छोटु केवटलाई दुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याइ छ ।
‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी (फोटो फिचर)
नेपालको ऐतिहासिक र पर्यटकीय नगर जिरीको सौन्दर्यलाई उजागर गर्ने उद्देश्यले ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनीको आयोजना गरेको छ ।
मालश्री ऋतुराग सुरु : प्रवर्द्धनका लागि महानगरपालिकाबाट अर्केष्ट्रा
मालश्री धुन बजाउने समयावधिका विषयमा सर्वसाधारणलाई जानकारी दिन र धुनको महत्त्व प्रवर्द्धन गर्न काठमाडौँ महानगरपालिकाले अर्केष्ट्रा सम्पन्न गरेको छ ।
दश लाख खर्चेर राधाकृष्ण मन्दिर पुनःनिर्माण
सिरानचोक गाउँपालिका–५, छोप्राकस्थित फौदर गाउँको राधाकृष्ण मन्दिर पुनःनिर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा मन्दिरको पुनर्निर्माण सम्पन्न भएको हो ।
शिवधाम निर्माणका लागि एक लाख प्रदान
गोदावरी नगरपालिका–३ का अध्यक्ष सानुराज घिमिरेले पाथीभरा महिला समूहलाई रु एक लाख ११ हजार एक सय एक प्रदान गर्नुभएको छ । उहाँले आफ्नो जन्मदिनमा उक्त रकम प्रदान गर्नुभएको हो ।
इन्द्रजात्राको रौनक सुरु
आज बिहान १०ः३२ को शुभ साइतमा इन्द्रजात्राको लागि ल्याइएको लिङ्गो (योँसी) भोटाहिटीबाट हनुमानढोकातर्फ नगर प्रवेश गरेकाे हो ।
तीनदिने गणेश महोत्सव आज समापन गरिँदै
श्री गणेश युवा समिति काठमाडौँद्वारा आयोजित तीनदिने गणेश महोत्सव भगवान् गणेशको विशेष पूजा आराधनासहित आज समापन गरिँदै छ ।
मर्मत र रङ्ग रोगन हुँदै गणेश, भैरव र कुमारीको रथ
वसन्तपुरस्थित कुमारी घर अगाडि श्री गणेश, श्री भैरव र श्री कुमारीको रथ मर्मत तथा रङ्ग रोगनका लागि बाहिर निकालिएको छ भने यसले काठमाडौँमा इन्द्रजात्रा आगमनको सङ्केत गर्दछ ।
मिथिलाञ्चलमा आज ‘भदैया रैब’ पर्व मनाइँदै
महोत्तरीसहित मिथिलाञ्चलमा आज भदैया रैब पर्व मनाइँदैछ । आइतबार बिहानै मिथिला क्षेत्रका महिला घरघरमा ठेकुवा (सख्खर हालेर बनाइएको एक प्रकारको पकवान) पकाएर, केरा, मकै, काँक्रो, स्याउ, अक्षता, सुपारी र पानसहितका वस्तुहरु जुटाएर रैब पर्व मनाइरहेका छन् ।
चेपाङ समुदायले मनाए ‘न्वागी’
चेपाङ समुदायले महान् चाड ‘न्वागी’ चितवन जिल्लामा धूमधामसँग मनाएका छन् । चितवनमा चेपाङहरूको बाक्लो बसोबास रहेको कालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका बस्तीहरूमा यो पर्व मनाइएको हो ।
थारु समुदायमा अटवारी पर्व मनाइँदै
थारु बाहुल्य जिल्लामा आज अटवारी पर्व धूमधामका साथ मनाइँदै छ । थारु समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाउने गर्दछन् ।
ऋषिपञ्चमीका अवसरमा राजधानीका नदी किनारमा स्नान गर्ने महिलाको भीड
नेपाली नारीको पर्व तीजअन्तर्गत ऋषिपञ्चमी पर्वका अवसरमा राजधानीका वाग्मती, विष्णुमती, रुद्रमती, मनमतीलगायत नदी किनारका मुहानस्थलमा स्नान गर्ने महिलाको भीड लागेको छ ।
देगु तलेजुको पुनःनिर्माण सम्पन्न
नौ वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ ।
आज ऋषिपञ्चमी पर्व मनाइँदै
ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो : अध्यक्ष प्रचण्ड
पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझै प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ ।
न्वाँगी पर्वको अवसरमा मुख्यमन्त्रीद्वारा शुभकामना
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले चेपाङ समुदायको पर्व न्वाँगी (छोनाम) को अवसरमा देश तथा विदेशमा रहनुभएका चेपाङ समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको छ । चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते प्रकृति पूजक चेपाङ समुदायले पर्व न्वाँगी मनाउँदै आएका छन् ।
दाङको अम्बिकेश्वरी मन्दिर
घोराही उपमहानगरपालिका १८ मा अवस्थित प्रख्यात अम्बिकेश्वरी मन्दिर। क्षत्र शैलीमा निर्मित यो देवीको मन्दिरलाई एक प्रसिद्ध शक्तिपीठको रूपमा लिइन्छ। यो उत्तराभिमुख भएको दुई तले पित्तलको गजुर भएको यस मन्दिरको बिचमा करिब १ मिटर उचाइमा चौका रूपको अग्लो स्थानमा अम्बिकेश्वरीको प्रतीक स्वरूपको कानको आकारको गहिरो प्वाल रहेको छ।
गणेश चतुर्थी पर्व मनाइँदै
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।
हरितालिका तिज समापन
भाद्र शुक्ल तृतीयाका दिनमा शुक्रबार देवाधिदेव महादेवको पूजा आराधनागरी हरितालिका ९तीज० पर्वको व्रत बसेका वर्तालुले आज बिहान गोदान, पूर्णपात्रगरी व्रत समापन गरेका छन् ।
महिला र तिज पर्व
हाम्रो सनातन परम्परामा अनादिकालदेखि नै व्रत, उपवासका साथ अनेक चाडपर्व मनाइँदै आएका छन् । यसरी मनाइने चाडपर्वमध्ये हरितालिका तिज पनि एक हो । भाद्र शुक्ल तृतीयाका दिन महिलाहरू हरितालिका व्रत गर्छन् । यस व्रतको विधान वर्तमान समयमा उपलब्ध १८ महापुराणमा भेटिँदैन । बृहत् धर्मशास्त्रनिबन्धग्रन्थहरूमा, लक्ष्मीधरकृत कृत्यकल्पतरुका व्रतखण्डमा, त्यसपछिका श्रीदत्तकृत समयप्रदीपमा, चण्डेश्वरकृत कृत्यरत्नाकरमा र हेमाद्रिकृत चतुर्वर्गचिन्तामणिका व्रतखण्डमा पनि यस व्रतको उल्ले