जात्रा भन्नासाथ भक्तपुरको सम्झना आउँछ । बडो रोचकता हुन्छ जात्रा अवलोकन गर्दा । यहाँको जस्तो जात्राको भव्यता अन्त कतै पाइँदैन । वास्तवमा भक्तपुर जात्रैजात्राको सहर हो । उपत्यकामा अनेकन् जात्रा हुने गरे पनि जात्राको मुख्य थलो भक्तपुर यानि भक्तपुर, थिमि र बोडे । यहाँका मानिससँग के छ ? के छैन ? भन्दा पनि यिनले मूर्तअमूर्त सम्पदा बचाएका छन् । यी सम्पदाको मूल्य
शूद्र आर्य समाजभन्दा बाहिरको थियो होला भनी इस्वी संवत् १८४७ मा रौथले सङ्केत गरेका थिए ।
तन्त्र साधना र तान्त्रिक साधनाका बारेमा जनमानस एउटा भ्रमको भुँमरीमा अल्मलिएको छ। प्रायः मानिसले तान्त्रिक साधनाको अभ्यास अरूलाई खती पु¥याउन गरिन्छ भन्ने धारणा राख्छन्। साथै तान्त्रिकलाई प्रायः गरेर डरलाग्दो व्यक्तिका रूपमा चित्रण गरिन्छ। यथार्थमा तान्त्रिक साधना भक्तिको अन्तिम खुड्किलो हो। यसै कारण यस क्षेत्रमा पाइला राख्नुभन्दापहिले नै तन्त्र साधना, तन्त्र सिद्धि र विभिन्न देवीदेवतालाई सिद्ध गर्ने तान्त्रिक प्रक्रियाहरू राम्ररी अध्ययन गरिनु पर्छ। जसरी पूजा आराधना अगाडिका कदम मानसिक उपासना हो ठीक त्यसै गरी मन्त्र सिद्धि र यन्त्र जागरण अगाडिको कदम हो, तन्त्र सिद्धि अर्थात् तान्त्रिक साधना।
ऐतिहासिक र सांस्कृतिक धरोहरले भरिपूर्ण छ कीर्तिपुर । कतिपयले त कीर्तिपुर नेपालको अलग्गै जिल्ला पो हो कि भनेको यदाकदा सुन्न पाइन्छ । त्यसो त कीर्तिपुरको नाम नसुन्ने नेपाली विरलै पाइन्छन् । नेपालको पहिलो र सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा छ ।