गत बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
अविरल वर्षासँगै पहिरो खस्दा यहाँका पाँच घर जोखिममा परेका छन् । स्याङ्जाको वालिङ–१३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा परेपछि त्यहाँका मानिसलाई छिमेकीका घरमा सारिएको छ । स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, ईन्द्रबहादुर सार्की र रामबहादुर सार्कीका पक्की घर पहिरोको जोखिममा परेको वडा अध्यक्ष नमलाल डुम्रेले जानकारी दिनुभयो ।
यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ ।
पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोडने मुख्य सडकमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको छ । दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका –५ पाङ्ग्रेमा पहिराले यातायात सेवा अवरुद्ध भएको हो ।
तनहुँ कारागारमा रहेका कैदीबन्दी आफन्तसँग टीका लगाउन पाउँदा खुसी भएका छन् । विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन् ।
भारतीय हिमालय क्षेत्रमा मङ्गलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट (४,८८० मिटर) अग्लो उक्त घटनापछि मृत्यु हुनेको सङ्ख्या १० पुगेको सञ्चारमाध्यमले जनाएका छन् ।
जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज (अक्टोबर ४) मा विश्व पशु दिवस मनाईँदै छ ।
जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्न घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली स्पोर्ट क्लबद्वारा आयोजित सो प्रतियोगितामा यस वर्ष ३५ घोडा सहभागी भएका थिए ।
कला, संस्कृतिमा धनी जिल्ला बागलुङमा पुराना परम्परा र पेसा हराउन थल्दा जिल्लाको पहिचाननै सङ्कटमा पर्ने देखिन्छ ।
पिङ हालेको देखेपछि दशैं आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको बताइन्छ । गाउँघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेले वर्षमा एक पटक भए पनि दशैंमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन कायमै छ ।
बडादशैंको आठौँ दिन आज (सोमबार) बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छ । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो ।
बडादशैं एवम् नवरात्रको आठौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
रोजगारी, बसाइसराइ तथा बढ्दो सहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन् । गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन् ।
घुम्टे युवा परिवार, मल्म र जापान शाखाले संयुक्त रुपमा नेपाल भलिबल सङ्घ गलकोटलाई खेलकुद सामग्री प्रदान गरेका छन् ।
कर्णाली प्रदेशबाट यो वर्ष दसँैको लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यात भएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी विकास निर्देशनालयका अनुसार उक्त संख्याका खसीबोका र भेडाच्याग्रा निर्यात हुँदा रु ६० करोडभन्दा बढी रकम भित्रिएको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिनुभयो ।