परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को चीन भ्रमण ऐतिहासिक रहेको बताउनु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको हुम्लाको हिल्सा हुँदै हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर भ्रमणलाई सहज बनाउन नेपालतर्फको सडकलगायत अन्य भौतिक पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिने बताउनुभएको छ । चीनको औपचारिक भ्रमणका क्रममा बिहीबार कैलाश पर्वत र मानसरोवर क्षेत्रको स्थलगत अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो । उहाँले हुम्लातर्फको सडक राम्रो भए बर्सेनि लाखौँ भारतीय पर्यटक नेपाल आउन सक्ने सम्भावना रहेको धारणा राख्नुभयो ।
चीनको औपचारिक भ्रमणमा रहनुभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित गोंगार विमानस्थलमा अवतरण गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोङछिङस्थित कृषिको आधुनिकीकरण सम्बन्धी कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण गर्नु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मङ्गलवार बिहान छोङ्छिङ आइपुग्नुभएको छ । साताव्यापी चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री प्रचण्ड राजधानी बेइजिङदेखि चाइना एअरको विमानमार्फत छोङ्छिङ आइपुग्नु भएको हो ।
नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
चिनिया जनकङ्ग्रेसका अध्यक्ष झाओ लेचिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणलाई चीनले विशेष महत्त्व दिएको बताउनु भएको छ।
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड आइतबार बिहान बेइजिङ आइपुग्नुभएको छ ।
चीनको साताव्यापी भ्रमणका लागि शनिबार चीनको हाङ्जाओ आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्ट रुपमा छलफल गर्नुभएको हो।