नेपालमा हालसम्म अभिलेख भएका ९०२ प्रजातिका चरा वर्षभरि नै नेपालमा बस्दैनन् । मौसम परिवर्तनसँगै हाम्रो वरपर देखिने चराको दैनिक जीवन पनि बदलिन्छ । जस्तो : जाडो सुरु भएसँगै सिमसार क्षेत्रमा पानीहाँस तथा अन्य जलपन्छीले भरिभराउ देखिन्छन् तर गर्मीयाम लाग्दै जाँदा ती चरा क्रमशः अन्यत्र सर्छन् । त्यसै गरी गर्मी मौसममा वनक्षेत्र चराको सुरिलो आवाजले गुञ्जायमान हु