नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताउनुभएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनको शनिबार बुटवलमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले कम बोल्ने तर काम गर्ने आफ्नो स्वभाव रहेको उल्लेख गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्रमा एक वर्षभित्र स्थायी आवास निमार्ण गरिसक्ने बताउनुभएको छ।
हेटौँडामा जारी हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा शनिबारसम्म आइपुग्दा भारतीय सुभयान कुण्डु र बङ्गलादेशी मिनहाज उद्दिन प्रतियोगितामा अग्रता लिँदै उपाधि उन्मुख रहनुभएको छ ।
पूर्वसुरक्षाकर्मी परिषद् नेपालसँग आबद्ध पदाधिकारीले पृथ्वीनारायण शाहको नेतृत्वमा भएको राष्ट्र निर्माणमा स्थान विशेषका आधारमा सबै जातजाति र समुदायको योगदान भएको चर्चा गर्नुभएको छ ।
खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुग्नुभएको छ । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उहाँ त्यहाँ पुग्नुभएको हो ।
झापा एफसी र पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) मा बराबरी खेल्दै अङ्क बाँडेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा झापा र पोखराले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । झापाले खेलको अन्तिम मिनेटमा बराबरी गोल गर्दै हार टारेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताउनुभएको छ ।
गाजा पट्टीमा रहेको हमास सरकारले शनिबार प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ ।
ताप्लेजुङमा अन्तर्राष्ट्रियस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ। जिल्लाको मेरिङ्देन र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभानमा लाग्ने पुसेमेला स्वर्ण महोत्सवको अवसरमा प्रतिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो।
स्थानीय तहसँगको सहकार्यमा कञ्चनपुरमा सामुदायिक छाडा पशु व्यवस्थापनका लागि गौशाला संरचना निर्माण गरिने भएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले स्थानीय तहसँगको साझेदारीमा दुई करोडको लागतमा चार स्थानमा गौशाला निर्माणका लागि कार्यक्रम सञ्चालन गरेको हो ।
इनरुवा नगरपालिकाले फोहोरलाई मोहर बनाउने योजनालाई अन्तिम चरणमा पुर्याएको छ । नगरपालिका क्षेत्र भित्रमा उत्पादन हुने फोहोरलाई मोहरमा परिणत गर्न नगरपालिकाले विशेष योजना बनाई कार्यान्वयनको चरणमा रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजनाअन्तर्गतको परम्परागत वाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले बाँसुरी वादन प्रतियोगिता आयोजन गर्ने भएको छ ।
बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले शनिबार दोस्रो विश्व नेवा: हाजिरीजवाफ प्रतियोगितामा विजेता टिमहरूलाई नगदसहित पुरस्कृत गर्नुभएको छ ।
बाँकेको एक पालिकाले बालिकालाई विद्यालयमा ल्याउनका लागि छोरी पढाऊ अभियान कार्यक्रम सञ्चालन गरेको छ ।
काठमाडौँमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव सुरु भएको छ । बबरमहलस्थित नेपाल कला परिषदमा ३९ देशका तीन सय ४३ कलाकृति प्रदर्शनीसहित सुरु भएको महोत्सवको आज युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गर्नुभयो ।