कैलालीका किसान गहुँ भित्र्याउन व्यस्त भएका छन् । बाली भित्र्याउने सिजन चलेसँगै किसानलाई गहुँ काट्ने, थ्रेसिङ गर्ने, बाली भित्र्याउने चटारो बढेको हो । यसवर्ष अघिल्लो सातासम्म पानी परेर मौसम प्रतिकूल देखिएका कारण केही ढिलो गरेर गहुँ काट्ने काम गरिरहेको किसानले बताएका छन् ।
ट्रयाक्टर जलाएको मुद्दामा फरार सूचीमा रहनुभएका कैलाली –२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ पर्नुभएको छ । आज उहाँ पक्राउ पर्नुभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पुष्टि गर्नुभयो ।
कैलाली निर्वाचन क्षेत्र नं. ४ मा वाम गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलायर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ ।
जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्याङकुरुङ सारस चरा कैलालीमा बसाई सर्न थालेका छन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आएका कर्याङकुरुङ आज कैलारी गाउँपालिका –९ को सामरचौरा गाउँमा देखिएका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारले अछामको पहिरो प्रभावित परिवारलाई चाँडै राहत वितरण गर्ने जनाएको छ । तुर्माखाँद, ढकारी गाउँपालिका र कमल बजार नगरपालिकामा गरी पहिरोमा परी अहिलेसम्म २२ जनाको ज्यान जानूका साथै केही बेपत्ता र घाइते भएको घटना अत्यन्त दुःखद् रहेको आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशमा ३७ हजार २६१ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य भएको थियो । असार १ गतेबाट सुरु भएको सो कार्य प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएपछि रोकिएको छ ।
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा नेकपा (एमाले) का कन्दकला राना विजयी हुनु भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्ना निकटतम् प्रतिद्वन्द्वी भन्दा ११ हजार मतान्तरले अगाडि रहनु भएको छ ।