कृषि उत्पादन बजारसम्म लैजाने सुविधा मिलाएका छौँ
इच्छाकामना गाउँपालिका चितवन जिल्लाको उत्तरी भेगमा पर्छ। विकासको दृष्टिले पछाडि भए पनि पर्यटकीय दृष्टिले यसको महत्व अलग्गै छ। देशकै राजधानी जाने मुख्य पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक, प्रख्यात मनकामना मन्दिर जाने मार्ग यही गाउँपालिका भएर जान्छ। यहाँका विकासका सम्भावना र चुनौतीबारे इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङसँग गोरखापत्रका शालिग्राम नेपालले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
कानुनसम्मत ढङ्गले काम गर्नु पर्छ
कुनै बेला राजनीतिक, प्रशासनिक, न्यायिक, शैक्षिक क्षेत्रमा राजविराज सहरको अग्रणी नाम थियो तर अहिले देशकै पुरानामध्येको एक राजविराज नगरपालिका विकासका दृष्टिले पनि पछाडि परेको छ। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा राजविराज नगरपालिकाको उपप्रमुखमा निर्वाचित भए पनि इसरत परविनले २०७९ भदौदेखि नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। नगरका विकास चुनौती र सम्भावनाबारे कार्यवाहक प्रमुख इसरत परविनसँग गोरखापत्रका ललिता साहले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
जनतालाई प्रदेश सरकार भएको अनुभूति गराउँछौँ
कैलाली क्षेत्र नम्बर ५ (ख) बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका नेपाली कांग्रेस पार्टीका युवानेता एवं प्रदेश सरकारका भौतिक, पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवालाई आसलाग्दो युवामन्त्रीका रूपमा हेरिएको छ । आर्थिक पारदर्शी, सुशासन र भ्रष्टाचार नियन्त्रण जस्ता कार्य कर्मचारी तहबाट होइन मन्त्री आफैँबाट सुरु गर्नु पर्छ भन्ने मान्यता राख्दै आउनुभएका मन्त्री देउवा कैलाली जिल्लाका युवामाझ लोकप्रिय नेताका रूपमा आफ्नो छवि बनाउँदै आउनुभएको छ । सक्रिय राजनीतिमा
विकासको मोडल बनाएका छौँ
भारतीय सीमावर्ती क्षेत्रमा रहेको इलामको सूर्योदय नगरपालिका पर्यटन, कृषि, पशुपालन, शिक्षामा अब्बल नगरपालिका मानिन्छ । यो नगरपालिका इलामकै बढी चिया उत्पादन हुने क्षेत्र हो । अन्तु, कन्यामजस्ता पर्यटकीय क्षेत्रबाट पनि यो नगरपालिका परिचित छ । १४ वडा रहेको यो नगरपालिकाको जनसङ्ख्या ५४ हजार ७२७ छ । यो नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका तर्फबाट रणबहादुर राई रहनुभएको छ । दोस्रो कार्यकालको जिम्मेवारी वहन गरिरहनुभएका प्रमुख राईसँग गो
कृषि र पर्यटन समृद्धिको आधार
नेपालको नक्सासँग नक्सा मिल्ने भएकाले बागलुङ नगरपालिकालाई नेपालभित्रको नेपाल भनेर चिनिन्छ। गण्डकी प्रदेशको बागलुङ जिल्लामा यो नगरपालिका रहेको छ। बागलुङ जिल्लामा एक हजारभन्दा बढी झोलुङ्गे पुल छन्। बागलुङ नगरपालिकामा ५६७ मिटर लामो झोलुङ्गे पुल रहेको छ। नेपालको एक मात्र सिकार आरक्षण ढोरपाटनको प्रवेशद्वारमा रहेको नगरपालिकामा करिब एक लाख २५ हजार जनसङ्ख्या छ। बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसँग गोरखापत्रका रमेश पौडेलले गर्नुभएको कुराकानी :
दिगो विकास र आर्थिक पारदर्शितामा ध्यान दिएका छौँ
कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको छायानाथ रारा नगरपालिकाका प्रमुख हुनुहुन्छ विष्णुकुमार भाम। अघिल्लो निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएपछि समाज सेवासहित व्यक्तिगत योगदानका कारण चर्चामा आउनुभएका नगर प्रमुख भाम गत वर्षको स्थानीय निर्वाचनमा नगर प्रमुखमा निर्वाचित हुनुभयो। देशकै सबैभन्दा ठुलो रारा ताल पनि यही नगरपालिकामा पर्दछ। नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित हुनुभएका प्रमुख भामले स्वास्थ्य, शिक्षा, रोजगारीलाई प्राथमिकता दिएको बताउनुहुन्छ। प्रस्तुत छ, छायानाथ नगरपालिका प्रमुख भामसँग गोरखापत्रका लागि मुगु समाचारदाता हरिकृष्ण ऐडीले गर्नुभएको कुराकानी।
हरित सहरका रूपमा विकास गर्छौं
दाङको घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले देशकै ठुलो उपमहानगरपालिका हो। चुरे र महाभारत पर्वतले घेरेको एसियाकै दोस्रो ठुलो उपत्यका दाङमा रहेको घोराही उपमहानगरपालिका कुल ५२२.२१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। १९ वडामा फैलिएको घोराही उपमहानगरपालिका साबिकको राप्तीको प्रमुख केन्द्रका रूपमा रहेको छ। कृषि, शिक्षा, स्वास्थ्यसँगै पयर्टनका दृष्टिले अत्यन्त सम्भावना बोकेको घोराहीको विकास गर्दै कृषिमा आत्मनिर्भर, सफा, स्वच्छ र हरित सहरका रूपमा अघि बढाउनका लागि नगर प्रमुख नरुलाल चौधरी प्रयासरत हुनुहुन्छ। यसै सन्दर्भमा नगर प्रमुख चौधरीसँग गोरखापत्र दैनिकका घोराही समाचारदाता लीलाधर व
दिगो विकासका लागि तीनै तहका सरकार जिम्मेवार बन्नु पर्छ
सैँतिस वर्षीय सुशीला शाही कैलाली जिल्लाका पालिकाहरूमा कार्यकारी जिम्मेवारीमा निर्वाचित हुने पहिलो महिला नगर प्रमुख हुनुहुन्छ। नेपाली कांगे्रसको तर्फबाट निर्वाचित उहाँ नगरपालिका सङ्घकी सदस्य तथा महिला विभाग प्रमुख पनि हुनुहुन्छ। प्रस्तुत छ, नगरपालिकाका विभिन्न विषयमा केन्द्रित रहेर लम्कीचुहा नगरपालिकाका प्रमुख शाहीसँग गोरखापत्र दैनिकका लागि टीकापुर समाचारदाता एकिन्द्र तिमिल्सेनाले गरेको कुराकानी।
पूर्वाधार निर्माणको नगर बनाउने लक्ष्य छ
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी रहेको नगरपालिका हो। अघिल्लो कार्यकालमा उपप्रमुखको जिम्मेवारी सम्हाल्नुभएकी मोहनमाया ढकालको काँधमा अहिले नगर प्रमुखको जिम्मेवारी छ । शुद्ध पिउने पानी उपलब्ध गराउने, करको दायरा बढाउने र सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने योजनालाई प्राथमिकतामा राखेर आफू अघि बढेको उहाँ बताउनुहुन्छ। दोस्रो कार्यकालको एकवर्षे सुरुवात निकै सुखद भएको उहाँको दाबी छ तर नगरवासी विगतमा उपप्रमुख भएको कार्यकाल र प्रमुखको एकवर्षे कार्यकालमा केही असन्तुष्टिका आवाज उठाइरहेका छन्। निर्वाचित भएको एकवर्षे कार्यकालमा नेकपा (एमाले) बाट निर्वाचित नगर प्रमुख ढकालले भोग्नुभएको चुनौती र लक्ष्यबारे रजनी योगीले गर्नुभएको कुराकानी–