विश्वमा सार्वजनिक सेवा प्रसारणको इतिहास एक शताब्दी लामो भए पनि नेपालमा यसको अभ्यास हुन थालेको केवल डेढ वर्ष मात्र भएको छ । सङ्घीय संसद्बाट पारित भएको सार्वजनिक सेवा प्रसारण ऐनमा राष्ट्रपतिबाट २०८१ असोज २२ गते प्रमाणीकरण भएको ३१ औँं दिन अर्थात् २०८१ कात्तिक २३ गतेदेखि ऐन लागु भयो । ऐनको व्यवस्थाबमोजिम लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहेको सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट नयाँ अध्यक्ष छनोट गरी मन्त्रीपरिषद्बाट नियुक्ति गर्नेसम्मको प्रक्रिया २०८१ मङ्सिरमा पूरा भयो । २०८१ पुसको प