विद्वान् इस्याक आसिमोभका भन्छन्, “विद्यालयको काम भनेको स्वशिक्षालाई सजिलो बनाउने हो, त्यसो गर्न नसके शिक्षाले केही गर्दैन ।” व्यक्तिमा अन्तर्निहित सम्भावना उजागर गर्न नसके शिक्षाको नैसर्गिक उद्देश्य पूरा हुँदैन । विकासयात्रा सुरु गर्दा सिङ्गापुरका नेता ली क्वान युले ‘थोरै सिकाउने, धेरै गर्न जान्ने बनाउने’ रणनीति लिएका थिए । उनलाई थाहा थियो, मानव पुँजी निर्माणपछि अन्य सम्भावना नभएको आफ्नो मुलुकले