मानिसले खाने ८० प्रतिशत वस्तु वनस्पतिबाट प्राप्त हुन्छन् । बाँकी २० प्रतिशतका स्रोत जनावर र अन्य हुन् । जनावरले पनि आफ्नो शरीरमा जम्मा गरेको खाद्य शक्ति वनस्पतिबाटै आउने हो । तसर्थ अप्रत्यक्ष बाटोलाई समेत समाउने हो भने हामीले खाने सबै जसो वस्तु वनस्पतिबाटै प्राप्त हुन्छन् । हामीले लिने प्राणवायु अक्सिजनको स्रोत चाहिँ के हो ? यसको उत्तरका लागि पनि धेरै सोचिरह