नेपालको पत्रकारिता आज तीव्र परिवर्तन र गहिरिँदो सङ्कटको दोहोरो घेरामा उभिएको छ । सूचना प्रविधिको तीव्र विकास, सामाजिक सञ्जालको व्यापक विस्तार र मोबाइल प्रविधिको सर्वसुलभताले सूचना सङ्कलन तथा प्रसारणलाई अभूतपूर्व रूपमा सहज, तीव्र र व्यापक बनाएको छ । अब सूचना केवल संस्थागत मिडियाको नियन्त्रणमा सीमित छैन; यो नागरिकको हातहातमा पुगेको छ ।