logo
२०८१ बैशाख १५ शनिवार



भोटेकोशी बस्तीमा पस्न थाल्यो, झिटीगुण्टा बोकेर भाग्दै स्थानीय

राष्ट्रिय |


भोटेकोशी बस्तीमा पस्न थाल्यो, झिटीगुण्टा बोकेर भाग्दै स्थानीय


चित्र मिजार
सिन्धुपाल्चोक, असार २६ गते । दुई दिनदेखिको लगातार वर्षाका कारण भोटेकोशी, सुनकोशी नदीमा भीषण बाढी आएकाे बाढी बस्तीमै पस्न थालेपछि स्थानीय घर छाडेर खेतबारीमा गएर बस्न थालेका छन् । बाढीका कारण नदी आसपासका गाउँबस्ती उच्च जोखिममा परेका छन् । नदी आसपासका स्थानीय घरबाट सामान झिकेर सुरक्षित स्थानमा जान थालेका छन् ।
भोटेकोशीमा आएको भीषण बाढीले बाह्रबीसे नगरपालिका-३, खोर्सानीबारीमा बाढी बस्तीमा पसेको छ । नगरको वडा नं ४ र ९ का बाह्रबीसे बजार, राम्चे बजार उच्च जोखिममा परेको छ । बजारका घरकाे जगमा नै बाढी पसेको छ । बाढी घरको आँगनमा नै आएको बाह्रबीसे- ९, राम्चे बजारका कमल लामाले गुनासो गर्नुभयो । बाढीका कारण घर छाडेर अन्यत्र हिँड्नुपरेको उहाँकाे दुखेसाे छ । हिउँदमा राम्चे बजार संरक्षणका काम नगर्दा बाढी घरभित्र पस्न थालेको स्थानीयले बताएका छन् ।

बर्सेनि बाढीले ती बजारमा वितण्डा मच्चाउँदै आएको स्थानीयले जनाएका छन् । भोटेकोशी र सुनकोशी नदीमा आएको बाढीले तल्लो तटीय क्षेत्र लामोसाँघु बजार, खाडीचौर बजार, अमलटार, कोठे, बलेफी उच्च जोखिम परेको छ । बलेफी गाउँपालिका-८ का राजु श्रेष्ठका अनुसार लामोसाँघु बजारको १५ घर बग्ने अवस्थामा छन् । बजार संरक्षणका लागि लगाइएका प्लम्ब ढलान, जाली गारो बाढीले बगाएको छ ।

बलेफी गाउँपालिका-७, खाडीचौरका डेढ सय बढी घर सुनकोशी नदीको बाढीले छोएको छ । बजारका नारायणकृष्ण बोहराका अनुसार बाढी बजारका घरका जगमा पस्न थालेको छ । बजारबासी सुरक्षित स्थानतर्फ जान थालेका छन् । निरन्तर परिरहेको वर्षाका कारण नदीको बहाव बढिरहेको छ । नदीमा बाढी बढ्न थालेपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले नदी आसपासका स्थानीयलाई आग्रह गरेको छ ।

बाढी पहिराका समाचार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?