logo
२०८१ बैशाख १५ शनिवार



वर्षाले म्याग्दीमा क्षतिः २० जना सम्पर्कविहीन, बेलिब्रिज बगायो

प्रदेश |


वर्षाले म्याग्दीमा क्षतिः २० जना सम्पर्कविहीन, बेलिब्रिज बगायो


अमृतप्रसाद पौडेल
बेनी, असार २६ गते । बिहीबारदेखि परेकाे अविरल वर्षाका कारण आएकाे बाढी पहिराेमा परी हिमाली जिल्ला म्याग्दीका विभिन्न स्थानमा २० जना बेपत्ता भएका छन् भने एउटा बेलिब्रिज खोलाले बगाएको छ ।
पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–६, मराङको रिखा, घण्टीबाङ राम्चेर कल्लेनी तथा मालिका गाउँपालिका बिममा पहिरोले धनजनको क्षति गराएको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्दीका डीएसपी किरणजङ्ग कुँवरका अनुसार धौलागिरी गाउँपालिकाको मराङमा १० जना सम्पर्कविहीन रहेका छन् । चार वटा घर पूर्णरुपमा क्षतग्रस्त भएकाे खबर छ ।
त्यसैगरी, धौलागिरी गाउँपालिका–७, ताकममा दुई जना पहिरोमा बेपत्ता भएका छन् । त्यस्तै, मालिका गाउँपालिका–७, बिममा आठ जना बेपत्ता भएको सूचना प्राप्त भएको डीएसपी कुँवरले बताउनुभयो । उहाँका अनुसार घटनास्थलतर्फ प्रहरी टोली परिचालन भएको भए पनि पुगिसकेकाे छैन । 
त्यस्तै, बेनी-जोमसोम सडकखण्डको गलेश्वरस्थित राहुघाट नदिमाथिको बेलीब्रिज नदीले बगाएको छ । वर्षापछि उर्लेर आएको नदीले बेलीब्रिज बगाएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताउनुभयो ।
अविरल वर्षाका कारण सञ्चारको माध्यमले समेत राम्रोसँग काम नगरेकाेले थप विवरणहरू आउन कठिनाइ रहेको र सबै क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन गरी विवरण सङ्कलन र उद्धार भइरहेकाे डीएसपी कुँवरले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?