logo
२०८० चैत्र १६ शुक्रवार

  पाेखरा पहिराे अपडेट  



मृतकको सङ्ख्या छ पुग्यो, घाइतेकाे मणिपालमा उपचार हुँदै

प्रदेश |


मृतकको सङ्ख्या छ पुग्यो, घाइतेकाे मणिपालमा उपचार हुँदै


तारा चापागाईं दुवे
पोखरा, असार २६ गते । अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखरा महानगर पालिकामा मृतकको सङ्ख्या छ पुगेको छ । सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी सुवास हमालले जानकारी दिनुभयो ।
राति करिब पौने ३ बजेको समयमा पोखरा महानगरपालिका–१८, सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घर पहिरामा पर्दा घरमा सुतेकामध्ये पाँच जनाको मृत्यु भएको छ । उनीहरूको शव सङ्कलन भइसकेको डीएसपी हमालले बताउनुभयो ।
अन्य सात जना घाइते छन् । उनीहरूको उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको छ । बिहीबार थापाको घरमा जन्मदिन मनाउन जम्मा भएका उनीहरू राति सुतेको बेला घरमाथिबाट खसेकाे पहिरोले पुरेकाे थियाे । 
त्यसैगरी, पोखरा महानगरपालिका–२५, हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुहाेस्

 लमजुङ र पोखरामा पहिरोबाट सात जनाको मृत्यु, सात घाइते

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?