logo
२०८१ बैशाख १४ शुक्रवार

 कालिकोट टिपर दुर्घटना अपडेट 



दुईको मृत्यु, नौ जना घाइतेको उद्धार, थुप्रै बेपत्ता भएकाे हुनसक्ने

प्रदेश |


दुईको मृत्यु, नौ जना घाइतेको उद्धार, थुप्रै बेपत्ता भएकाे हुनसक्ने


प्रेम सिम्खडा
लालिघाट (कालिकोट) जेठ २८ गते । कालिकोटको नरहरिनाथ गाउँपालिकाबाट रास्कोट नगरपालिका जाँदै गरेको टिपर कालिकोटको लालिघाटमा भएको दुर्घटनामा दुईको मृत्यु र नौ जना घाइते भएका छन् ।
मृतकमा रास्कोट नगरपालिकाकी २१ वर्षीया घुम्की सार्की र २३ वर्षीया सर्मिला कार्की रहेका छन् । घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ ।
कर्णाली करिडोरअन्तर्गतको सडकखण्डमा भारतबाट आई क्वारेन्टाइमा बस्न त्यसतर्फ जाने क्रममा कर्णाली करिडोरको सडकमा दुर्घटना भएको हो ।
टिपरमा ३९ जना जति रहेको अनुमान गरिएको छ । टिपर सडकबाट करिब २० मिटर तल कर्णाली नदिमा खसेको छ । टिपर पुरै डुबेको अवस्थामा रहेकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

याे पनि पढ्नुहाेस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?