logo
२०८१ बैशाख २४ सोमवार

ब्रेकिङ न्युज



क्वारेन्टाइनमा मान्छे लिएर गएको टिपर कर्णालीमा खस्यो, चारकाे उद्धार 

प्रदेश |


क्वारेन्टाइनमा मान्छे लिएर गएको टिपर कर्णालीमा खस्यो, चारकाे उद्धार 


गोरखापत्र अनलाइन
कालिकोट, जेठ २८ गते । क्वारेन्टाइनमा मान्छे लिएर गएको टिपर दुर्घटना भएकाे छ । कालिकोट जिल्लाको कर्णाली करिडोरअन्तर्गत रास्कोट नगरपालिकाको लालिघाट बजारनजिकै दुर्घटना भएको हाे । लालिघाटबाट रास्कोट क्वारेन्टाइनमा मान्छे लिएर गइरहेको टिपर दुर्घटनामा परेको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंले बताउनुभयो ।
चार जनाको उद्धार गरेर एम्बुलेन्समार्फत ल्याइएको र अन्यकाे उद्धारका लागि प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी गुरागाईंले टेलिफोनमा जानकारी दिनुभयो । टिपरमा ३० देखि ४० जना सवार रहेकाे अनुमान गरिएकाे छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?